नारायणी अस्पतालमा मृत्यु भएकी महिलामा कोरोना संक्रमणको संकेत | Khabarhub Khabarhub

नारायणी अस्पतालमा मृत्यु भएकी महिलामा कोरोना संक्रमणको संकेत


१४ बैशाख २०७७, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

वीरगन्ज– पर्साका वीरगन्जस्थित नारायणी अस्पतालमा उपचारका क्रममा मृत्यु भएकी एक महिलाको र्‍यापिड डाइग्नोस्टिक टेस्ट (आरडीटी) परीक्षणका क्रममा कोरोना भाइरस संक्रमणको संकेत (एन्टिबडी) पोजेटिभ देखएको छ ।

अस्पतालका आकस्मिक सेवा विभागका प्रमुख डाक्टर उदय नारायण सिंहका अनुसार अन्य अस्पतालबाट रेफर भएर आएकी ती महिलाको आरडीटी परीक्षणको कोरोनामा एन्टिबडी पोजेटिभ आएको हो ।

एक महिना अघि रक्त क्यान्सर भएको पुष्टि भएकी ती महिलाको क्यान्सरको उपचार चलिरहेको थियो ।

दुईदिन अघि श्वासप्रश्वासमा समस्या भएपछि उनलाई अन्य अस्पतालबाट नारायणी अस्पतालमा रेफर गरिएको थियो । आरडीटी परीक्षणमा रिपोर्ट पोजेटिभ देखिए पछि पीसीआर विधिबाट परीक्षण गर्न उनको नमूना लिइएको डा सिंहले जानकारी दिए ।

‘एकमहिना अघि ब्लड क्यान्सर भएको महिला हो । उहाँ क्यान्सरको उपचारको क्रममा हुनुहुन्थ्यो, २ दिन अघिदेखि स्वास चढ्ने समस्या बढेपछि उहाँलाई हाम्रो अस्पतालमा रेफर गरिएको थियो,’ डा सिंहले खबरहबसँग भने, ‘उहाँको आरडीटी परीक्षण गर्दा एन्टिबडी पोजेटिभ देखिएपछि हिजो (शनिबार) नै थ्रोट स्वाब संकलन गरी पीसीआर विधिबाट परीक्षण गर्न लागिएको छ ।’

ती महिलाको शनिबार राती २ बजे मृत्यु भएको डा सिंहले बताए । आरडीटी परीक्षणमा कोरोनाको एन्टिबडी पोजेटिभ आएपछि ती महिलाको शव अस्पतालको आकस्मिक कक्षमै सिल गरेर राखिएको डा सिंहले बताए ।

प्रकाशित मिति : १४ बैशाख २०७७, आइतबार  २ : ०५ बजे

दुर्घटनामा एकै परिवारका तीन जना घाइते

सिराहा– पूर्व–पश्चिम राजमार्गअन्तर्गत लहान नगरपालिका–१३ मा विद्यालयको बसले ठक्कर दिँदा

बर्सेनि ६० लाख पर्यटक ल्याउन सक्छौँ, तर सरकार र बैंकको व्यवहार ठीक छैन

पर्यटन क्षेत्रको आजको स्थिति कोरोना महामारीअघिको अवस्थामा फर्किएको छ ।

अर्थसंक्षेप : अपेक्षित वैदेशिक सहायता प्राप्तिमा सरकार विफल, नेप्से १२ अंकले बढ्यो

काठमाडौं– सरकारले चालु आर्थिक वर्षमा राखेको वैदेशिक सहायता प्राप्तिमा सफलता

हमासद्वारा अपहृतमध्ये ३३ बन्धकको सूची सार्वजनिक, विपीन जोशी परेनन्

काठमाडौं – इजरायल सरकारले हमास विद्रोहीद्वारा अपहरण गरिएका ३३ बन्धकहरूको

योग गुरु रामदेव र आचार्य बालकृष्णविरूद्ध पक्राउ पुर्जी

काठमाडौं-भारतीय योग गुरु तथा पतञ्जली योग पीठका संस्थापक रामदेव र