दैनिक १८ हजारको कोरोना परीक्षण गर्ने क्षमता छ : स्वास्थ्य मन्त्रालय « Khabarhub

दैनिक १८ हजारको कोरोना परीक्षण गर्ने क्षमता छ : स्वास्थ्य मन्त्रालय


११ श्रावण २०७७, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले नेपालमा दैनिक १८ हजार जनाको कोरोना परीक्षण गर्न सक्ने क्षमता रहेको जनाएको छ ।

स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले नियमित लाइभ अपडेटमार्फत नेपालमा हाल दैनिक १८ हजार १६० जनाको पीसीआर विधिबाट कोरोना परीक्षण गर्ने क्षमता प्रयोगशालाहरुको रहेको बताएका  हुन् ।

हाल नेपालमा दैनिक कोरोना परीक्षणको अघिकतम रेकर्ड भने ६ हजार ३ सय ६० मात्र रहेको डा गौतमको भनाइ छ ।

डा गौतमका अनुसार पीसीआर मेसिनमा ११ वटा एक्ट्रयाक्सन मेसिन जडान भएपछि दैनिक ८ हजार ८ सय परीक्षण गर्ने क्षमता थप हुने र नयाँ सरकारी तथा निजी प्रयोगशालाहरुमा पनि ३ हजार व्यक्तिको दैनिक परीक्षण गर्ने क्षमता रहेको डा गौतमले बताए ।

डा गौतमका अनुसार स्वास्थ्य मन्त्रालयले छिट्टै दैनिक १८ हजार १६० जनाको पीसीआर परीक्षण गर्न सक्ने जानकारी पनि दिए ।

प्रकाशित मिति : ११ श्रावण २०७७, आइतबार  ५ : ०९ बजे

कहाँकहाँ स्थापना भए काठमाडौंका निर्वाचन कार्यालय ?

काठमाडौं– आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि

देउवाको क्षेत्र डडेलधुराबाट कांग्रेसको उम्मेदवार बने नैनसिंह महर

काठमाडौं – नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले चुनाव नलड्ने भएपछि

कास्कीमा निर्वाचन लक्षित सुरक्षा रणनीति तय

कास्की– आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनलाई स्वच्छ

उम्मेदवारी दर्ता अघि ओलीले भने- आजैबाट हराएका सपना जगाउन सुरु गरौँ

काठमाडौं – नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले उम्मेदवारी मनोनयनको

समानुपातिकतर्फ एक करोड दुई लाख बढी मतपत्र छपाइ

काठमाडौं– आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि