जनता आवास कार्यक्रम : ४८६ घर निर्माण « Khabarhub

जनता आवास कार्यक्रम : ४८६ घर निर्माण


१० श्रावण २०७७, शनिबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

बैतडी- जनता आवास कार्यक्रमअन्तर्गत सुदुपश्चिम प्रदेशका तीन जिल्लामा घर नभएर त्रिपालमुनि बस्दै आइरहेका ४८६ घरपरिवारले नयाँ घर पाएका छन् ।

सङ्घीय सरकारले जनता आवास कार्यक्रमअन्तर्गत घर नभएर त्रिपालमुनि बस्दै आइरहेका अति विपन्न र पिछडिएका वर्ग तथा दलित समुदायका लागि भूकम्प प्रतिरोधी नयाँ घर निर्माण गरिदिएको हो ।

भवन डिभिजन कार्यालय बैतडीमार्फत आर्थिक वर्ष २०७६/७७ मा रु १० करोड तीन लाखको लागतमा बैतडी, दार्चुला र बझाङमा ४८६ घर निर्माण गरिएका हुन् ।

तीमध्ये बैतडीमा २८५, दार्चुलामा १०१ र बझाङमा १०० घर निर्माण भएको भवन डिभिजन कार्यालय बैतडीका लेखा अधिकृत प्रेमराज अवस्थीले बताए ।

उनका अनुसार सो घर निर्माणका लागि बैतडीमा रु पाँच करोड सात लाख चार हजार, दार्चुलामा रु एक करोड ५५ लाख र बझाङमा रु दुई करोड पाँच लाख छ हजार खर्च भएका छन् ।

निर्माण भएका सबै घर भूकम्प प्रतिरोधी रहेका कार्यालयले जनाएको छ । चालू आवमा थप घर निर्माण हुने भएका छन् ।

गरिब घरपरिवार खुशी

जनता आवास कार्यक्रमअन्तर्गत घर निर्माण भएपछि गरिब तथा विपन्न घरपरिवार खुशी भएका छन् । वर्षौँदेखि त्रिपालमुनि बस्दै आएका घरपरिवार नयाँ घर पाउँदा खुसी भएका हुन् ।

पञ्चेश्वर गाउँपालिकाका– ४ का गम्भीर टमाटाले सरकारले जनता आवास कार्यक्रमले घर बनाइदिएपछि खुशी भएको बताए । वर्षौँदेखि त्रिपालमुनि बस्दै आइरहेको भए पनि हाल छानामुनि बस्न पाउँदा निकै खुशी लागेको उनले बताए ।

उनले भने, “घर बनाइदियो सरकारलाई धेरैधेरै धन्यवाद छ । त्रिपालमुनि बस्दै आइरहेका थियौँ, अब ढुक्क ले छानामुनि बस्न पाइएको छ ।”

घर पाउँदा बर्खामा ढुक्कले छानामुनि बस्न पाएको पञ्चेश्वरकै सकुन्तला कोलीले बताइन । “पानी पर्दा सधैँ चिन्ता हुने गरेको थियो”, उनले भनिन, “अब बर्खा होस् कि हिउँद ढुक्कसँग बसिन्छ ।”

सरकारले मुक्त हलियालाई पनि घर बनाइ दिएकाले भवन डिभिजन कार्यालयबाट जनता आवस कार्यक्रमअन्तर्गत घर निर्माण गर्दा दोहोरो हुन नदिन स्थानीय तहको सिफारिसमा जनता आवासका घर निर्माण भएको भवन डिभिजन कार्यालय बैतडीले जनाएको छ ।

अधिकांश ठाउँमा दोहोरा सुविधा लिएको र घर हुनेले पनि जनता आवासको घर पाएको गुनासो आएपछि यो वर्ष स्थलगत निरीक्षण गरेर स्थानीय तहको सिफारिस अनिवार्य गरेर मात्र घर निर्माण भएको कार्यालयले जनाएको छ ।

प्रकाशित मिति : १० श्रावण २०७७, शनिबार  २ : ४८ बजे

बिपी प्रतिष्ठानको सेवा विस्तारमा सरकार प्रतिबद्ध छ : स्वास्थ्यमन्त्री मेहता

सुनसरी – स्वास्थ्य तथा खाद्य स्वच्छतामन्त्री निशा मेहताले बिपी कोइराला

प्रहरी महानिरीक्षक कार्की र सशस्त्र प्रहरी महानिरीक्षक पौडेल न्यूयोर्क प्रस्थान

काठमाडौं – प्रहरी महानिरीक्षक दानबहादुर कार्की र सशस्त्र प्रहरी महानिरीक्षक

हात्ती आक्रमणका पीडितको समाधान गर्ने मन्त्री गौतमको प्रतिबद्धता

चितवन – कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतमले मानव–वन्यजन्तु

प्रविधिमार्फत निगरानी बढाउँदै ट्राफिक प्रहरी

काठमाडौं – उपत्यका ट्राफिक प्रहरी कार्यालयले प्रविधिको प्रयोगमार्फत निगरानी बढाएको

बङ्गलादेशको निर्यातमा सामान्य कमी

ढाका – सन् २०२५ को जुलाईदेखि सन् २०२६ को जुलाईसम्मको