ह्वाट्सएप चलाउनुहुन्छ, फस्नुहोला नि ! « Khabarhub

ह्वाट्सएप चलाउनुहुन्छ, फस्नुहोला नि !


१४ फाल्गुन २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


9
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – विश्वभरमा हाल ह्वाट्सएप प्रयोगकर्ताहरुको संख्या २ अर्व पुगेको छ भने नेपालमा पनि यसका लाखौँ प्रयोगकर्ताहरु रहेका छन् ।

तर  ह्वाट्सएपको प्रयोग असुरक्षित रहेको पाइएको छ । ह्वाट्सएपको सुरक्षा प्रणाली कमजोर रहँदा यसमार्फत हुने निजी जानकारी, विभिन्न विवरण तथा डाटाहरुको आदानप्रादाको सुरक्षा नरहेको चेतावनी दिइएको हो ।

यसका प्रयोगकर्ताहरुमार्फत हुने  ग्रुप कुराकानी पनि असुरक्षीत देखिएको छ ।

यदि तपाई पनि कुनै ग्रुपमा एड हुनुहुन्छ र ग्रुपमा आफ्नो निजी जानकारीहरु पनि शेयर गर्नुहुन्छ भने सर्तक हुनुपर्ने अवस्था आएको छ ।

तपाईको ग्रुप म्यासेजलाई अपरिचित मानिसहरुले पनि सजिलै पढ्न सक्दछन् । यस्तोमा तपाईको नम्बर र ठेगाना गलत मानिसहरुको हातमा पुग्न सक्दछ ।

वेबसाइट मदरबोर्डको एक रिर्पोटमा लाखौँ प्रयोगकर्ताहरुको ग्रुप म्यासेजको लिंकहरु गूगलमा रहेको खुलाइएको छ । मदरबोर्डको टोलीले एक एनजियोको ह्वाट्सएप ग्रुपलाई गूगलमा ट्रेश गरि भेट्टाएको थियो ।

सुरक्षासँग जोडिएको ह्वाट्सएपको यस कमजोरीको जानकारी सबैभन्दा पहिले र्जोडन विल्डन नामका एक पत्रकारले ट्विटरमा शेयर गरेका थिए।

उनले गूगलमा ह्वाट्सएपका लागिइन्भाइट टू ग्रुप लिंक फिचरलाई गूगलमा सर्च गर्न सकिने पत्ता लगाएका थिए ।

एप रिर्वस इन्जिनियर जेन वान्गका अनुसार ‘च्याट डट ह्वाट्सएप डटकम मा सर्च गर्दा गूगलमा ४ लाख ७० हजार रिजल्ट देखिएको थियो ।

एडमिनले मानिसहरुलाई ग्रुपमा शामेल गर्नको लागिइन्भाइट टू ग्रुप भिया लिन्कं फिचरको प्रयोग गर्न सकिन्छ । तर उनिहरुले यसलाई सोशल मिडिया वा कुनै वेबसाइटमा शेयर गर्ने गर्दछन् । यस्तोमा गूगल जस्ता सर्च इन्जिनले यसलाई सजिलै खोज्न सक्दछन् ।

ह्वाट्सएपका प्रवक्ता एलिसन बनीले कुनैपनि कन्टेन्टको रुपमा इन्भाइट लिंकलाई पब्लिक च्यानलमा शेयर गर्दा यसलाई सजिलै खोज्न सकिने बताएका छन् ।

त्यस्तै गुगलका प्रवक्ता ड्यानी सुलिवानले ट्विटमा गूगल र अरु सर्च इन्जिनले ओपन वेबमा उपलब्ध रिजल्टलाई देखाउने बताएका छन् ।

यो तथ्य सार्वजनिक भए पश्चात गुगलले इन्डेक्सिङ्ग बन्द गरिदिए पनि अन्य सर्च इन्जिनमा भने यो अझै पनि उपलब्ध रहेको छ ।

प्रकाशित मिति : १४ फाल्गुन २०७६, बुधबार  ९ : २९ बजे

गण्डकी प्रदेश प्रहरी अस्पतालको नवनिर्मित भवन सञ्चालनमा

काठमाडौं– कास्कीको पोखरामा गण्डकी प्रदेश प्रहरी अस्पतालको नवनिर्मित भवन आइतबारदेखि

भ्रामक पोस्टरप्रति सुहाङको आपत्ति, सतर्क रहन सञ्चारकर्मीलाई आग्रह

काठमाडौं- नेकपा एमालेका सांसद सुहाङ नेम्वाङले आफ्नो नाम र तस्बिर

स्काभेटर दुर्घटना हुँदा एक जना बेपत्ता

बाजुरा– जिल्लाको जगन्नाथ गाउँपालिकाको कर्णाली करिडोरअन्तर्गत पर्ने लैफुडाँडामा आज स्काभेटर

कांग्रेस नेताहरू, बुद्धिजीवी र जेन-जीलाई एकैठाउँ राखेर शेखरले गरे संवाद

काठमाडौं- नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले देश र कांग्रेस

पेड इन्टर्नशिप माग गर्दै डाक्टर, इन्जिनियरको पोसाकमा प्रदर्शन

काठमाडौं– विश्वविद्यालयमा अध्ययनरत विद्यार्थीहरूले तलबसहितको इन्टर्नशिप सुनिश्चित गर्न माग गर्दै