अधिक रक्तस्राव भएपछि सुत्केरीको हेलिकोप्टरमार्फत उद्धार « Khabarhub

अधिक रक्तस्राव भएपछि सुत्केरीको हेलिकोप्टरमार्फत उद्धार


११ श्रावण २०७७, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

खोटाङ- अधिक रक्तस्रावका कारण सिकिस्त बिरामी भएकी दिप्रुङ चुइचुम्मा गाउँपालिकाकी एक सुत्केरीलाई हेलिकोप्टरमार्फत उद्धार गरिएको छ ।

बर्थिङ सेन्टर (प्रसूति गृह)मा जुम्ल्याहा बच्चालाई जन्म दिएकी वडा नं ५ सप्तेश्वर छितापोखरीकी रेनुका वन (गिरी)लाई आइतबार हेलिकोप्टरमार्फत उद्धार गरेर काठमाडौँ पठाइएको हो ।

महिला, बाल बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयको ‘राष्ट्रपति महिला उत्थान’ कार्यक्रम अन्तर्गत नेपाली सेनाको हेलिकोप्टरबाट काठमाडौँ पठाइएको गाउँपालिका प्रमुख भूपेन्द्र राईले बताए ।

शनिबार जुम्ल्याहा बच्चा जन्माएकी रेनुकाको अधिक रक्तस्रावका कारण शारीरिक अवस्था नाजुक बनेपछि राष्ट्रपति महिला उत्थान कार्यक्रमअन्तर्गत हेलिकोप्टर झिकाएर उद्धार गरिएको हो ।

उद्धार गरिएकी रेनुकाको काठमाडौँको थापाथलीस्थित प्रसूति गृहमा उपचार शुरु भएको आफन्तले बताएका छन् । सकुशल जन्मिएका दुई बच्चाको स्वास्थ्य अवस्था भने सामान्य रहेको स्वास्थ्यकर्मीले बताएका छन् ।

दुर्गम क्षेत्रका गर्भवती तथा सुत्केरीको हवाई उद्धार गर्ने राष्ट्रपति महिला उत्थान कार्यक्रम शुरु भएपछि यसअघि बच्चा सकुशल जन्मिए पनि सालनाल अड्किँदा ज्यान जोखिममा परेपछि जन्तेढुङ्गा गाउँपालिका–६ दिप्लुङ केराबारीकी २१ वर्षीया तारा राईलाई गत असार ४ गते ‘राष्ट्रपति महिला उत्थान’ कार्यक्रमअन्तर्गत उद्धार गरिएको थियो ।

यस्तै, अधिक रक्तस्राव हुँदा बिरामी परेकी ऐँसेलुखर्क गाउँपालिका–३ ऐँसेलुखर्ककी सिर्जना तामाङलाई गत चैत १५ गते सेनाको हेलिकोप्टरबाट काठमाडौँ लगिएको थियो ।

दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१ दिक्तेल हाटडाँडाकी २६ वर्षीया एलिना कार्की (श्रेष्ठ), हलेसी तुवाचुङ नगरपालिका–३ च्यास्मिटारकी २३ वर्षीया रविता विश्वकर्मा र खोटेहाङ गाउँपालिका–३ सावाकटहरेकी विममाया विश्वकर्माको पनि उद्धार गरिएको थियो ।

प्रकाशित मिति : ११ श्रावण २०७७, आइतबार  ८ : १९ बजे

सुनको मूल्य घट्यो, चाँदीको बढ्यो : कतिमा भइरहेको छ कारोबार ?

काठमाडौँ – स्थानीय बजारमा आज सुनको मूल्य केही घटेको छ

सुनसरी घटनालाई लिएर केशी प्रदेशका मुख्यमन्त्रीबाट सर्वदलीय बैठक आह्वान

विराटनगर– कोशी प्रदेश सरकारका मुख्यमन्त्री हिक्मत कुमार कार्कीले सर्वदलीय बैठक

पूर्वप्रधानमन्त्री भट्टराई ग्राण्डी अस्पतालमा भर्ना

काठमाडौँ – पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराई बिरामी परेपछि अस्पताल भर्ना

ठूलो परिमाणको लागूऔषधसहित काठमाडौँबाट तीनजना पक्राउ

काठमाडौँ– काठमाडौँ महानगरपालिका–१४ गाङखेलबाट सशस्त्र प्रहरीले ठूलो परिमाणको लागूऔषधसहित तीन

रवि लामिछानेले दिए गोपालमान श्रेष्ठलाई श्रद्धाञ्जली

काठमाडौँ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले