रातु खोलाले डुबानमा परेको बाँतर बस्तीको पानी अझै सुकेन « Khabarhub

रातु खोलाले डुबानमा परेको बाँतर बस्तीको पानी अझै सुकेन


१० श्रावण २०७७, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले बाढीको कटान र डुबानबाट प्रभावित जनताले तत्काल सुरक्षित छु भन्ने अनुभूति हुने गरी राहत, उद्धारका काम हुने बताएका छन् ।

महोत्तरीको भङ्गाहा नगरपालिका–४ पलारको रातु नदीको बाढी कटान प्रभावित दलित बस्तीको निरीक्षण गर्दै उनले तत्काल नदीको धार बस्तीतिर नआउने व्यवस्था गरिने जानकारी दिए ।

प्रमुख जिल्ला अधिकारी, सुरक्षा निकायका प्रमुख, जनताको तटबन्ध कार्यालय र सिँचाइ डिभिजन कार्यालयका प्रमुखसहित बाढी कटान बस्तीमा पुगेका मन्त्री पोखरेलले नदीको धार व्यवस्थित गर्न र कटान प्रभावितलाई तत्काल राहत पुर्‍याउन निर्देशन दिए ।

“जनताले सरकार खोज्ने आपदविपदमै हो तत्काल राहत तथा उद्धारको काम बढाइहाल्नुपर्‍यो,” मन्त्री पोखरेलले भने ।

रातु नदी किनारको बाँतर जाति समुदायका दलित बसोबास बाहुल्यताको पलारमा यसपालि गतअसार अन्तिम साता र यही साउन पहिलो साताको मुसलधारे वर्षासँगैको बाढी पसेपछि यहाँका बासिन्दा चिल्लीबिल्ली परेका थिए ।

मन्त्री पोखरेल निर्वाचित महोत्तरी–१ को सो बस्तीमा ४० घर बाँतर र केही थारू परिवारको बसोबास छ । अत्यन्त गरिब र अवसरबाट पछि पर्दै आएका बाँतर यहाँका आदिवासी दलित हुन् ।

पछिल्ला दुईपटकको वर्षासँगैको बाढीले उत्तरी क्षेत्रमा कटान र दक्षिणी क्षेत्रमा डुबान गराएको छ । गत मङ्गलबार यता पानी थामिए पनि बाढीले मक्काएका गरिब बस्तीका झुप्रा अहिले धमाधम भत्कने र लड्दै गएका छन् ।

जिल्लामा अहिलेसम्म कटानबाट भन्दा डुबानबाट बढी प्रभावित भएको छ । पानी थामिएको पाँच दिन भइसक्दा पनि जिल्लाका २० बस्तीभित्रको पानी अझै सुकेको छैन ।

यही साउनको पहिलो साताको बाढीले बगाएर भङ्गाहा–६ का एक जनाको गत मङ्गलबार मृत्यु भएको थियो ।

वर्षाकै कारण दुला पानीले भरिएपछि बग्रेल्ती सर्प बाहिर निस्कँदा सर्पदंशका घटना पनि बढेका छन् ।

गत बुधबार सर्पदंशबाट पनि भङ्गाहा–५ कै बाँतर समुदायकै एक जनाको मृत्यु भएको थियो । त्यसैगरी जताततै पानी डम्म भरिँदा धानको रोपो पनि गल्दै गएको बस्तीका अगुवा चौठी बाँतरले जानकारी दिए ।

प्रमुख जिल्ला अधिकारी कृष्णबहादुर कटुवालले जिल्लास्थित सबै कार्यालयको समन्वयमा राहत उद्धारका कार्यक्रम तत्काल सञ्चालन गरिने प्रतिबद्धता जनाएका छन् ।

प्रकाशित मिति : १० श्रावण २०७७, शनिबार  ६ : ४३ बजे

कांग्रेसको महाधिवेशन रोक्न माग गर्दै सर्वोच्चमा परेको रिटको पेसी आज

काठमाडौँ– नेपाली कांग्रेसको १५औँ महाधिवेशन रोक्न माग गर्दै पूर्वसभापति शेरबहादुर

बाँध फुटेको दाबी चीनले गर्‍यो अस्वीकार, हिमपहिरो मुख्य कारण रहेको चिनियाँ दूतावासको भनाइ

काठमाडौँ – काठमाडौँस्थित चिनियाँ दूतावासले रसुवागढी–ग्याइरोङ सीमा क्षेत्रमा गएको बाढी

प्रभावित क्षेत्रमा हेलिकप्टरमार्फत उद्धार : सञ्चार र विद्युत् सुचारु गर्न उपकरण पठाइयो

काठमाडौँ – शिक्षा तथा खेलकुद मन्त्रालयले प्रभावित क्षेत्रमा राहत तथा

गण्डकी प्रदेशमा मन्त्रिपरिषद् हेरफेर

गण्डकी– नेपाल कम्युनिष्ट पार्टी (एमाले) गण्डकी प्रदेश सरकारबाट बाहिरिएसँगै मुख्यमन्त्री

भोटेकोशी बाढीपछि चीनतर्फ पनि ठूलो क्षति, उद्धारमा जुट्यो चिनियाँ सेना

काठमाडौँ – नेपाल–चीन सीमाक्षेत्रमा आएको विनाशकारी बाढी र पहिरोले नेपालतर्फ