कोरोनाभाइरसः इटालीमा एकै दिन ६८३ जनाको मृत्यु, ज्यान गुमाउनेको स‌ंख्या ७ हजार ५ सय नाघ्यो « Khabarhub

कोरोनाभाइरसः इटालीमा एकै दिन ६८३ जनाको मृत्यु, ज्यान गुमाउनेको स‌ंख्या ७ हजार ५ सय नाघ्यो


१३ चैत्र २०७६, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– विश्वव्यापी महामारीका रुपमा फैलिएको कोरोना भाइरसको संक्रमणको प्रभाव पछिल्लो समय सबैभन्दा बढी इटालीमा देखिएको छ ।

इटालीमा पछिल्लो २४ घण्टामा ६ सय ८३ जनाले ज्यान गुमाएका छन् । एकै दिनमा थप ६ सय ८३ जनाले ज्यान गुमाएसँगै हालसम्म इटालीमा ज्यान गुमाउनेको संख्या ७ हजार ५ सय ३ पुगेको छ । ७४ हजार ३ सय ८६ जना सङ्क्रमित छन् ।

संक्रमितमध्य ९ हजार ३ सय ६२ जना उपचारपछि निको भएका छन् भने ५७ हजार  ५ सय २१ जना उपचाररत छन् । जसमध्ये पनि ३ हजार ४ सय ८९ जनाको अवस्था गम्भीर रहेको जनाइएको छ ।

चीनको वुहानबाट शुरु भएको कोरोनाको प्रभाव हालसम्म विश्वका देश र क्षेत्रहरुगरी १ सय ९८ स्थानमा फैलिएको छ भने विश्वभर ज्यान गुमाउनेको संख्या २१ हजार १ सय ८१ पुगेको छ ।

कोरोनाको संक्रमणका कारण विश्वभर पछिल्लो २४ घण्टामा २ हजार २ सय ८७ जनाले ज्यान गुमाएका छन् ।

प्रकाशित मिति : १३ चैत्र २०७६, बिहीबार  ६ : ०४ बजे

कर्णालीका मुख्यमन्त्री शाहीले आज विश्वासको मत लिँदै

कर्णाली– कर्णाली प्रदेशसभाको बैठक आज बस्दैछ । बैठकमा सरकारका मुख्यमन्त्री

‘मास्टर्नी’बाट प्रियंकाको नयाँ परीक्षा

काठमाडौँ- करिअरको प्राइमपछि छायामा पर्दै गर्दा फिल्म निर्माणमा होमिने नायिकामा

गण्डकीको आन्तरिक राजस्व संकलन लक्ष्यभन्दा कम

पोखरा– गण्डकी प्रदेश सरकारले गत आर्थिक वर्ष २०८२–८३ मा आन्तरिक

भेरी अस्पतालमा चिकित्सकीय प्रणालीसँगै अभिलेखीकरण सुरु

नेपालगञ्ज– भेरी अस्पताल, नेपालगञ्जमा उपचारसँगै अध्ययन र अनुसन्धानका लागि नयाँ

एक महिनामा ६७ फरार प्रतिवादी फक्राउ

गण्डकी– कास्कीमा गत साउन महिनामा ६७ जना फरार प्रतिवादी पक्राउ