कोरोना संक्रमण जितेका चितवनका युवा आमाको सेवाका लागि अस्पतालमै « Khabarhub

कोरोना संक्रमण जितेका चितवनका युवा आमाको सेवाका लागि अस्पतालमै


१४ बैशाख २०७७, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – कोरोना भाइरसको संक्रमण जितेका चितवनका एक युवा डिस्चार्ज भए पनि अस्पतालमै बसेका छन् ।

भरतपुर अस्पतालमा उपचार गराइरहेका २७ वर्षीय युवकले कोरोनालाई जिते पनि आमाको सेवाका लागि अस्पतालमै बसेका हुन् ।

उनको तेस्रो पटकको पीसीआर परीक्षणमा नेगेटिभ आएपछि उनलाई शनिबार अस्पतालले डिस्चार्ज गरेको हो ।

शनिवार डिस्चार्ज हुने युवक राप्ती नगरपालिका वडा नम्बर ८ का हुन् । उनीसँगै उनकी ६३ वर्षीया आमालाई पनि कोरोना संक्रमण देखिएको थियो ।

६३ वर्षीया आमाको दोस्रो रिपोर्ट पनि नेगेटिभ आएको बताइएको छ । उनले आमालाई निको भएपछि मात्र घर फर्कने बताएका छन् ।

उनलाई अस्पतालको बेग्लै कोठामा राखिएको  छ । यससँगै नेपालमा कोरोनालाई जितेर डिस्चार्ज हुनेको संख्या १२ पुगेको छ ।

प्रकाशित मिति : १४ बैशाख २०७७, आइतबार  १० : ५१ बजे

विशेष प्रकृतिका विद्यालयलाई शिक्षा ऐनमा समेट्नुपर्नेमा जोड

काठमाडौँ– विशेष प्रकृतिका विद्यालयलाई शिक्षा ऐनमा समेट्दै स्वायत्त र प्रभावकारी

लिस्ट वितरण हुँदा कांग्रेसभित्र अस्वस्थ प्रतिस्पर्धा भयो : गुरुराज घिमिरे

नेपाली कांग्रेसमा विशेष महाधिवेशनका लागि हस्ताक्षर अभियान चलाउने तथा पार्टीमा

विगतका तिक्तता बिर्सेर कांग्रेसलाई एकताबद्ध बनाउँछु : प्रदीप पौडेल

काठमाडौं– नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले विगतका तिक्तता बिर्सेर पार्टीलाई

उपभोग्य वस्तुमा कृत्रिम अभाव र मूल्यवृद्धि नगर्न प्रशासनको आग्रह

ताप्लेजुङ- जिल्ला प्रशासन कार्यालय ताप्लेजुङले चाडपर्वका बेला दैनिक उपभोग्य वस्तुको कृत्रिम