नेपाल ट्रष्टको जग्गाबारे सार्वजनिक स्वेतपत्रप्रति कांग्रेस सभापति देउवाको आपत्ति « Khabarhub

नेपाल ट्रष्टको जग्गाबारे सार्वजनिक स्वेतपत्रप्रति कांग्रेस सभापति देउवाको आपत्ति


१४ फाल्गुन २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नेपाल ट्रष्टको जग्गाबारे सरकारले सार्वजनिक गरेको स्वेतपत्रप्रति कांग्रेस सभापति शेरबहादुर देउवाले आपत्ति जनाएका छन् ।

आफ्नो नाम समेत जोडेर सरकाले सार्वजनिक गरेको स्वेतपत्रमा भनिएजस्तो नेपाल ट्रष्टको जग्गाका विषयमा आफ्नो कार्यकालमा कुनै निर्णय नभएको भन्दै कांग्रेस सभापति देउवाले स्वेतपत्रप्रति गम्भिर आपत्ति जनाएका हुन् ।

कांग्रेस सभापति देउवाले विज्ञप्ती जारी गर्दै आफ्नो सहभागितामा कुनै पनि कम्पनीलाई ट्रष्टको जग्गा लिजमा दिने कुनै निर्णय नभएको समेत उनले जारी गरेको विज्ञप्तीमा उल्लेख छ ।

सभापति देउवाद्वारा जारी विज्ञप्तीमा भनिएको छ, ‘मेरो सहभागिता वेगर भएको कुनै पनि निर्णयमा मेरो नाम जोडेर गरिने या गरिएका प्रचारप्रति मेरो गम्भीर आपत्ति छ ।’

सभापति देउवाले जारी गरेको विज्ञप्तीमा नेपाल ट्रष्ट ऐनले गरेको व्यवस्थाअनुसार वोर्डकै कर्मचारीले गरेको काममा प्रधानमन्त्रीका रूपमा कुनै हस्तक्षेप वा निर्णय नगरेको समेत बताएका छन् ।

उनले जारी गरेको विज्ञप्तीमा भनिएको छ, ‘२०६४ मा नेपाल ट्रष्ट ऐन जारी हुँदा ट्रष्टलाई ‘एक अविच्छिन्न उत्तराधिकारवाला स्वशासित र संगठित संस्था’ का रुपमा ऐनले नै परिभाषित गरेको थियो । अतः यसको बोर्डले गर्ने या गरिएका एवं निश्चित कर्मचारी तहबाट हुने या भएका कुनै पनि निर्णयमा प्रधानमन्त्रीका रुपमा मलाई गाँस्नु राजनैतिक र कानूनी दृष्टिले समेत गलत छ ।’

सभापति देउवाले सेक्युरिटी प्रिन्टिङ प्रेस खरीद प्रकरणमा सार्वजनिक भएको ‘७० करोड’ को अडियो, नेपाल ट्रष्ट अन्तर्गतकै गोकर्ण फरेष्ट रिसोर्टको लिज प्रकरणमा गरिएको गम्भीर अनियमितता एवं अन्य प्रकरणबाट ध्यान मोड्ने प्रयत्नका रुपमा सरकारले सार्वजनिक गरेको स्वेतपत्र रहेको समेत दाबी गरेका छन् ।

प्रकाशित मिति : १४ फाल्गुन २०७६, बुधबार  ४ : ५८ बजे

बाँके निकुञ्ज आउने पर्यटकको सङ्ख्या वृद्धि

नेपालगन्ज – बाँके राष्ट्रिय निकुञ्जमा आउने पर्यटकको सङ्ख्या डेढगुणाले वृद्धि

डढेलोबाट ‘अतुलनीय’ प्राकृतिक क्षति : फिलीप

म्याड्रिड, १० साउन (रासस/एएफपी) – स्पेनका राजा फिलीप छैठौँले आइतबार

बङ्गलादेशमा नयाँ राष्ट्रपतिको चयन सेप्टेम्बरमा हुने

ढाका – बङ्गलादेशले सेप्टेम्बरमा आह्वान हुने संसद्को बैठकले नयाँ राष्ट्रपति

लागुऔषधसहित विभिन्न स्थानबाट २७ जना पक्राउ

काठमाडौं – प्रहरीले अवैध लागुऔषधसहित मुलुकका विभिन्न स्थानबाट २७ जनालाई

चोटका कारण नन्दन यादवले लिग–२ सिरिजका बाँकी खेल गुमाउने

काठमाडौं – नेपाली राष्ट्रिय क्रिकेट टोलीका तीव्र गतिका बलर नन्दन