तिब्बती शरणार्थीसँग कूटनीतिक समुदायले मनाए ल्होसार « Khabarhub

तिब्बती शरणार्थीसँग कूटनीतिक समुदायले मनाए ल्होसार


१४ फाल्गुन २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपालस्थित कूटनीतिक समुदायले तिब्बती शरणार्थीसँग यस वर्षको ल्होसार मनाएका छन् । यो वर्ष तिब्बतीहरुले मुसा वर्ष २१४७ मनाएका छन् ।

ल्होसार मनाउन बौद्धमा आयोजित एक कार्यक्रममा काठमाडौंस्थित युरोपेली युनियनकी राजदूत एवं प्रतिनिधि मण्डलकी प्रमुख भेरोनिका कोडी, नेपालका लागि अष्ट्रेलियन राजदूत पिडर बड, स्विस राजदूत एलिसाबेथ भोन क्यापेलरको सहभागिता थियो ।

त्यस्तै, कार्यक्रममा अमेरिकी डेपुटी चिफ अफ मिसन म्यानुअल पी मिकलर जुनियर, फ्रेन्च डेपुटी चिफ अफ मिसन आर्नु स्याम्पी तथा जर्मन दूतावास र संयुक्त राष्ट्रसंघीय मानवअधिकार आयोगका प्रतिनिधिहरु पनि सहभागि थिए ।

ल्होसार समारोह धार्मिक प्रार्थानाबाट शुरु भएको थियो । त्यसपछि पाहुनालाई देसिल, खाप्से र तिब्बती चिया दिइएको थियो ।

तिब्बती शरणार्थी कल्याण कार्यालयका प्रतिनिधि सुल्त्रिम ग्यात्सोले उपस्थित पाहुनाहरुलाई धन्यवाद दिएका थिए ।

उक्त कार्यक्रममा दुई तिब्बती एक नेपाली र एक भुटानी गीतसहित साँस्कृतिक प्रस्तुती समेत दिइएको थियो ।

प्रकाशित मिति : १४ फाल्गुन २०७६, बुधबार  ५ : ०३ बजे

दशैँको टीका : कतै रौनक, कतै सुनसान

काठमाडौं – आज विजयादशमी । निधारमा रातो टीका र शिरमा

बङ्गलादेशका क्रिकेटर मेहदी हसनले पोखराबाट एनपिएल खेल्ने

काठमाडौं – बङ्गलादेशका अलराउन्डर मेहदी हसनले नेपाल प्रिमियर लिग (एनपिएल)

एनपीएलका सबै खेलले पाए लिस्ट ‘ए’ टी–२० मान्यता

काठमाडौं – नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणका सबै

अमेरिका–पुटिन वार्ताबारे विस्तृत जानकारीको प्रतीक्षामा ईयू

ब्रसेल्स – युरोपेली युनियन (ईयू)ले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका विशेष

ग्रीसमा पनि विद्यार्थी र शिक्षकद्वारा प्रदर्शन

एथेन्स- जीवनयापनको बढ्दो लागत, विद्यार्थीका लागि सस्तो आवासको अभाव र