कोरोना भाइरस: विश्वमा झण्डै ९७ लाख मानिस संक्रमित | Khabarhub Khabarhub

कोरोना भाइरस: विश्वमा झण्डै ९७ लाख मानिस संक्रमित


१२ असार २०७७, शुक्रबार  

पढ्न लाग्ने समय : 3 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं –  विश्वभर महामारीका रुपमा फैलिएको कोरोना भाइरसबाट विश्वभर झण्डै ९७ लाख व्यक्तिहरु संक्रमित भएका छन् । पछिल्लो २४ घण्टामा १ लाख ७५ हजार नयाँ संक्रमित थपिएका छन् ।

विश्वका २ सय १५ मुलुकका ९६ लाख ९८ हजार २ सय ९० जना व्यक्ति कोरोना संक्रमित रहेका छन् । यो समाचार तयार पार्दासम्म कोरोना भाइरसका कारण पछिल्लो २४ घण्टामा १ लाख ७५ हजार ६ सय २२ जना नयाँ संक्रमित फेला परेका छन् भने ५ हजार १ सय ७ जनाले ज्यान गुमाएका छन् । नेपालमा मात्र २ जनाले ज्यान गुमाएका छन् ।

कोरोना भाइरसबाट संयुक्त राज्य अमेरिकामा सबैभन्दा बढी संक्रमित देखिएका छन् । केही समययता अमेरिकामा कोरोना संक्रमितको संख्या बढिरहेको छ । पछिल्लो २४ घण्टामा अमेरिकामा ३७ हजारभन्दा बढी कोरोना संक्रमित भएको पुष्टि भएको छ ।

पछिल्लो अपडेट अनुसार अघिल्लो दिनको तुलनामा ब्राजिलमा सबैभन्दा धेरै कोरोना संक्रमित देखिएका छन् । ब्राजिलमा २४ घण्टामा ४० हजारभन्दा बढीमा कोरोना संक्रमणको पुष्टि भएको हो । ब्राजिलमा १२ लाख ३३ हजार १ सय ४७ जनामा कोरोना संक्रमण फैलिएको छ ।

अमेरिका, ब्राजिल र रसियापछि भारतमा धेरै कोरोना संक्रमितको संख्या पुष्टि भएको छ । भारतमा पछिल्लो २४ घण्टामा १८ हजारभन्दा बढी संक्रमित थपिएका छन् । भारतमा कुल संक्रमितको संख्या ४ लाख ९१ हजार १ सय ७० पुगेको छ भने निको हुनेको संख्या २ लाख ७५ हजार ६ सय ७१ पुगेको छ ।

यो समाचार तयार पार्दासम्म पछिल्लो २४ घण्टामा भारतमा ४ सय १ जनाले कोरोना भाइरसका कारण ज्यान गुमाएका छन् । योसँगै भारतमा कोरोनाका कारण मृत्यु हुनेको संख्या १५ हजार ३ सय ८ पुगेको छ ।

युरोपेली मुलुकमध्ये रसियामा सबैभन्दा संक्रमित भेटिएका छन् । रसियामा ६ लाख १३ हजार ९ सय ९४ मा कोरोना पुष्टि भएको छ भने गएको २४ घण्टामा ७ हजार १ सय १३ जना नयाँ संक्रमित थपिएका छन् ।

यस्तै युरोपका देश बेलायत, स्पेन, इटली, जर्मनी र फ्रान्समा पनि कोरोना संक्रमितको संख्या उच्च देखिएको छ ।

युरोपका मुलुकमा २३ लाख ७२ हजार जनामा कोरोना संक्रमण देखिएको छ भने १ लाख ८९ हजारभन्दा बढीले ज्यान गुमाइसकेका छन् । पछिल्लो २४ घण्टामा युरोपेली मुलुकमा ४ सय १९ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।

