निषेधाज्ञाकाबीच बर्दिबासमा प्रदर्शन, सवारीसाधन बन्द हुँदा यात्रुलाई सास्ती « Khabarhub

निषेधाज्ञाकाबीच बर्दिबासमा प्रदर्शन, सवारीसाधन बन्द हुँदा यात्रुलाई सास्ती


१० मंसिर २०७७, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

महोत्तरी- ६ वर्षीया एक बालिकाको बलात्कारपछि भएको भनिएको हत्याको विरोधमा मंगलबारदेखि बर्दिबासमा जारी प्रदर्शन हिंसात्मक बनेको छ ।

प्रदर्शनलाई नियन्त्रणमा लिन प्रहरीले चलाएको गोली लागि घाइते भएका बर्दिबास नगरपालिका- १ का सञ्जय न्यौपानेको मृत्यु भएपछि स्थानीयबासी अझ आक्रोशित बनेका छन् ।

न्यौपानेलाई शहीद घोषणा गर्नुपर्ने, क्षतिपुर्ति दिनुपर्ने, दोषी प्रहरीलाई कारबाही गर्नुपर्ने लगायतका माग गर्दै स्थानीय बासिन्दाले प्रदर्शन चर्काएपछि स्थानीय प्रशासनले बिहानदेखि निषेधाज्ञा जारी गरेको छ ।

बिहान ९ बजेदेखि बिहिबार बिहान ६ बजेसम्मका लागि निषेधाज्ञा जारी गरिएपछि स्थानीयबासीले आन्दोलन रोकेका छैनन् ।

प्रदर्शनकारीले पूर्वपश्चिम र बीपी राजमार्ग नै अवरूद्ध पारेका छन् । निषेधाज्ञाको अवज्ञा गर्दै प्रदर्शनकारीहरूले ठाउँठाउँमा टायर बालेर प्रदर्शन गरिरहेका छन् ।

राजमार्ग अवरुद्ध हुँदा बर्दिबासको पूर्व तथा पश्चिममै यातायातका साधनहरु रोकिएका छन् । सवारीसाधन नचलेपछि केही यात्रीहरु पैदल हिँड्न थालेका छन् ।

स्थिती नियन्त्रणबाहिर जान नदिन बर्दिबासको पूर्वमा रातु खोला, पश्चिममा माइस्थान, दक्षिणमा क्वार्टर चोक र उत्तरमा पाटोचोसम्म निषेधाज्ञा जारी गर्दै ब्यापक मात्रामा सुरक्षाकर्मी परिचालन गरिएको प्रमुख जिल्ला अधिकारी कटुवालले बताए ।

आइतबार बेलुका हराएकी बर्दिबास नगरपालिका वडा नम्बर १४ शुभम बस्तीकी ६ वर्षीया बालिका गुलाबसाह खातुनको सोमबार मध्यरातमा बोरामा शव फेला परेको थियो ।

प्रकाशित मिति : १० मंसिर २०७७, बुधबार  २ : ३१ बजे

भक्तपुरमा दुई लाख पाँच हजार मतदाता, २३३ मतदान केन्द्र निर्धारण

भक्तपुर – भक्तपुरमा दुई लाख पाँच हजार ४१० मतदाता सङ्ख्या

चिसो बढेसँगै मुस्ताङका शैक्षिक संस्था दुई महिना बन्द

मुस्ताङ – हिउँदयाम मौसमसँगै अत्यधिक चिसोका कारण मुस्ताङका तीन गाउँपालिकामा

‘देउवाले विधान पढ्नुभएको छैन भन्ने लाग्दैन, विशेष महाधिवेशनको विकल्प छैन’ (अन्तर्वार्ता)

जेन–जी आन्दोलनको मेन्डेटमा बनेको सरकारले फाल्गुन २१ गते निर्वाचनको मिति

निकोलस भुसालसँग वार्ता गर्न सरकारद्धारा वार्ता टोली गठन

काठमाडौं – सरकारले अनसनरत डा निकोलस भुसालसँग वार्ता गर्न टोली

कांग्रेसले बोलायो केन्द्रीय कार्यसम्पादन समिति बैठक

काठमाडौं – नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक शुक्रबार बस्ने