२४ घण्टामा विश्वभर ४ लाखभन्दा बढीमा संक्रमण, २ लाखभन्दा धेरै निको « Khabarhub

२४ घण्टामा विश्वभर ४ लाखभन्दा बढीमा संक्रमण, २ लाखभन्दा धेरै निको


१० कार्तिक २०७७, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं –  विश्वभर सक्रिय संक्रमितको संख्या १ करोड २ लाख नाघेको छ ।

पछिल्लो २४ घण्टामा ४ लाख ४ हजार ७३९ जनामा संक्रमण भएको छ । योसँगै संक्रमित संख्या ४ करोड ३३ लाख २३ हजार ४५३ पुगेको छ । त्यसमध्ये ७७ हजार ७४८ जनाको अवस्था गम्भीर छ ।

यस्तै पछिल्लो २४ घण्टामा २ लाख ३५ हजार ७९७ जना निको भएर घर फर्किएका छन् । योसँगै संक्रमण मुक्त हुनेको संख्या ३ करोड १९ लाख नाघेको छ ।

यस्तै एकै दिन थप ४ हजार ४९८ जनाको मृत्यु भएको छ । योसँगै कोरोना संक्रमणले विश्वभर मृत्यु हुनेको संख्या ११ लाख ५९ हजार ९ पुगेको छ ।

सबैभन्दा धेरै संक्रमित भएको अमेरिकामा ८८ लाख ८९ हजारभन्दा बढीमा संक्रमण पुष्टि भएको छ ।

दोस्रो धेरै संक्रमण भएको मुलुक भारतमा संक्रमित संख्या ७९ लाख ९ हजार नाघेको छ । यस्तै ब्राजिलमा संक्रमित संख्या ५३ लाख ९४ हजार पुगेको छ । ब्राजिल विश्वमा तेस्रो धेरै संक्रमण भएको मुलुक हो ।

कोरोना भाइरसकै संक्रमणबाट युरोपियन मुलुकहरूमा २ लाख ५० हजार ४३३ जनाको मृत्यु भएको छ । ८३ लाख ९५ हजार ५३६ जना संक्रमित भएकोमा ३४ लाख ५६ हजार १२८ जना संक्रमणमुक्त भएका छन् ।

प्रकाशित मिति : १० कार्तिक २०७७, सोमबार  ५ : ५५ बजे

फार्मेसी दर्ता तथा नवीकरणमा स्थानीय तहको सिफारिस अनिवार्य

काठमाडौंं– औषधि व्यवस्था विभागले नयाँ फार्मेसी दर्ता तथा सञ्चालनमा रहेका

अवैध बोइलर कुखुरा आयात नियन्त्रणसँगै बाँकेका मासु पसल सञ्चालन

नेपालगञ्ज बाँकेको सीमा क्षेत्रबाट हुने बोइलर कुखुराको अवैध ओसारपसार नियन्त्रण

गोविन्द केसी र सरकारबीच आठ बुँदे सहमतिको मस्यौदा तयार, हस्ताक्षरपछि मात्रै अनसन तोड्ने 

धनगढी– अनशनरत प्राध्यापक डा.गोविन्द केसी र सरकारी टोलीबिच भएको वार्ताबाट

शिव पुराण महायज्ञमा कानुनमन्त्रीको सम्बोधन : राजनीति चुनावका बेला मात्रै गर्ने हो

चितवन– कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतमले निर्वाचनका समयमा

शिक्षा क्षेत्रमा संरचनागत सुधार अपरिहार्य : शिक्षामन्त्री पोखरेल

जनकपुरधाम– शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले समयको आवश्यकता अनुसार शिक्षा