उत्तर अमेरिकी मुलुकमा २९ लाखभन्दा बढी कोरोनाको संक्रमणमा छन् भने ४५ हजारभन्दा बढी नयाँ थपिएका छन् । उत्तर अमेरिकाका देशहरुमा कोरोनाका कारण ज्यान गुमाउनेको संख्या १ लाख ६२ हजार ३ सय १० पुगेको छ । निको हुने १३ लाख ८ हजार छन् ।

एसियाली मुलुकमा सबैभन्दा धेरै कोरोना संक्रमित भेटिएको देशमा भारत छ । भारतपछि इरान, टर्की, पाकिस्तान र साउदी अरबमा पनि कोरोना संक्रमितको संख्या उच्च छ । यस्तै बंगलादेशमा १ लाख २६ हजार जनामा कोरोना संक्रमण पुष्टि भएको छ । ३ हजार ९ सय जना नयाँ संक्रमित पुष्टि भएको छ ।

पहिलोपटक कोरोना भाइरस भेटिएको देश चीनमा पछिल्लो २४ घण्टामा १९ जना मात्र नयाँ संक्रमित थपिएका छन् । चीनमा कोरोना संक्रमितको संख्या ८३ हजार ४ सय ४९ पुगेको छ ।

दक्षिण अमेरिकी मुलुकहरुमा १९ लाख ८४ हजार ९ सय ८८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ भने ७७ हजार ८ सय ५० जनाको ज्यान गएको छ ।

दक्षिण अमेरिकी मुलुकमा पछिल्लो २४ घण्टामा ५८ हजारभन्दा बढी संक्रमित भएका छन् । तीमध्ये सबैभन्दा धेरै संक्रमित ब्राजिलका छन् ।

अफ्रिकाका ५७ मुलुकमा कोरोना भाइरसको संक्रमण देखिएको छ । अफ्रिकामामा ३ लाख ५० हजार ५ सय २२ जनामा कोरोना संक्रमण देखिएको छ भने ९ हजार १ सय ३ जनाले ज्यान गुमाएका छन् ।

अफ्रिकाली देशमध्ये दक्षिण अफ्रिकामा १ लाख १८ हजार ३ सय ७५ जना कोरोना संक्रमित देखिएका छन् । त्यसपछि इजिप्टमा ६१ हजार १ सय ३० जनामा कोरोनाबाट संक्रमित भएको पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको रिपोर्ट अनुसार नेपालमा हालसम्म ११ हजार १ सय ६२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । तीमध्ये २६ जनाले ज्यान गुमाइसकेका छन् भने २ हजार ६ सय ५० जना निको भएर घर फर्किसकेका छन् ।

प्रकाशित मिति : १२ असार २०७७, शुक्रबार  ७ : १२ बजे

तनहुँ कारागारबाट भागेका १०९ कैदीबन्दी पक्राउ

दमौली – तनहुँ कारागारबाट फरार भएकामध्ये १०९ जना कैदीबन्दी पक्राउ

दशैँ तिहार लक्षित सुपथ पसल सुरु (तस्बिरहरू)

काठमाडौं– सरकारले आजबाट चाडपर्व लक्षित दशैँ तिहार सहुलियत पसल सुरु

एमाले कार्यालय पुगेर शंकर पोखरेलले भने- सरकारलाई सघाउँछौँ, तोकिएकै समयमा निर्वाचन गराओस्

काठमाडौँ- नेकपा एमालेका महासचिव शंकर पोखरेल गत सोमबार र मंगलबार

आगजनीबाट जोगियो स्वास्थ्य सेवा विभाग

काठमाडौं–  ‘जेनजी पुस्ता’को प्रदर्शनमा देशभर कैयौँ कार्यालय आगजनीबाट ध्वस्त भए

कुलमानले भने ः तलब-भत्ता सहिदको कोषलाई दिन्छु 

काठमाडौं – नवनियुक्त ऊर्जामन्त्री कुलमान घिसिङले तलब, भत्ता र सुविधाबापत