आईपीएल : पहिलो खेलमा बैँगलोर र चेन्नई खेल्दै « Khabarhub

आईपीएल : पहिलो खेलमा बैँगलोर र चेन्नई खेल्दै


९ कार्तिक २०७७, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


3
Shares
  • change font
  • change font
  • change font

एजेन्सी- युएईमा जारी १३औँ आईपीएल टी-ट्वान्टी क्रिकेटमा आजको पहिलो खेलमा रोयल च्यालेन्जर्स बैंगलोर र चेन्नई सुपर किङ्सबीच प्रतिस्पर्धा हुँदैछ ।

बैंगलोर र चेन्नईबीचको खेल नेपाली समय अनुसार अपरान्ह ३:४५ बजे सुरु हुनेछ । दुबई अन्तर्राष्ट्रिय क्रिकेट स्टेडियममा दुबै टिम जित निकाल्ने लक्ष्यसहित मैदान उत्रने छन् ।

विराट कोहलीको कप्तानीमा मैदान उत्रने बैंगलोर चेन्नईलाई हराएर शीर्ष स्थानमा उक्लन चाहन्छ । बैंगलोर १० खेलमा १४ अंक जोडेर तेस्रो स्थानमा रहेको छ । बैंगलोर प्ले अफ नजिक रहेको छ ।

महेन्द्र सिंह धोनीको कप्तानीमा रहेको चेन्नई यसपटक खराब अवस्थाबाट गुज्रिरहेको छ । प्ले अफमा पुग्ने गणितीय सम्भावना कायम राख्न जित्नै पर्ने दबाबमा रहेको चेन्नई पुछारमा छ ।

चेन्नईले ११ खेलमा ६ अंक जोडेको छ । बैंगलोरसँग पराजित भएमा चेन्नईको आईपीएल यात्रा सकिने छ ।

यस्तै चेन्नई अघिल्लो भेटमा व्यहोरेको हारको बदलासमेत लिन चाहन्छ । यसअघिको भेटमा बैंगलोरले चेन्नईलाई ३७ रनले हराएको थियो ।

 

प्रकाशित मिति : ९ कार्तिक २०७७, आइतबार  २ : ३७ बजे

देशका अधिकांश स्थानमा वर्षा, शनिबारदेखि मौसममा सुधार हुने

काठमाडौं– देशका अधिकांश स्थानमा मेघगर्जनसहित वर्षा भएको छ ।   पश्चिमी

दसैँअघि नै सबै मुख्य सडक सञ्चालनमा ल्याउने तयारी

काठमाडौँ- चाडपर्व नजिकिँदै गर्दा बाढी तथा पहिरोका कारण अवरुद्ध मुख्य सडक

इजरायली चुनावमा अक्टोबर ७ मुख्य मुद्दा

एजेन्सी–हमासले सन् २०२३ अक्टोबर ७ मा गरेको आक्रमणपछि पहिलोपटक चुनावको

राष्ट्रपतिसमक्ष दलित आयोगको वार्षिक प्रतिवेदन पेस

काठमाडौँ- राष्ट्रिय दलित आयोगले आर्थिक वर्ष २०८२/८३ को वार्षिक प्रतिवेदन राष्ट्रपति

कांग्रेस महाधिवेशनमा छ पत्रकारको उम्मेदवारी

काठमाडौँ- नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा पत्रकारिता पृष्ठभूमिका छ जनाले विभिन्न पदमा