लागुऔषध अफिमसहित चार पक्राउ « Khabarhub

लागुऔषध अफिमसहित चार पक्राउ


१० श्रावण २०७७, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

दाङ- जिल्ला प्रहरी कार्यालय दाङले ६ केजी लागुऔषध अफिमसहित चार जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरुमा रोल्पा सुनछहारी गाउँपालिका–२ का २२ वर्षीय लालसिंह विक, ३२ वर्षीय हर्कबहादुर घर्तीमगर, लालमन घर्तीमगर र सोही गाउँपालिका वडा नं ५ बस्ने ३५ वर्षीय दुजबहादुर रोका रहेका छन् ।

यही साउन ८ गते दाङको राप्ती गाउँपालिका–१ रातोडाँडामा रहेको दक्षिणकाली सोल्टी होटलमा लागुऔषधको कारोवार भइरहेको सूचनाका आधारमा गएको प्रहरी टोलीले उनीहरुलाई पक्राउ गरेको जनाएको छ ।

उनीहरुको साथबाट छ केजी ९६७ ग्राम अफिम, पाँच थान विभिन्न कम्पनीका मोबाइल सेट, लु४०प ९८०६ नंको मोटरसाइकल र लु१च ६१७१ नंको बोलेरो जिप पनि फेला परेको प्रहरीले जनाएको छ ।

पछिल्लो समयमा भालुवाङ क्षेत्रमा लागुऔषधको कारोवार बढेको प्रहरीले जनाएको छ । पश्चिम दाङमा प्रहरी क्रियाशील हुँदा लागुऔषध कारोवारीले बाटो परिवर्तन गरेको हुनसक्ने जिल्ला प्रहरी कार्यालय दाङका प्रमुख गणेश चन्दले जानकारी दिए ।

यसअघि पनि भालुवाङबाट लागुऔषधकै कारोवार गरिरहेका दुई जनालाई प्रहरीले पक्राउ गरेको उनले बताए ।

गाँजा, चरेस हाम्रै पहाडी जिल्लामा उत्पादन हुने भएकाले कारोवारीले दाङलाई कारोवारको केन्द्र बनाएको उनको भनाइ छ ।

प्रकाशित मिति : १० श्रावण २०७७, शनिबार  ८ : ३७ बजे

शान्ति स्थापनाका लागि १० हजारसम्म सुरक्षाकर्मी पठाउन तयार छौँ : मन्त्री खनाल

काठमाडौं – परराष्ट्रमन्त्री शिशिर खनालले संयुक्त राष्ट्रसङ्घीय शान्ति स्थापनाका अभियानमा

परराष्ट्रमन्त्री खनाल र फिनल्यान्डका विदेशमन्त्रीबीच भेटवार्ता

काठमाडौं – परराष्ट्रमन्त्री शिशिर खनाल र फिनल्यान्डका विदेशमन्त्री एलिना भाल्टोनेनबीच

कांग्रेस हेटौँडाको नगर सभापतिमा ७ मतले कोइराला निर्वाचित

काठमाडौँ । नेपाली कांग्रेस हेटौँडा उपमहानगर समितिको सभापति पदमा रामकृष्ण

एमाले केन्द्रीय कमिटी बैठक : अध्यक्ष ओलीको राजनीतिक प्रतिवेदन सर्वसम्मत पारित

काठमाडौं – नेकपा एमाले केन्द्रीय कमिटीको तेस्रो बैठकले अध्यक्ष केपी