वीरगन्ज महानगरपालिकाका सफाइ कर्मचारीमा कोरोना संक्रमण « Khabarhub

वीरगन्ज महानगरपालिकाका सफाइ कर्मचारीमा कोरोना संक्रमण


१४ बैशाख २०७७, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

वीरगन्ज– नेपालमा कोरोना भाइरसको संक्रमण देखिएका थप २ जनामध्ये १ जना पर्साको वीरगन्ज महानगरपालिकाका कर्मचारी भएको पाइएको छ ।

राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला काठमाडौंमा थ्रोट स्वाब परीक्षणका क्रममा वीरगन्जका ५० वर्षीय २ जना पुरुषमा आइतबार कोरोना संक्रमण पुष्टि भएको थियो ।

कोरोना संक्रमण भएका दुवै जना वीरगन्जकै स्थानीय हुन् । जसमध्येका १ जना पुरुष भने वीरगन्ज महानगरपालिकामा सफाइको काम गर्ने व्यक्ति हुन् ।

अर्का व्यक्ति भने वीरगन्जमा रहेको मस्जिद क्षेत्रका बासिन्दा हुन् ।

चिकित्सकहरुले उनीहरुमा स्थानीय स्तरमै कोरोना संक्रमण भएको बताएका छन् । अहिले उनीहरुको सम्पर्कमा रहेका व्यक्तिको खोजी भइरहेको जिल्ला प्रशासन कार्यालय पर्साले जानकारी दिएको छ ।

संक्रमित दुवै जनाको अहिले नारायणी अस्पताल वीरगन्जमा उपचार भइरहेको छ । नारायणणी अस्पतालको आकस्मिक सेवा विभागका प्रमुख डाक्टर उदय नारायण सिंहका अनुसार दुवै जनाको स्वास्थ्य अवस्था भने सामान्य छ ।

थपिएका २ जनासँगै नारायणी अस्पतालमा हाल ७ जना कोरोना संक्रमित उपचाररत छन् । जसमध्ये ४ जना निको भइसकेकाले उनीहरुलाई अस्पतालले आइतबार डिस्चार्ज गर्ने तयारी गरिएको डा सिंहले जानकारी दिए ।

प्रकाशित मिति : १४ बैशाख २०७७, आइतबार  १ : १८ बजे

विशेष प्रकृतिका विद्यालयलाई शिक्षा ऐनमा समेट्नुपर्नेमा जोड

काठमाडौँ– विशेष प्रकृतिका विद्यालयलाई शिक्षा ऐनमा समेट्दै स्वायत्त र प्रभावकारी

लिस्ट वितरण हुँदा कांग्रेसभित्र अस्वस्थ प्रतिस्पर्धा भयो : गुरुराज घिमिरे

नेपाली कांग्रेसमा विशेष महाधिवेशनका लागि हस्ताक्षर अभियान चलाउने तथा पार्टीमा

विगतका तिक्तता बिर्सेर कांग्रेसलाई एकताबद्ध बनाउँछु : प्रदीप पौडेल

काठमाडौं– नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले विगतका तिक्तता बिर्सेर पार्टीलाई

उपभोग्य वस्तुमा कृत्रिम अभाव र मूल्यवृद्धि नगर्न प्रशासनको आग्रह

ताप्लेजुङ- जिल्ला प्रशासन कार्यालय ताप्लेजुङले चाडपर्वका बेला दैनिक उपभोग्य वस्तुको कृत्रिम