बजाजका मोटरसाइकल अनलाइनबाटै खरिद गर्न सकिने « Khabarhub

बजाजका मोटरसाइकल अनलाइनबाटै खरिद गर्न सकिने


१२ असार २०७७, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- बजाज मोटरसाइकलको आधिकारिक वितरक एचएच बजाजले घरमै बसेर मोटरसाइल किन्न सकिने प्लेटफर्म तयार पारेको छ ।

अब ग्राहकले बजाजका मोटरसाइक किन्न शोरुम धाउनु पर्ने छैन । लामो समयसम्म लकडाउनका कारण व्यापार व्यवसाय बन्द प्रायः रहेको छ । भोलीबाट लागुहुने गरि लकडाउन खुकुलो भएतापनि कम्पनीहरुले अनलाइन प्लेटर्फम तयार पारिरहेका छन् ।

यस्तोमा बजाजले पनि अनलाइन मार्फत मोटरसाइकल खरिद गर्न सकिने बनाएको हो । मोटरसाइकल कम्पनी मध्ये यस्तो सुविधा ल्याउने बजाज पहिलो कम्पनी हो ।

मोटरसाइकल किन्न चाहने मानिसलाई घरबाटै सबै किसिमको सेवा दिन सजिलो होस् भनेर हामीले यो वेभसाइट बनाएका हौ । यसले मोटरसाइकल किन्ने मानिसले घरमै बसेर आफ्नो छनोट अनुसारको मोटरसाइकल बुकिङ गर्न सक्ने छन्’, एचएच बजाजका निर्देशक अभिमन्यू गोल्छाले भने ।

ग्राहकले बुकअनलाइन डट बजाजअटो डट कम.एनपी वेवसाइट लगइन गरेर अनलाइन बुकिङ गर्न सक्ने छन् । यसरी बुकिङ गर्दा ग्राहकले २ हजार रुपैयाँ टोकन रकम तिनु पर्ने हुन्छ । ग्राहकले इसेवा, फोनपे, कनेक्ट आइपीएस मार्फत भुक्तानी गर्न सक्ने छन् । टोकन स्वरुप बुझाएको रकम मोटरसाइकलको मूल्यमा घटाइने कम्पनीले जनाएको छ ।

ग्राहकले अनलाइन मार्फत चाहिने सम्पुर्ण कागजपत्र अपलोड गर्न सक्नेछन् भने मोटरसाइकल डेलिभरि लिने समय सक्कली कागजपत्र बुझाउनु पर्ने छ । अहिले कम्पनीले १२ हजार नगद छुट, सून्य प्रतिशत व्याजदर र कम डाउन पेमेन्टमा मोटरसाइकल बिक्री वितरण गर्दै आएको छ ।

प्रकाशित मिति : १२ असार २०७७, शुक्रबार  ९ : २३ बजे

धादिङमा जुधाइयो एक सय हल गोरु

मलेखु – माघे सङ्क्रान्तीको दिन आज धादिङमा एक सय हल

रविको मुद्दा फिर्ताविरूद्ध सडकमा उत्रिए सहकारी पीडितहरू

काठमाडौं- सहकारी ठगी, संगठित अपराध र सम्पत्ति शुद्धीकरण कसुरका अभियुक्त

मगर समुदायले मनाए सांस्कृतिक कार्यक्रमसहित माघे सङ्क्रान्ति

काठमाडौं– मगर समुदायले आफ्नो प्रमुख सांस्कृतिक चाड माघे सङ्क्रान्ति आज

जसपा नेपालले माघ ५ गते ‘बलिदानी दिवस’ मनाउने

काठमाडौं- जनता समाजवादी पार्टी नेपालले माघ ५ गते सबै संसदीय