चीनको सामानाका लागि भारत महत्वपूर्ण साझेदार– एन्टोनी ब्लिन्केन « Khabarhub

चीनको सामानाका लागि भारत महत्वपूर्ण साझेदार– एन्टोनी ब्लिन्केन


१० मंसिर २०७७, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एजेन्सी- जो बाइडेनको प्रशासनमा परराष्ट्रमन्त्री हुने चर्चा गरिएका एन्टोनी ब्लिन्केनले चीनको बढ्दो प्रभुत्व रोक्न भारत महत्वपूर्ण साझेदार हुने बताएका छन् ।

अमेरिकाका नवनिर्वाचित राष्ट्रपति जो बाइडनका निकट साझेदार ब्लिन्केनले चीनको सामना गर्नका लागि भारतसँग सहकार्य बढाएर अघि बढाइँदै काम गर्ने पनि बताए ।

‘भारतीय सीमा क्षेत्रमा बढाएको दबाब लगायत चीनको बढ्दो प्रभुत्वको साझा चुनौतीको रूपमा खडा भएका छ, यसको व्यवस्थापनका लागि बाइडेन प्रशासन भारतसँग नजिकिएर काम गर्छ,’ ब्लिन्केनले भने ।

ब्लिन्केनलाई बाइडनले परराष्ट्रमन्त्री बनाउने घोषणा गरेका छन्  । यद्यपि उनलाई परराष्ट्रमन्त्री बनाउँन माथिल्लो सदन सिनेटको मञ्जूरी लिन भने बाँकी छ ।

भारतका लागि अमेरिकाका पूर्वराजदूत रिचर्ड वर्माले सोधेको प्रश्नको उत्तर दिँदै ब्लिन्केनले बाइडन प्रशासन भारतसँग नजिकै रहेर काम गर्न इच्छुक रहेको बताए ।

गत मे महिनादेखि भारत र चीनबीच लद्दाखसहितका क्षेत्रमा तनाव चुलिएको छ ।

प्रकाशित मिति : १० मंसिर २०७७, बुधबार  १२ : १५ बजे

यस्तो छ आजको फलफूल तथा तरकारीको थोक मूल्य

काठमाडौं– कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि

माघे सङ्क्रान्तिमा खाना महोत्सव

पाँचथर– माघे सङ्क्रान्तिको अवसर पारेर फिदिममा खाना महोत्सव आयोजना गरिएको

पोखरामा बृहत् कन्दमूल प्रदर्शनी

गण्डकी– चौथो राष्ट्रिय कृषि जैविक विविधता दिवसका अवसरमा पोखरा महानगरपालिका

आज राष्ट्रिय भूकम्प २७औँ सुरक्षा दिवस

काठमाडौं– आज राष्ट्रिय भूकम्प २७औँ सुरक्षा दिवस हो । विसं

विश्वकप तयारी : नेपाली टिमको बलिङ कोचमा अस्ट्रेलियन क्रिकेटर इयान हार्भे नियुक्त

काठमाडौं – नेपाल क्रिकेट संघ (क्यान)ले अस्ट्रेलियाका पूर्वक्रिकेटर इयान हार्भेलाई