बजाजका मोटरसाइकल अनलाइनबाटै खरिद गर्न सकिने « Khabarhub

बजाजका मोटरसाइकल अनलाइनबाटै खरिद गर्न सकिने


१२ असार २०७७, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- बजाज मोटरसाइकलको आधिकारिक वितरक एचएच बजाजले घरमै बसेर मोटरसाइल किन्न सकिने प्लेटफर्म तयार पारेको छ ।

अब ग्राहकले बजाजका मोटरसाइक किन्न शोरुम धाउनु पर्ने छैन । लामो समयसम्म लकडाउनका कारण व्यापार व्यवसाय बन्द प्रायः रहेको छ । भोलीबाट लागुहुने गरि लकडाउन खुकुलो भएतापनि कम्पनीहरुले अनलाइन प्लेटर्फम तयार पारिरहेका छन् ।

यस्तोमा बजाजले पनि अनलाइन मार्फत मोटरसाइकल खरिद गर्न सकिने बनाएको हो । मोटरसाइकल कम्पनी मध्ये यस्तो सुविधा ल्याउने बजाज पहिलो कम्पनी हो ।

मोटरसाइकल किन्न चाहने मानिसलाई घरबाटै सबै किसिमको सेवा दिन सजिलो होस् भनेर हामीले यो वेभसाइट बनाएका हौ । यसले मोटरसाइकल किन्ने मानिसले घरमै बसेर आफ्नो छनोट अनुसारको मोटरसाइकल बुकिङ गर्न सक्ने छन्’, एचएच बजाजका निर्देशक अभिमन्यू गोल्छाले भने ।

ग्राहकले बुकअनलाइन डट बजाजअटो डट कम.एनपी वेवसाइट लगइन गरेर अनलाइन बुकिङ गर्न सक्ने छन् । यसरी बुकिङ गर्दा ग्राहकले २ हजार रुपैयाँ टोकन रकम तिनु पर्ने हुन्छ । ग्राहकले इसेवा, फोनपे, कनेक्ट आइपीएस मार्फत भुक्तानी गर्न सक्ने छन् । टोकन स्वरुप बुझाएको रकम मोटरसाइकलको मूल्यमा घटाइने कम्पनीले जनाएको छ ।

ग्राहकले अनलाइन मार्फत चाहिने सम्पुर्ण कागजपत्र अपलोड गर्न सक्नेछन् भने मोटरसाइकल डेलिभरि लिने समय सक्कली कागजपत्र बुझाउनु पर्ने छ । अहिले कम्पनीले १२ हजार नगद छुट, सून्य प्रतिशत व्याजदर र कम डाउन पेमेन्टमा मोटरसाइकल बिक्री वितरण गर्दै आएको छ ।

प्रकाशित मिति : १२ असार २०७७, शुक्रबार  ९ : २३ बजे

बाढी प्रभावित बालबालिकाको शिक्षाका लागि एक अर्बको छात्रवृत्ति

काठमाडाैं – भोटेकोशी बाढीबाट प्रभावित विद्यार्थीको शिक्षाका लागि सरकारले करिब

त्रिशूली नदीमा शव खोज्दै तनहुँ प्रहरी

तनहुँ – रसुवाको भोटेकोशी नदीमा आएको बाढीपछि त्रिशूली नदीमा बगेर

ज्वालामुखी विस्फोटपछि जकार्ता विमानस्थलमा अवरूद्ध सेवा थपियो

जकार्ता – इन्डोनेसियाको प्रमुख विमानस्थलमा ले सोमबार सञ्चालन हुने अपेक्षा

पृथ्वी राजमार्गको परेवाभीरमा यातायात सञ्चालन

काठमाडौँ । पृथ्वी राजमार्गअन्तर्गत धादिङको परेवाभीर खण्डमा सोमबार साँझदेखि यातायात

विपत्तिमा सबै एकताबद्ध भएर उभिनुपर्छ : ऊर्जामन्त्री श्रेष्ठ

काठमाडौं – ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराज भक्त श्रेष्ठले विपत्तिको