टाटाका स्कूल बस खरिद गर्दा एक लाख नगद छुटसँगै टिभी, मोबाइल, ल्यापटप उपहार « Khabarhub

टाटाका स्कूल बस खरिद गर्दा एक लाख नगद छुटसँगै टिभी, मोबाइल, ल्यापटप उपहार


१४ फाल्गुन २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं–टाटा मोटर्सको नेपालस्थित एक मात्र आधिकारिक बिक्रेता सिप्रदी ट्रेडिङ्गले नयाँ उपभोक्ता योजना बजारमा ल्याएको छ ।

यस योजना अन्तगर्त टाटा ब्राण्डका स्कूल बसको खरिदमा १ लाख नगद छुट सहित सोटी ५५ इन्चको एलइडी स्मार्ट टिभी, सामसङ्ग नोट१० मोबाइल, म्याकबुक एयर ल्यापटप, क्यानन प्रोजेक्टर र थ्री इन वान प्रिन्टर मध्ये कुनै एक उपहार स्वरुप प्राप्त गर्न सकिने छ ।

यस योजनाले आफ्ना ग्राहकवर्गको वदलिदो ईच्छा र अकांक्षालाई पुरा गरि टाटा स्कूल बसलाई नेपाली बजारमा आफ्नो छुट्टै छबि बनाउन सहयोग गर्ने कम्पनीको विश्वास छ । यी बसहरु विद्यार्थीहरुको सुरक्षा, सुविधा र आरामलाई विशेष ध्यान दिएर निर्माण गरिएको कम्पनीले बताएको छ ।

कम्पनीको अनुसार टाटा स्कूल बसले नेपाल सरकारद्वारा प्रतिपादित विद्यालय बस सम्वन्धि सुरक्षा नियम र मापदण्डको पूर्ण पालना गरेको छ ।

एसी र नन एसीको व्यवस्था सहित यि बसहरु १४, १८, २०, २६, ३६, ४०, ४६, ५० र ५५ सिट क्षमताका विभिन्न मोडलहरुमा उपलव्ध छन् । उच्च प्राविधिक विशेषताले सम्पन्न यी बसहरुको लामो आयुको अतिरिक्त उत्कृट पूनः बिक्री मूल्य भएको पनि कम्पनी बताएको छ ।

प्रकाशित मिति : १४ फाल्गुन २०७६, बुधबार  १२ : ४२ बजे

बाँके निकुञ्ज आउने पर्यटकको सङ्ख्या वृद्धि

नेपालगन्ज – बाँके राष्ट्रिय निकुञ्जमा आउने पर्यटकको सङ्ख्या डेढगुणाले वृद्धि

डढेलोबाट ‘अतुलनीय’ प्राकृतिक क्षति : फिलीप

म्याड्रिड, १० साउन (रासस/एएफपी) – स्पेनका राजा फिलीप छैठौँले आइतबार

बङ्गलादेशमा नयाँ राष्ट्रपतिको चयन सेप्टेम्बरमा हुने

ढाका – बङ्गलादेशले सेप्टेम्बरमा आह्वान हुने संसद्को बैठकले नयाँ राष्ट्रपति

लागुऔषधसहित विभिन्न स्थानबाट २७ जना पक्राउ

काठमाडौं – प्रहरीले अवैध लागुऔषधसहित मुलुकका विभिन्न स्थानबाट २७ जनालाई

चोटका कारण नन्दन यादवले लिग–२ सिरिजका बाँकी खेल गुमाउने

काठमाडौं – नेपाली राष्ट्रिय क्रिकेट टोलीका तीव्र गतिका बलर नन्दन