लकडाउनका कारण रोकिए गौरवका सडक आयोजना « Khabarhub

लकडाउनका कारण रोकिए गौरवका सडक आयोजना


१४ बैशाख २०७७, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

बैतडी- भौतिक पूर्वाधार विकासको कामको प्रगति देखिने समयमा कोरोना रोकथामका लागि बन्दाबन्दी हुँदा सुदूरपश्चिम प्रदेशका गौरवका आयोजना अलपत्र परेका छन् ।

प्रदेश गौरवको आयोजनाको रूपमा रहेको बैतडीको सतबाँझ–श्रीभावर– हाट सडकको काम सुरु हुन सकेको छैन ।

गत चैत १९ गते बोलपत्र खोल्नुपर्ने योजना रहे पनि बन्दाबन्दीले गर्दा रोकिएको प्रदेश सरकारमातहतको पूर्वाधार विकास कार्यालय, बैतडीका प्रमुख जगतप्रसाद जोशीले जानकारी दिए ।

बैतडीको सतबाँझदेखि हाटसम्म १ सय किलोमिटर रहेको उक्त सडकको हाल १४ किलोमिटरमा कालोपत्रको लागि अनुमानित रु ५० करोडको बोलपत्र आह्वान गरिएको थियो ।

सतबाँझदेखि ६ किलोमिटर कालोपत्रका लागि रु २० करोड र र श्रीभावरदेखि ८ किलोमिटर कालोपत्रका लागि रु २८ करोडको सूचना प्रकाशित भएको थियो ।

बहुवर्षीय योजनाअन्र्तगत आर्थिक वर्ष २०७९/८० सम्म सक्ने लक्ष्य रहेको भएपनि अब लक्ष्यअनुसार काम सम्पन्न हुनेमा आशङ्का बढेको उनले बताए । उनले भने “भौतिक पूर्वाधारको कामको प्रगति हुने बेला बन्दाबन्दीले गर्दा सबै ठप्प छ, समयमै काम सक्न गाह्रो छ ।”

महाकाली कोरिडोरको काम पनि प्रभावित भएको छ । कञ्चनपुरदेखि दार्चुला सदरमुकाम हुदैँ टिङ्करसम्म जोड्ने उक्त प्रदेश गौरव योजनाको काम प्रभावित भएको हो ।

बन्दाबन्दीले गर्दा सबै काम ठप्प रहेको योजना प्रमुख अच्युत पन्तले बताए । दार्चुलामा कार्यालय रहेको यस आयोजनामा दार्चुलादेखि कञ्चनपुरसम्म विभिन्न छ ठेकेदारलाई जिम्मा दिएर खण्ड खण्डमा काम भइरहेको थियो ।

व्यवसायी र मजदुर आफ्ना घरतिर लागेकाले काम हुन सक्ने अवस्था छैन । कञ्चपुरदेखि दार्चुलाको तिङ्करसम्म ४२५ किलोमिटर निर्माण गरिने उक्त सडकको १२५ किलोमिटर मात्रै ट्रयाक खुलेको छ ।

काम शुरु गर्न जिल्ला प्रशासन कार्यालयबाट अनुमति भएपनि काम शुरु हुन अझै केही दिन लाग्ने प्रमुख पन्तले बताउनुभयो । यसअघि ठेक्का भएका निर्माण व्यवसायीसँगको सम्झौता यसै वर्ष सकिन लागेकाले अब नयाँ सम्झौताको पनि तयारी हुँदैछ ।

उक्त योजनाको काम २०६६ सालदेखि सुरु भएको हो । महाकाली कोरिडोरलाई त्रिदेशीय नाकाका रूपमा विकास गर्न सके सुदूरपश्चिमको आर्थिक समृद्धि हुने आशा लिइएको छ ।

कोरिडोर सबैभन्दा बढी दार्चुलामा २१२ किलोमिटर, बैतडीमा १ सय ४४ किलोमिटर, डडेल्धुरा ५८ किलोमिटर र कञ्चनपुरमा ११ किलोमिटर सडकखण्ड पर्छ । कार्यालयका अनुसार हालसम्म रु ३३ करोडको लागतमा बैतडीमा ६२, दार्चुलामा ५२ र डडेल्धुरामा ११ किलोमिटर ट्रयाक खोलिएको छ ।

प्रकाशित मिति : १४ बैशाख २०७७, आइतबार  २ : २४ बजे

एक हजार ५९२ सवारीसाधन कारबाही, बीस लाख २४ हजार राजस्व सङ्कलन

काठमाडौं– ट्राफिक प्रहरीले पछिल्लो २४ घण्टामा  सडक अनुशासन पालना नगर्ने

बर्डफ्लु सङ्क्रमण : काभ्रेमा ४० हजार हाँस-कुखुरा नष्ट

काभ्रेपलाञ्चोक– काभ्रेमा बर्डफ्लु सङ्क्रमणका कारण हालसम्म ४० हजारभन्दा बढी हाँस तथा

हराभरा चक्रपथको सानेपा क्षेत्र (फोटो फिचर)

ललितपुर – काठमाडौँ उपत्यकाको चक्रपथ विस्तारको दोस्रो खण्ड निर्माणमा भएको

एकैदिन तोलामा ४ हजार ५०० रुपैयाँले घट्यो सुनको मूल्य, कतिमा भइरहेको छ कारोबार ? 

काठमाडौं– स्थानीय बजारमा आज सुनको मूल्य घटेको छ । नेपाल सुनचाँदी

प्रहरीद्वारा करिब २० लाख बढीको अवैध ‘आइफोन’ बरामद

लुम्बिनी – रुपन्देही प्रहरीले भारतबाट अवैध रुपमा भन्सार छली नेपालतर्फ