कोरोना भाइरसको महामारीले ठप्प सौराहाका होटल सञ्चालनको तयारी « Khabarhub

कोरोना भाइरसको महामारीले ठप्प सौराहाका होटल सञ्चालनको तयारी


११ श्रावण २०७७, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

चितवन – कोरोना भाइरसको महामारी र चैतदेखि लगाइएको लकडाउनले ठप्प भएका चितवनका होटलहरू सञ्चालनको तयारी भएको छ ।

यही साउन १५ गतेदेखि सरकारले होटल सञ्चालन गर्न दिने भएपछि सौराहाका व्यवसायी बन्द भएका होटललाई सञ्चालन गर्ने तयारीमा  जुटेका छन् ।

आन्तरिक पर्यटक भित्र्याउनका लागि युवा व्यवसायीको टोली शनिबार साइकलयात्रामा निस्किएका छन् । सौराहाबाट शुरु भएको साइकलयात्रा कसरा पुगेर फर्किएको छ । र्‍यालीमा १७ सहभागी थिए ।

सौराहामा क्षेत्रीय होटल सङ्घको तर्फबाट टिसर्ट प्रदान गर्दै सङ्घका अध्यक्ष दीपक भट्टराईले साइकलयात्रीलाई बिदाइ गरे ।

कोरोना भाइरसका कारण शिथिल बनेको पर्यटक क्षेत्रलाई उकास्न आन्तरिक पर्यटक प्रवद्र्धन गर्न आवश्यक रहेको उनले बताए । ‘अब हामी सौराहा खुला गर्दैछौँ भन्ने सन्देश दिन थालेका  छौँ, त्यसका लागि तयारी पनि गरिरहेका छौँ,’ उनले भने ।

बाघमारा मध्यवर्ती सामुदायिक वनका अध्यक्ष जीतबहादुर तामाङले पर्यटन प्रवर्द्धन, वातावरण संरक्षण र स्वास्थय चेतनासमेत जगाउने उद्देश्यले गरिएको साइकलयात्रा पर्यटन प्रबर्द्धनका लागि महत्वपूर्ण रहेको बताए ।

सौराहामा ११० होटल सञ्चालनमा छन् । चार महिनादेखि सबै ठप्प छन् ।

प्रकाशित मिति : ११ श्रावण २०७७, आइतबार  ७ : ३१ बजे

बलात्कारीलाई फाँसीको माग गर्दै प्रदर्शन (तस्बिरहरू)

काठमाडौं– बाराको जीतपुरसिमरा उपमहानगरपालिका–१ की ३ वर्षीया बालिका गरिमा चौधरीको

बसको ठक्करबाट मोटरसाइकलमा सवार दुई जनाको मृत्यु

चितवन – खैरहनीमा बस र मोटरसाइकल ठोक्किँदा मोटरसाइकलमा सवार दुई

विपक्षी खेलाडीको टाउकोमा झापड हानेपछि लियोनल मेसीलाई जरिवाना

काठमाडौं- विपक्षी खेलाडीलाई झापड हानेपछि मेजर लिग सकरमा इन्टर मियामीका

जनकपुरका पोखरी अतिक्रमण हटाउन डोजर, घरटहरा हटाउने अभियान सुरु

जनकपुरधाम- जनकपुरधामका पोखरी तथा गुठीको जग्गा अतिक्रमण गरी बनाइएका घर

गुल्मीमा पर्यटकीय गन्तव्यको नयाँ आकर्षण धुर्कोटको ‘ग्रेटवाल’

गुल्मी– गुल्मीको धुर्कोट गाउँपालिकाले ऐतिहासिक धुर्कोटकोट र बुढीकोटलाई जोड्ने गरी