६२ वर्षीय पुरुषमा कोरोना देखिएपछि दमकमा आजदेखि स्वाब सङ्कलन गरिने « Khabarhub

६२ वर्षीय पुरुषमा कोरोना देखिएपछि दमकमा आजदेखि स्वाब सङ्कलन गरिने


१४ बैशाख २०७७, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

झापा– झापाको दमकमा आजदेखि स्वाब सङ्कलन गरिने भएको छ ।

एक ६२ वर्षीय पुरुषमा कोरोना भाइरसको सङ्क्रमण देखिएपछि कोरोनाको सङ्क्रमण फैलिन नदिन स्वाब सङ्कलन गर्न लागिएको कोरोना भाइरस रोकथाम, उपचार तथा समन्वय अनुगमन समिति झापाका संयोजक सोमनाथ पोर्तेलले जानकारी दिए ।

“कोरोना भाइरसको सङ्क्रमण फैलिन नदिन प्रभावित क्षेत्रका मानिसको स्वाब सङ्कलन गर्न लागिएको हो”, उनले भने , “यसबाट सङ्क्रमण नियन्त्रण र रोकथाममा सहयोग पुग्नेछ ।”

कोरोना पुष्टि भएपछि दमक नगरपालिकाले सङ्क्रमण देखिएको वडा आसपासका क्षेत्रमा उच्च सतर्कता अपनाएको छ । नगर उपप्रमुख गीता अधिकारीले सङ्क्रमितको घर र नजिकैको भुटानी शरणार्थी शिविरसमेत सिल गरिएको बताए ।

प्रकाशित मिति : १४ बैशाख २०७७, आइतबार  १२ : ४९ बजे

गुल्मीमा ३५५ प्रजातिका चरा

गुल्मी – गुल्मीमा चराका प्रजातिको सङ्ख्या ३५५ पुगेको छ ।

समानुपातिक प्रतिनिधित्व सुनिश्चित गर्न माग गर्दै सर्वोच्च रिट

काठमाडौं – सर्वोच्च अदालतलमा अपाङ्गता भएका व्यक्तिहरूको संवैधानिकरूपमा सुनिश्चित राजनीतिक

पोलियोका शङ्कास्पद बिरामी खोजतलास गर्नेमा उत्कृष्ट मुलुकमा नेपाल

काठमाडौं – नेपाल पोलियो भाइरसका शङ्कास्पद बिरामी खोजतलास गर्ने उत्कृष्ट

नगरप्रमुख महर्जनविरुद्ध सर्वोच्च अदालतमा पुनरावेदन

काठमाडौं – अख्तियार दुरूपयोग अनुसन्धान आयोगले राजस्व चुहावट गरी भ्रष्टाचार

११ किलो गाँजासहित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट चारजना भारतीय पक्राउ

काठमाडौं- सशस्त्र प्रहरीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट १० किलो ९६० ग्राम