तिब्बती शरणार्थीसँग कूटनीतिक समुदायले मनाए ल्होसार « Khabarhub

तिब्बती शरणार्थीसँग कूटनीतिक समुदायले मनाए ल्होसार


१४ फाल्गुन २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपालस्थित कूटनीतिक समुदायले तिब्बती शरणार्थीसँग यस वर्षको ल्होसार मनाएका छन् । यो वर्ष तिब्बतीहरुले मुसा वर्ष २१४७ मनाएका छन् ।

ल्होसार मनाउन बौद्धमा आयोजित एक कार्यक्रममा काठमाडौंस्थित युरोपेली युनियनकी राजदूत एवं प्रतिनिधि मण्डलकी प्रमुख भेरोनिका कोडी, नेपालका लागि अष्ट्रेलियन राजदूत पिडर बड, स्विस राजदूत एलिसाबेथ भोन क्यापेलरको सहभागिता थियो ।

त्यस्तै, कार्यक्रममा अमेरिकी डेपुटी चिफ अफ मिसन म्यानुअल पी मिकलर जुनियर, फ्रेन्च डेपुटी चिफ अफ मिसन आर्नु स्याम्पी तथा जर्मन दूतावास र संयुक्त राष्ट्रसंघीय मानवअधिकार आयोगका प्रतिनिधिहरु पनि सहभागि थिए ।

ल्होसार समारोह धार्मिक प्रार्थानाबाट शुरु भएको थियो । त्यसपछि पाहुनालाई देसिल, खाप्से र तिब्बती चिया दिइएको थियो ।

तिब्बती शरणार्थी कल्याण कार्यालयका प्रतिनिधि सुल्त्रिम ग्यात्सोले उपस्थित पाहुनाहरुलाई धन्यवाद दिएका थिए ।

उक्त कार्यक्रममा दुई तिब्बती एक नेपाली र एक भुटानी गीतसहित साँस्कृतिक प्रस्तुती समेत दिइएको थियो ।

प्रकाशित मिति : १४ फाल्गुन २०७६, बुधबार  ५ : ०३ बजे

बाँके निकुञ्ज आउने पर्यटकको सङ्ख्या वृद्धि

नेपालगन्ज – बाँके राष्ट्रिय निकुञ्जमा आउने पर्यटकको सङ्ख्या डेढगुणाले वृद्धि

डढेलोबाट ‘अतुलनीय’ प्राकृतिक क्षति : फिलीप

म्याड्रिड, १० साउन (रासस/एएफपी) – स्पेनका राजा फिलीप छैठौँले आइतबार

बङ्गलादेशमा नयाँ राष्ट्रपतिको चयन सेप्टेम्बरमा हुने

ढाका – बङ्गलादेशले सेप्टेम्बरमा आह्वान हुने संसद्को बैठकले नयाँ राष्ट्रपति

लागुऔषधसहित विभिन्न स्थानबाट २७ जना पक्राउ

काठमाडौं – प्रहरीले अवैध लागुऔषधसहित मुलुकका विभिन्न स्थानबाट २७ जनालाई

चोटका कारण नन्दन यादवले लिग–२ सिरिजका बाँकी खेल गुमाउने

काठमाडौं – नेपाली राष्ट्रिय क्रिकेट टोलीका तीव्र गतिका बलर नन्दन