पछिल्लो २४ घण्टामा ३ हजार ७ सय बढीको पीसीआर परीक्षण « Khabarhub

पछिल्लो २४ घण्टामा ३ हजार ७ सय बढीको पीसीआर परीक्षण


१३ जेठ २०७७, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– सरकारले पछिल्लो २४ घण्टामा ३ हजार ७ सय ८२ जनाको थ्रोट स्वाबको नमूना परीक्षण गरेको छ ।

स्वास्थ्य मन्त्रालयका प्रवक्ता डाक्टर विकास देवकोटाले नियमित लाइभ अपडेटमार्फत पछिल्लो २४ घण्टामा ३ हजार ७ सय ८२ वटा नमूना परीक्षण गरिएको जानकारी दिएका हुन् ।

सरकारले पीसीआर विधिबाट हालसम्म ५४ हजार ४ सय ४२ वटा नमूना परीक्षण गरेको छ ।

प्रवक्ता डा देवकोटाका अनुसार हालसम्म कोरोना संक्रमतिको संख्या ७ सय ७२ जना पुगेको छ । यस्तै हालसम्म एक सय ५५ जना डिस्चार्ज भएका छन् भने ४ जनाको मृत्यु भएको छ ।

यस्तै आरडीटी विधिबाट पछिल्लो २ हजार ७ सय ७५ वटा नमूना परीक्षण गरेको छ भने हालसम्म ९७ हजार ९ सय ६७ वटा नमूना परीक्षण गरेको छ । तर आरडीटी विधिबाट गरिएको परीक्षणको नतिजा भने स्वास्थ्य मन्त्रालयले सार्वजनिक गरेको छैन ।

प्रकाशित मिति : १३ जेठ २०७७, मंगलबार  ७ : ०७ बजे

सङ्घीय संसद्का दुवै सदनको बैठक बस्दै : के छ कार्यसूची ?

काठमाडौँ – सङ्घीय संसद्का दुवै सदनको बैठक आज बस्दैछ ।

सोमबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौँ – नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर

सोमबार भगवान शिवको विशेष दिन, कसरी गर्ने पूजा ?

काठमाडौँ – २०८३ साल असोज ५ गते सोमबार सन् २०२६

आज २०८३ साल असोज ५ गते सोमबारको राशिफल

काठमाडौँ – २०८३ साल असोज ५ गते सोमबार सन् २०२६

एन्फाका कोषाध्यक्ष र लेखा प्रमुख पक्राउ

काठमाडौं – नेपाल प्रहरीले खेलमा मिलेमतो, अनियमितता र ठगी गरेको