लकडाउनबारे निर्णय गर्न बस्न लागेको मन्त्रिपरिषद बैठक सर्‍यो « Khabarhub

लकडाउनबारे निर्णय गर्न बस्न लागेको मन्त्रिपरिषद बैठक सर्‍यो


१४ बैशाख २०७७, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं-  दुई बजेका लागि बोलाइएको मन्त्रिपरिषद् बैठक सरेको छ । बैठक पाँच बजेका लागि सारिएको हो ।

प्रधानमन्त्री केपीशर्मा ओली अन्य बैठकमा पनि सहभागी हुनुपर्ने भएका कारण मन्त्रिपरिषद् बैठक सारिएको प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले बताए ।

आज बस्ने मन्त्रिपरिषद् बैठकले लकडाउन लम्ब्याउने नलम्ब्याउने वा खुकुलो पार्ने नपार्ने बारे निर्णय गर्ने तयारी गरिएको छ । यसअघि सरकारले घोषणा गरेको लकडाउन वैशाख १५ गते सकिँदैछ ।

मन्त्रिपरिषद बैठक बस्नुभन्दा अगाडि प्रधानमन्त्री ओलीले कोभिड-१९ क्राइसिस म्यानेजमेन्ट टिम सँग छलफल गर्ने छन् ।

हिजो शनिवार बसेको कार्यदलले एक साता लकडाउन थप गर्न सुझाव दिएको थियो भने उच्च स्तरीय समितिले पनि तत्काल लकडाउन खोल्ने अवस्था नरहेको राय सरकारलाई दिएको थियो ।

आजको छलफल पछि सरकारले यसबारे निर्णय गर्ने छ ।

प्रकाशित मिति : १४ बैशाख २०७७, आइतबार  २ : ०८ बजे

ट्रम्प र जेलेन्स्कीबीच फ्लोरिडामा भेटवार्ता हुने

किएभ – रुसको आक्रमण अन्त्य गर्ने प्रयासबारे छलफल गर्न यसै

बैतडीमा दुई दिनदेखि बेपत्ता व्यक्ति मृत फेला, हत्याको आशङ्का

बैतडी – दुई दिनदेखि बेपत्ता रहेका जिल्लाको शिवनाथ गाउँपालिका–२ सनकोट

प्रधानमन्त्री भन्छिन्, ‘देश नै तहसनहस हुँदा पनि चेतेनन्, अब पुरानै तरिकाले चल्दैन’

काठमाडौं- प्रधानमन्त्री सुशीला कार्कीले विचार फरक भए पनि राष्ट्रिय हितका

सुर्खेत विमानस्थलमा विपद् उद्धार पोखरी निर्माण सुरु

काँक्रेविहार- सुर्खेत विमानस्थल परिसरमा मानवीय सहायता तथा विपद् उद्धार पोखरी