भारतमा फेरि ४८ हजारभन्दा बढीमा कोरोना संक्रमण « Khabarhub

भारतमा फेरि ४८ हजारभन्दा बढीमा कोरोना संक्रमण


१० श्रावण २०७७, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – भारतमा लगातार कोरोना संक्रमितको संख्याले नयाँ रेकर्ड कायम गरेको छ ।

लगातार संक्रमितको संख्यामा बृद्धि हुदै आएको भारतमा फेरि पनि ४८ हजारभन्दा बढीमा कोरोना पुष्टि भएको छ ।

पछिल्लो २४ घण्टामा अहिलेसम्मकै सर्वाधिक ४८ हजार ८९२ जना संक्रमित भएका छन् । यसअघि शुक्रबार पनि ४८ हजार ४४६ जनामा संक्रमण पुष्टि भएको थियो ।

भारतमा कुल संक्रमित संख्या १३ लाख ३७ हजार २२ पुगेको छ । यो संख्या विश्वकै तेस्रो धेरै तथा एसियामा सबैभन्दा बढी हो । संक्रमितमध्ये अहिलेसम्म ८ लाख ५० हजार १०७ संक्रमणमुक्त भएका छन् भने ४ लाख ५५ हजार ५०९ जनाको उपचार भइरहेको छ ।

कोरोना संक्रमणकै कारण भारतमा पछिल्लो २४ घण्टामा ७६१ जनाको मृत्यु भएपछि शनिबार बिहानसम्म ज्यान गुमाउनेको ३१ हजार ४०६ पुगेको वर्ल्डोमिटर्सले जनाएको छ ।

प्रकाशित मिति : १० श्रावण २०७७, शनिबार  ५ : २९ बजे

चिकित्सक र बिरामी दुवैको सुरक्षालाई समान प्राथमिकता दिँदै मन्त्रालय दीर्घकालीन सुधारको तयारीमा

काठमाडौं– स्वास्थ्य तथा खाद्य सुरक्षा मन्त्रालयले स्वास्थ्यकर्मीमाथि हुने हिंसा, स्वास्थ्य

कुमारी बैंक र निम्बजबीच सम्झौता : मोबाइल बैंकिङमार्फत अन्तर्राष्ट्रिय ईसीम तथा आईडीपी सेवा

काठमाडौं– कुमारी बैंक लिमिटेड र नेपालस्थित प्रविधि कम्पनी कुराकानी अनलाइन

१ अर्ब ८९ करोडको अवैध हुण्डी कारोबार गर्ने राजेन्द्र रिजाल पक्राउ

काठमाडौं– नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले ठूलो परिमाणको

बागमती प्रदेश जनस्वास्थ्य प्रयोगशालामा केमिकल अभावले सेवा ठप्प

चितवन– बागमती प्रदेश जनस्वास्थ्य प्रयोगशाला सेवा इकाई, चितवनमा केमिकल अभावले

मकवानपुरका स्वास्थ्य संस्था बन्द, चिकित्सक संघले बुझायो सहायक प्रमुख जिल्ला अधिकारीलाई ज्ञापनपत्र

काठमाडौं– वीरगञ्जस्थित नारायणी अस्पतालमा कार्यरत चिकित्सक तथा स्वास्थ्यकर्मीमाथि भएको आक्रमण