अधिक रक्तस्राव भएपछि सुत्केरीको हेलिकोप्टरमार्फत उद्धार « Khabarhub

अधिक रक्तस्राव भएपछि सुत्केरीको हेलिकोप्टरमार्फत उद्धार


११ श्रावण २०७७, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

खोटाङ- अधिक रक्तस्रावका कारण सिकिस्त बिरामी भएकी दिप्रुङ चुइचुम्मा गाउँपालिकाकी एक सुत्केरीलाई हेलिकोप्टरमार्फत उद्धार गरिएको छ ।

बर्थिङ सेन्टर (प्रसूति गृह)मा जुम्ल्याहा बच्चालाई जन्म दिएकी वडा नं ५ सप्तेश्वर छितापोखरीकी रेनुका वन (गिरी)लाई आइतबार हेलिकोप्टरमार्फत उद्धार गरेर काठमाडौँ पठाइएको हो ।

महिला, बाल बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयको ‘राष्ट्रपति महिला उत्थान’ कार्यक्रम अन्तर्गत नेपाली सेनाको हेलिकोप्टरबाट काठमाडौँ पठाइएको गाउँपालिका प्रमुख भूपेन्द्र राईले बताए ।

शनिबार जुम्ल्याहा बच्चा जन्माएकी रेनुकाको अधिक रक्तस्रावका कारण शारीरिक अवस्था नाजुक बनेपछि राष्ट्रपति महिला उत्थान कार्यक्रमअन्तर्गत हेलिकोप्टर झिकाएर उद्धार गरिएको हो ।

उद्धार गरिएकी रेनुकाको काठमाडौँको थापाथलीस्थित प्रसूति गृहमा उपचार शुरु भएको आफन्तले बताएका छन् । सकुशल जन्मिएका दुई बच्चाको स्वास्थ्य अवस्था भने सामान्य रहेको स्वास्थ्यकर्मीले बताएका छन् ।

दुर्गम क्षेत्रका गर्भवती तथा सुत्केरीको हवाई उद्धार गर्ने राष्ट्रपति महिला उत्थान कार्यक्रम शुरु भएपछि यसअघि बच्चा सकुशल जन्मिए पनि सालनाल अड्किँदा ज्यान जोखिममा परेपछि जन्तेढुङ्गा गाउँपालिका–६ दिप्लुङ केराबारीकी २१ वर्षीया तारा राईलाई गत असार ४ गते ‘राष्ट्रपति महिला उत्थान’ कार्यक्रमअन्तर्गत उद्धार गरिएको थियो ।

यस्तै, अधिक रक्तस्राव हुँदा बिरामी परेकी ऐँसेलुखर्क गाउँपालिका–३ ऐँसेलुखर्ककी सिर्जना तामाङलाई गत चैत १५ गते सेनाको हेलिकोप्टरबाट काठमाडौँ लगिएको थियो ।

दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१ दिक्तेल हाटडाँडाकी २६ वर्षीया एलिना कार्की (श्रेष्ठ), हलेसी तुवाचुङ नगरपालिका–३ च्यास्मिटारकी २३ वर्षीया रविता विश्वकर्मा र खोटेहाङ गाउँपालिका–३ सावाकटहरेकी विममाया विश्वकर्माको पनि उद्धार गरिएको थियो ।

प्रकाशित मिति : ११ श्रावण २०७७, आइतबार  ८ : १९ बजे

कांग्रेस सभापति थापा सर्लाही–४ बाट उम्मेदवार

काठमाडौं– नेपाली कांग्रेसका सभापति गगन थापा आगामी प्रतिनिधिसभा सदस्य निर्वाचनमा

उम्मेदवारी दर्ताका लागि झापा–५ पुगे बालेन

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन्द्र शाह

शिक्षामन्त्री पुनले दिए राजीनामा

काठमाडौं– शिक्षा तथा विज्ञान प्रविधिमन्त्री मन्त्री महावीर पुनले पनि राजीनामा

कांग्रेसबाट एमालेमा गएका अबुलको टिकट खोसियो, सुनसरी–४ मा जगदीश कुशियत

काठमाडौं– नेकपा एमालेले नेपाली कांग्रेसबाट एमालेमा प्रवेश गरेका डा. अबुल

एमालेले अन्ततः पाल्पा–२ मा ठाकुर गैरेलाई दियो टिकट

काठमाडौं– नेकपा एमालेले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य