चीनको सामानाका लागि भारत महत्वपूर्ण साझेदार– एन्टोनी ब्लिन्केन « Khabarhub

चीनको सामानाका लागि भारत महत्वपूर्ण साझेदार– एन्टोनी ब्लिन्केन


१० मंसिर २०७७, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एजेन्सी- जो बाइडेनको प्रशासनमा परराष्ट्रमन्त्री हुने चर्चा गरिएका एन्टोनी ब्लिन्केनले चीनको बढ्दो प्रभुत्व रोक्न भारत महत्वपूर्ण साझेदार हुने बताएका छन् ।

अमेरिकाका नवनिर्वाचित राष्ट्रपति जो बाइडनका निकट साझेदार ब्लिन्केनले चीनको सामना गर्नका लागि भारतसँग सहकार्य बढाएर अघि बढाइँदै काम गर्ने पनि बताए ।

‘भारतीय सीमा क्षेत्रमा बढाएको दबाब लगायत चीनको बढ्दो प्रभुत्वको साझा चुनौतीको रूपमा खडा भएका छ, यसको व्यवस्थापनका लागि बाइडेन प्रशासन भारतसँग नजिकिएर काम गर्छ,’ ब्लिन्केनले भने ।

ब्लिन्केनलाई बाइडनले परराष्ट्रमन्त्री बनाउने घोषणा गरेका छन्  । यद्यपि उनलाई परराष्ट्रमन्त्री बनाउँन माथिल्लो सदन सिनेटको मञ्जूरी लिन भने बाँकी छ ।

भारतका लागि अमेरिकाका पूर्वराजदूत रिचर्ड वर्माले सोधेको प्रश्नको उत्तर दिँदै ब्लिन्केनले बाइडन प्रशासन भारतसँग नजिकै रहेर काम गर्न इच्छुक रहेको बताए ।

गत मे महिनादेखि भारत र चीनबीच लद्दाखसहितका क्षेत्रमा तनाव चुलिएको छ ।

प्रकाशित मिति : १० मंसिर २०७७, बुधबार  १२ : १५ बजे

सिंहदरबारमा सर्वदलीय बैठक : कांग्रेस सभापति गगन थापा उपस्थित हुँदा एमालेले पठायो पद्‍मा अर्याल

काठमाडौँ– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेको आह्वानमा

भोटेकोशी बाढी : विवरण सङ्कलन गर्न  समिति गठन

रसुवा– भोटेकोशी  बाढीबाट भएको धनजनको क्षतिको विवरण सङ्कलन गर्न जिल्लामा २५

एक्लेखेतमा बाढी पस्दा १३ घर प्रभावित

दमौली– अविरल वर्षाका कारण शुक्लागण्डकी नगरपालिका–२ एक्लेखेतमा ताकुडाँडाको खोल्सीको बाढीले

वाणिज्य बैंकहरूमा मुद्दतीतर्फको औसत ब्याजदरमा थप गिरावट

काठमाडौं– चालु आर्थिक वर्षको भदौ महिनाको तुलनामा वाणिज्य बैंकहरूमा असोज

एकैदिन तोलामा एक हजार ७०० रुपैयाँले बढ्यो सुनको मूल्य

काठमाडौं– स्थानीय बजारमा आज सुनचाँदीको मूल्य बढेको छ ।  सुनको