झापामा आइपुग्यो प्रदेश सरकारको पीसीआर मेसिन « Khabarhub

झापामा आइपुग्यो प्रदेश सरकारको पीसीआर मेसिन


१० श्रावण २०७७, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

झापा – प्रदेश नं १ सरकारले मेची अञ्चल अस्पताललाई उपलब्ध गराएको कोभिड–१९ परीक्षण गर्ने अत्याधुनिक पीसीआर मेसिन झापामा आइपुगेको छ ।

जिल्ला समन्वय समिति झापाका प्रमुख सोम पोर्तेलले आजदेखि मेसिनको जडान शुरु हुने र छिट्टै सञ्चालनमा ल्याउने तयारी गरिएको बताए ।

स्वीस सरकारबाट प्रदेश सरकारलाई प्राप्त भएको सो मेसिन मेची अञ्चल अस्पतालभित्र प्रयोगशालामा राखिने अस्पताल विकास समितिका अध्यक्षसमेत रहनुभएका पोर्तेलले जानकारी दिए ।

मुख्यमन्त्री शेरधन राई, सामाजिक विकासमन्त्री जीवन घिमिरे, सामाजिक विकास राज्यमन्त्री जसमाया गजमेर र झापाका प्रदेश सांसदको उपस्थितिमा स्वीस सरकारका प्रतिनिधि अमन गोन्छेले सो मेसिन शुक्रबार विराटनगरमा एक कार्यक्रमबीच हस्तान्तरण गरेका थिए ।

झापामा कोभिड–१९ को परीक्षण गर्ने अर्को पिसिआर मेसिन कनकाईको समर्पण भवनमा जोड्ने काम सम्पन्न भइसकेको छ । ‘एकका लागि एक अभियान’ले उक्त मेसिन जनस्तरमा चन्दा सङ्कलन गरेर खरिद गरेको हो ।

अभियानका संयोजक महेन्द्र गिरीले जनस्तरबाट किनेर जडान गरिएको पिसिआर मेसिनसमेत प्रदेश सरकारलाई सञ्चालनका लागि हस्तान्तरण गरिने बताए ।

प्रकाशित मिति : १० श्रावण २०७७, शनिबार  १० : ३१ बजे

सरकारद्वारा प्रतिनिधिसभामा एकै दिन ५ वटा विधेयक दर्ता

काठमाडौं- सरकारले प्रतिनिधिसभामा नागरिक उड्डयन, सुशासन, पूर्वाधार र सडक सुरक्षासँग

दक्षिणपूर्वी एसियामा ऊर्जा सङ्कटप्रति चिन्ता बढ्दै : सर्वेक्षण

सिङ्गापुर- दक्षिणपूर्वी एसियामा नवीकरणीय ऊर्जाको प्रयोग बढाउने र परम्परागत ऊर्जाको

खुटिया नदीमा डुबेर १७ वर्षीय किशोर बेपत्ता

कैलाली- कैलालीको खुटिया नदीमा नुहाउने क्रममा डुबेर धनगढीका एक किशोर

पदाधिकारीमा आउन कांग्रेस नेताहरूको रस्साकस्सी, को-को छन् दाबेदार ?

काठमाडौं- नेपाली कांग्रेसमा १५औं महाधिवेशनको तयारी धमाधम चलिरहेको छ ।