दुर्गमका सात स्थानमा बर्थिङ सेन्टर « Khabarhub

दुर्गमका सात स्थानमा बर्थिङ सेन्टर


१० मंसिर २०७७, बुधबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

बागलुङ– बागलुङ जिल्लाको अति दुर्गम क्षेत्रका गर्भवतीलाई लक्षित गरी सात स्थानमा बर्थिङ सेन्टर स्थापना गरिएको छ । घरमै सुत्केरी हुँदा आइपर्ने समस्याबाट जोगाई आमा र शिशुको स्वास्थ्य सुरक्षा सुनिश्चितता गर्ने उद्देश्यले दुर्गमका सात स्थानमा बर्थिङ सेन्टर स्थापना गरेर सेवा थालिएको छ ।

फेयरमेड र बिवाइसी बागलुङको साझेदारीमा ढोरपाटन नगरपालिका–९ स्थित ढोरपाटन सामुदायिक स्वास्थ्य एकाइ ढोरपाटन, ढोरपाटन नगरपालिका–४ खुङ्गा लुकुरवन सामुदायिक स्वास्थ्य एकाइ, निसीखोला गाउँपालिका–५ स्थित निसी सामुदायिक स्वास्थ्य एकाइ, तमानखोला गाउँपालिका–५ स्थित खुङ्खानी स्वास्थ्यचौकी, तमानखोला गाउँपालिका–७ स्थित नर्जाखानी सामुदायिक स्वास्थ्य एकाइ, बडिगाड गाउँपालिका–१० सिसाखानी स्वास्थ्यचौकी र बरेङ गाउँपालिका–१ धुल्लुबाँस्कोट स्वास्थ्यचौकीमा बर्थिङ सेन्टर स्थापना गरिएको छ । तीमध्ये बरेङको धुल्लुबाँस्कोट र बडिगाडको सिसाखानीमा बर्थिङ सेन्टरको औपचारिक शुरुआत हुन बाँकी छ ।

साढे दुई वर्षदेखि बागलुङमा लागू गरिएको ग्रामीण स्वास्थ्य सुधार परियोजनामार्फत सातवटा वर्थिङ सेन्टर स्थापना, आवश्यक उपकरण सहयोगपछि गर्भवती महिलालाई सहज भएको छ । दुर्गम गाउँमा गुणस्तरीय स्वास्थ्य सेवा नहुँदा घरमै सुत्केरी हुने अथवा अस्पताल आउँदाआउँदै बाटोमै सुत्केरी हुने समस्यालाई मध्यनजर गर्दै ग्रामीण स्वास्थ्य सुधार परियोजनामार्फत वर्थिङ सेन्टर स्थापना तथा उपकरण सहयोग गरिएको र यसलाई पालिकाले सञ्चालनमा ल्याउने गरिएको ग्रामीण स्वास्थ्य सुधार परियोजना व्यवस्थापक गणेश बरुवालले जानकारी दिए ।

जिल्लाको तनमाखोला गाउँपालिका, ढोरपाटन नगरपालिका र निसीखोला गाउँपालिकामा साढे दुई वर्षदेखि, बडिगाड गाउँपालिका, गलकोट नगरपालिका र बरेङ गाउँपालिकामा एक वर्षदेखि लागू गरिएको ग्रामीण स्वास्थ्य सुधार परियोजनाअन्तर्गत स्वास्थ्य संस्थामा उपकरण, पूर्वाधार, बर्थिङ सेन्टर स्थापना तथा प्रयोगशाला स्थापनादेखि नागरिकलाई स्वास्थ्य सचेतना फैलाउने कार्य गर्दै आएको छ ।

दूरदराजमा राज्यको स्वास्थ्य पहुँच कम भएको स्थानमा आवश्यक भौतिक संरचना, उपकरण तथा सचेतनाले निकै सहज पुर्याउँदै जान थालेपछि स्थानीयवासीसमेत उत्साहित भएका छन् । “तीन वर्ष पहिला बागलुङ भ्रमणका क्रममा बाटोमै सुत्केरी भएको अवस्था देखियो”, परियोजना प्रमुख बरुवालले भने, “यस्तो अवस्थामा सुधार ल्याउनका लागि ग्रामीण स्वास्थ्य सुधार परियोजना सञ्चालनमा ल्याएका हौँ ।” बरुवालका अनुसार स्थानीय तहको समन्वयमा सात स्थानमा वर्थिङ सेन्टर स्थापनापछि सञ्चालनमा ल्याइएको हो ।

स्थानीय तहले स्वास्थ्य क्षेत्रमा सुधार गर्न ल्याएको योजनामा ग्रामीण स्वास्थ्य सुधार परियोजना सहयोगी बनेको तमानखोला गाउँपालिकाका अध्यक्ष जोकलाल बुढाले बताए । “पालिकामा सीमित स्रोतसाधन छ, स्थानीयवासीको अपेक्षा बढी छ, सबै क्षेत्रमा सम्बोधन गर्नुपर्ने बाध्यता छ”, अध्यक्ष बुढाले भने, “यो कार्यक्रम आएपछि हाम्रो उद्देश्य र अभियानमा धेरै सहयोग पुगेको छ, नागरिकलाई स्वास्थ्यको सहज पहुँच पुगेको छ, आगामी दिनमा हामी पनि यस क्षेत्रमा ध्यान दिन्छौँ ।”

गर्भवतीलाई सुरक्षित प्रसूति सेवा दिनका लागि परियोजनाले बर्थिङ सेन्टर स्थापना, स्तरवृद्धि तथा उपकरण सहयोग गर्दै आएको छ भने स्थानीय तहले आवश्यक भौतिक संरचना निर्माण स्तरोन्नति र तालिमप्राप्त स्वास्थ्यकर्मी राख्दै आएको छ । परियोजनाको सहयोगमा बर्थिङ सेन्टर स्थापनापछि निकै सहज भएको स्थानीयवासी बताउँछन् । परियोजनाले प्रत्येक बर्थिङ सेन्टरमा झण्डै रु दुई लाख ५० हजार बराबरको डेलिभरी श्ययासहित ६७ प्रकारका उपकरण सहयोग गरेको परियोजना व्यवस्थापक बरुवालको भनाइ छ ।

प्रकाशित मिति : १० मंसिर २०७७, बुधबार  ११ : ३५ बजे

काठमाडौं उपत्यका विकास आयुक्तमा सुरज शाक्य नियुक्त गर्ने सरकारको निर्णय

काठमाडौं– सरकारले काठमाडौं उपत्यका विकास प्राधिकरणको विकास आयुक्त पदमा सुरज शाक्यलाई

तिलिचो ताल पदमार्गमा ५० पर्यटक अट्ने आश्रयस्थल निर्माण

मुस्ताङ-  तिलिचो ताल जाने पदमार्गमा पर्यटकको सुविधाका लागि नयाँ आश्रयस्थल निर्माण

बुधबार बसेको मन्त्रिपरिषद् बैठकले के-के गर्‍यो निर्णय ?

काठमाडौं- सरकारले गोविन्दबहादुर कार्कीलाई मुख्यसचिवमा नियुक्त गर्ने निर्णय गरेको छ

कङ्गोमा इबोला प्रकोप तीव्र, ५८० जनाको मृत्यु

किन्शासा- कङ्गो लोकतान्त्रिक गणतन्त्र (डीआरसी) मा इबोला प्रकोप अझै तीव्र बन्दै

रास्वपाको संशोधित विधानबारे गलत व्याख्या नगर्न आग्रह

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का संसदीय दलका उपनेता गणेश पराजुलीले