कसैले पनि साहाराविहिन भएँ भन्नु पर्दैन, राज्य छ : प्रधानमन्त्री ओली « Khabarhub

कसैले पनि साहाराविहिन भएँ भन्नु पर्दैन, राज्य छ : प्रधानमन्त्री ओली


११ मंसिर २०७७, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालमा कसैले पनि साहाराविहिन भएँ भन्ने अवस्था सिर्जित नहुँने बताएका छन् ।

सामाजिक सुरक्षा दिवसका अवसरमा आज भिडियो सन्देश जारी गर्दै प्रधानमन्त्री ओलीले अनाथ वा सहाराविहीन भएँ भन्नु नपर्ने बताए ।

अनाथ वा सहाराविहीन हुनु दु:खको कुरा भएको उल्लेख गर्दै उनले सबै नागरिकको साथमा सरकार रहेको बताए ।

‘अनाथ भएँ भनेर, रेखदेख गर्ने कोही छैन भन्नुपर्ने अवस्था छैन। सहारा छैन भन्नुपर्दैन। सरकार छ। राज्य छ,’ ओलीले भिडियो सन्देशमा भने ।

प्रधानमन्त्री ओलीले योगदानमा आधारीत सामाजिक सुरक्षा अवधारणा सुरू गरिसकिएको पनि बताए।

समाजका कोही पनि सदस्य सुरक्षा नपाएर त्रसित भएर जीवनयापन गर्न नपरोस् भनेरै यस्ता कार्यक्रम लागू गरिएको प्रधानमन्त्रीको भनाइ छ।

सरकार सुशासन र विकास अभियानमा अगाडि बढिरहेको उनको भनाइ छ।

देश र जनताप्रति निष्ठा भएको सरकारले कसैलाई पनि एक्लो नछोड्ने र एक्लो महशुस गर्न नदिने उनले दोहोर्‍याए ।

प्रकाशित मिति : ११ मंसिर २०७७, बिहीबार  ८ : ५३ बजे

अटो रिक्साको ठक्करबाट बालकको मृत्यु

कैलाली– कैलालीको धनगढी उपमहानगरपालिका–२ मिलनचोकमा अटोरिक्साले मोटरसाइकललाई ठक्कर दिँदा एक

ग्लोबल साउथको आर्थिक पहुँचमा केन्द्रित ब्रिक्स सम्मेलन सम्पन्न, तनावबीच सहकार्यको खोजी

काठमाडौं– नयाँ दिल्लीमा ब्रिक्स शिखर सम्मेलन सम्पन्न भएको छ ।

जिप दुर्घटना अपडेड : मृतकको पहिचान खुल्यो

त्रिवेणी– रुकुम पश्चिमको सानीभेरी गाउँपालिका–६ कोटगाउँमा  जिप दुर्घटना हुँदा मृत्यु

स्रोत नखुलेको नगदसहित पक्राउ

काठमाडौं– काठमाडौँ महानगरपालिका–२६ ठमेलबाट स्रोत नखुलेको नगद १३ लाख ७५