बेन्टफोर्डलाई लेस्टर सिटीले हरायो « Khabarhub

बेन्टफोर्डलाई लेस्टर सिटीले हरायो


१२ माघ २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- लेस्टर सिटी एफए कप फुटबलको पाँचौँ चरणमा प्रवेश गरेको छ । चौथो चरण अन्तर्गत शनिबार राति भएको खेलमा लेस्टर सिटीले ब्रेन्टफोर्डलाई १–० ले पराजित गरेको हो ।

अवे मैदानमा भएको खेलमा प्रिमियर लिग क्लब लेस्टर सिटीले च्याम्पियनसिप क्लब ब्रेन्टफोर्डलाई पराजित गरेर अघिल्लो चरणमा स्थान पक्का गरेको हो । लेस्टरको जितमा चौथो मिनेटमा केलिची इहिनाचोले गरेको गोल नै निर्णायक बन्यो ।

शनिबार राति नै भएको खेलमा हल सिटीलाई पराजित गरेर चेल्सीले पनि पाँचौँ चरणमा स्थान बनाएको छ । अवे मैदानमा भएको खेलमा चेल्सीले हल सिटीलाई २–१ ले पराजित गरेको हो ।

बर्नलीलाई २–१ ले पराजित गरेको नर्विच, मिलवाललाई २–० ले पराजित गरेको शेफिल्ड युनाइटेड बार्नेस्लीलाई ४–२ ले पराजित गरेको पोर्टस्माउथ तथा वेष्ट ह्यामलाई १–० ले पराजित गरेको वेष्ट ब्रोम पनि पाँचौँ चरणमा प्रवेश गरेका छन् ।

तर १–१ को बराबरी गरेलेका टोटनह्याम र साउथह्याम्पटन तथा कार्डिफ र रिडिङ एवम् गोलरहित बराबरी खेलेका न्यूक्यासल र अक्सफोर्ड युनाइटेड तथा कोवेन्ट्री र बर्मिङ्घमले पाँचौँ चरण प्रवेशका लागि रिप्ले खेल्नु पर्ने भएको छ।

प्रकाशित मिति : १२ माघ २०७६, आइतबार  ७ : ४४ बजे

मनास्लु क्षेत्रमा पदयात्रा नगर्न प्रशासनको आग्रह

गोरखा – जिल्ला प्रशासन कार्यालय गोरखाले आगामी तीनदिन मनास्लु क्षेत्रमा

सोमपाल कामी बने ‘म्यान अफ द म्याच’

काठमाडौं – कर्णाली याक्सका कप्तान सोमपाल कामी नेपाल प्रिमियर लिग

कर्णालीले विराटनगरलाई हराउँदा मैदानमा जे देखियो (तस्बिरहरू)

काठमाडौं – तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटमा कर्णाली

कर्णालीको रोमाञ्चक जित, विराटनगर लगातार दोस्रो खेलमा पराजित

काठमाडौं – नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणमा कर्णाली

सोमपाल कामीले प्रहार गरे अर्धशतक

काठमाडौं – नेपाली राष्ट्रिय क्रिकेट टोलीका कप्तान सोमपाल कामीले नेपाल