विद्यालय खुला गर्ने मोरङका ६ स्थानीयको निर्णय « Khabarhub

विद्यालय खुला गर्ने मोरङका ६ स्थानीयको निर्णय


१० मंसिर २०७७, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

मोरङ- मोरङका ६ वटा स्थानीय तहले सोमबारदेखि विद्यालय खोल्ने तयारी गरेका छन् ।

मोरङको दक्षिणी सिमावर्ती ६ वटा पालिकाहरुले १५ मंसिरबाट विद्यालयमा पठनपाठन सुचारु गर्ने भएका हुन् ।

मोरङका रतुवामाई नगरपालिका, सुनवर्शी नगरपालिका, रङ्गेली नगरपालिका, धनपालथान गाउँपालिका, जहदा गाउँपालिका र कटहरी गाउँपालिकाका विद्यालय सोमबारदेखि खुल्ने भएका हुन् ।

मंगलबार ६ वटा पालिकाका प्रमुख, प्रमुख प्रशासकीय अधिकृत र शिक्षा शाखाका प्रमुखबीच विद्यालय सञ्चालन गर्ने विषयमा छलफल भएको थियो ।

संक्रमणको जोखिम कम भएकाले सतर्कतासहित विद्यालय खोल्ने निर्णय उनीहरूले गरेका थिए ।

कक्षा १ देखि ५ सम्म सञ्चालित विद्यालयलाई दिवा सत्रमा र कक्षा ६ देखि १२ सम्म सञ्चालित विद्यालयहरुलाई विहानी सत्रमा सामाजिक दूरी कायम गरी सञ्चालन गर्नेछन् ।

प्रत्येक विद्यालयले विद्यार्थी–शिक्षकहरुलाई अनिवार्य साबुन पानीले हात धुने व्यवस्था गर्ने, विद्यालयले प्रत्येक विद्यार्थीको थर्मल गन प्रयोग गरी अनिवार्य तापक्रम नाप्ने व्यवस्था गर्ने लगायतका सावधानी अपनाइने छ ।

विद्यार्थी र शिक्षकलाई कोरोनाको लक्षण देखिए १४ दिनको लागि बिदामा बस्न लगाउने र पीसीआरपछि मात्रै विद्यालय आउन पाउने व्यवस्था गरिएको छ ।

प्रकाशित मिति : १० मंसिर २०७७, बुधबार  ७ : ५९ बजे

वैज्ञानिकको सक्रियताले कृषि क्षेत्रलाई नयाँ उचाइमा पुर्‍याउने विश्वास छ : मन्त्री चौधरी

पाटन– कृषि, वन तथा वातावरणमन्त्री गीता चौधरीले नेपाल कृषि अनुसन्धान

आन्तरिक विद्युत खपत बढाउन नीतिगत सुधारको तयारी, पूर्वी एसियासम्म निर्यात गर्ने लक्ष्य : ऊर्जामन्त्री

काठमाडौं- ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराजभक्त श्रेष्ठले विद्युतको आन्तरिक खपत

दुई विधेयक दफावार छलफलका लागि स्वीकृत

काठमाडौं– प्रतिनिधिसभाको बैठकले आज ‘पर्यटन विधेयक २०८२’ र ‘नेपाल राष्ट्र

जलजलाका १४९ सुत्केरीलाई घ्यू र अण्डा वितरण

पर्वत– जलजला गाउँपालिकाले चालु आर्थिक वर्षमा मल्लाज, लेकफाँट र शालिजाका

असार नसकिँदै रित्तियो आँप

महोत्तरी- मध्य जेठदेखि भदौ मसान्तसम्म आँप पाक्ने सिजन हो ।