एथलेटिक्स खेलाडी लामागादेमाथि हातपात गर्नेलाई कडा कारबाही गर्न खेलकुद संघको माग « Khabarhub

एथलेटिक्स खेलाडी लामागादेमाथि हातपात गर्नेलाई कडा कारबाही गर्न खेलकुद संघको माग


१० भाद्र २०७७, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी संघले एथलेटिक्स खेलाडी चन्द्रकला लामागादेमाथि हातपात गर्नेलाई कारबाहीको माग गरेको छ ।

बुधबार विज्ञप्ति जारी गर्दै संघले जातीय विभेदसहित लामागादेमाथि  कुटपिट भएको भन्दै दोषिलाई हदैसम्मको कारबाही गर्न माग गरेको हो ।

‘चन्द्रकला लामगादेमाथि जातीय  विभेदसहित कुटपिट  गरी सख्त  घाइते  बनाउने दुर्गा श्रेष्ठ र उनकी पत्नीलाई हदै सम्मको कार्वाहीको लागि सम्बन्धित निकायसमक्ष जोडदार माग गर्दछौ,’  संघका अध्यक्ष दिपक श्रेष्ठले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘संबिधानले नै  जातीय दुर्ब्यवहारका घटनालाई  प्रतिबन्ध  गरेको र संबिधानले रोक  लगाएको यस्तो अमानवीय घटनाको नेपाल राष्ट्रिय तथा अन्तराष्ट्रिय खेलाडी संघ घोर भर्त्सना गर्दछ ।’

संघले सम्बन्धित संघ, राष्ट्रिय खेलकुद परिाषद् (राखेप) र युवा तथा खेलकुद मन्त्रालयलाई पनि खेलाडीको अवस्था बुझ्न र सहयोगका लागि अपिल गरेको छ ।

राष्ट्रिय कीर्तिमान कायम गरेकी खेलाडी लामगादे सातौं र आठौं राष्ट्रिय खेलकुदमा एथलेटिक्स सटफुटतर्फ र  ज्याब्लिन थ्रोकी स्वर्ण पदक बिजेता हुन् ।

सात महिनाकी गर्भवती उनीमाथि भएको कुटपिटको एथलेटिक्स संघले यसअघि नै विज्ञप्ति जारी गर्दै सम्बन्धित घटनामा संलग्न सबैलाई कारबाही गर्न माग गरिसकेको छ । एथलेटिक्स संघले उनलाई २१ हजार रूपैयाँ सहयोगसमेत गरेको छ ।

प्रकाशित मिति : १० भाद्र २०७७, बुधबार  ६ : ३७ बजे

विदेशिएका नागरिकलाई स्वदेशमा फर्किने वातावरण बनाउनुपर्छ : सभामुख

काठमाडौं– सभामुख डोल प्रसाद अर्यालले नेपाललाई समृद्ध राष्ट्र बनाएर बाहिर

जुम्ला पूर्णखोप सुनिश्चितता तथा दिगोपना घोषणा

जुम्ला– जुम्लालाई पूर्णखोप सुनिश्चितता तथा दिगोपना जिल्ला घोषणा गरिएको छ

भारतीय सुरक्षाकर्मीबाट दुःख पाएको भन्दै लालपुर्जा र नागरिकता माग्दै काठमाडौं आइपुगे सुस्तावासी

काठमाडौं– सीमाबारे प्रधानमन्त्रीको अभिव्यक्तिपछि मन्त्रीको अभिव्यक्ति आएलगत्तै भारतीय सुरक्षाकर्मीबाट आफूहरूले

पाँच सय जनाले पाए सुधारिएको चुलो

तुलसीपुर– तुलसीपुर उपमहानगरपालिकाले १९ वडामा २६ वटाका दरले ५०० वटा

रायोको सागमा भेटियो अत्यधिक मात्रामा विषादी 

काठमाडौं– कालिमाटीमा भक्तपुरबाट ल्याएको रायोको सागमा अत्यधिक विषादी देखिएको छ