गुल्मीमा थप १२ जना कोरोना संक्रमित « Khabarhub

गुल्मीमा थप १२ जना कोरोना संक्रमित


१२ असार २०७७, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

तम्घास – कोरोना भाइरस (कोभिड–१९) बाट गुल्मीमा थप १२ जना संक्रमित भएका छन् । योसँगै गुल्मीमा संक्रमितको संख्या २ सय ५७ पुगेको छ ।

जिल्ला स्वास्थ्य कार्यालय गुल्मीका सूचना अधिकारी पशुपति आचार्यका अनुसार प्रादेशिक प्रयोगशाला रुपन्देहीमा गरिएको परीक्षणमा गुल्मीको धुर्कोट गाउँपालिकाका ५ जना, इस्मा गाउँपालिकाका ४ जना र रुरु क्षेत्र गाउँपालिकाका ३ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

धुर्कोट गाउँपालिकाका ५ जनामा ४ पुरुष र १ महिला छन् । जिल्ला स्वास्थ्य कार्यालय गुल्मीका अनुसार धुर्कोट गाउँपालिकाका २९, ३६, ३५, २३ वर्षीय पुरुष र एक १९ वर्षीय महिलामा कोरोना संक्रमणको पुष्टि भएको हो ।

यस्तै इस्मा गाउँपालिकाका २० वर्षीय, ३४ वर्षीय, २६ वर्षीय पुरुष र २२ वर्षीया महिलामा कोरोना देखिएको हो ।

आचार्यका अनुसार रुरु क्षेत्र गाउँपालिकाका ५ वर्षीय बालकमा पनि कोरोना संक्रमण पुष्टि भएको छ । उक्त गाउँपालिकामा २८ र ३५ वर्षीय पुरुषमा पनि कोरोना संक्रमण भएको छ ।

गुल्मीमा कोरोना कारण ३ जनाको मृत्यु भइसकेको छ भने २० जना निको भएर घर फर्किएका छन् ।

प्रकाशित मिति : १२ असार २०७७, शुक्रबार  ८ : ५२ बजे

धादिङमा जुधाइयो एक सय हल गोरु

मलेखु – माघे सङ्क्रान्तीको दिन आज धादिङमा एक सय हल

रविको मुद्दा फिर्ताविरूद्ध सडकमा उत्रिए सहकारी पीडितहरू

काठमाडौं- सहकारी ठगी, संगठित अपराध र सम्पत्ति शुद्धीकरण कसुरका अभियुक्त

मगर समुदायले मनाए सांस्कृतिक कार्यक्रमसहित माघे सङ्क्रान्ति

काठमाडौं– मगर समुदायले आफ्नो प्रमुख सांस्कृतिक चाड माघे सङ्क्रान्ति आज

जसपा नेपालले माघ ५ गते ‘बलिदानी दिवस’ मनाउने

काठमाडौं- जनता समाजवादी पार्टी नेपालले माघ ५ गते सबै संसदीय