संवैधानिक आयोगका रिक्त पदमा नियुक्ति गर्न सुनुवाइ समितिको निर्देशन « Khabarhub

संवैधानिक आयोगका रिक्त पदमा नियुक्ति गर्न सुनुवाइ समितिको निर्देशन


११ मंसिर २०७७, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– संघीय संसदको संसदीय सुनुवाइ समितिले समानुपातिक र समावेशी रूपमा संवैधानिक निकायमा हुने नियुक्ति नहुने गरेको भन्दै त्यसका लागि कानुनी व्यवस्था गर्नका लागि निर्देशन दिएको छ ।

समितिको बिहीबारको बैठकले समानुपातिक र समावेशी रूपमा संवैधानिक र राजनीतिक पदहरूमा हुने नियुक्ति गर्नका लागि विधेयक ल्याउन निर्देशन दिएको हो ।

समिति सभापति लक्ष्मणलाल कर्णले बिहीबारको समिति बैठकमा भने, ‘संवैधानिक र राजनीतिक नियुक्तिहरू समानुपातिक, समावेशी भएनन् भन्ने प्रश्न उठिरहेका छन् । समानुपातिक, समावेशी कसैको पक्षपातपूर्ण नहोस् भनेर कानुन नै बनोस् भनेर समानुपातिक समावेशी सम्बन्धित संविधानको प्रस्तावना र संविधानको मौलिक अधिकारको धारा ४२ मा गरिएको व्यवस्थाअनुसार विधेयक ल्याउनका लागि निर्देशन दिइएको छ ।’

त्यस्तै, समितिले संवैधानिक आयोगहरूमा रहेका रिक्त पद पूर्तिका लागि सरकारलाई निर्देशन दिएको छ ।

महिला, दलितलगायतका आयोगहरू स्थापना भएदेखि पदाधिकारी र सदस्य नियुक्ति नभएका तथा केही आयोगमा अध्यक्ष मात्रै नियुक्त गरे र बाँकी पद रिक्त रहेकाले ती पद पूर्तिका लागि अविलम्ब नियुक्ति गर्न समितले सरकारलाई भनेको हो ।

समिति बैठकमा प्रधानमन्त्रीका प्रतिनिधि परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले प्रधानमन्त्री नेतृत्वको संवैधानिक परिषद्मा प्रमुख प्रतिपक्षी दलका नेताको अनुपस्थितिका कारण कोरम नपुग्ने गरेको भनेपछि सभापति कर्णले कोरम पुर्‍याउने कुरा समितिमा नगर्न भनेको थियो ।

‘संविधानमा भएका निकायहरू, संवैधानिक आयोग जबसम्म पूर्ण हुँदैनन् तबसम्म संविधानको कार्यान्वयन पूरा हुँदैन,’ कर्णले समितिले दिएको निर्देशनबारे भने, ‘त्यसैले, अहिलेसम्म महत्त्वपूर्ण संवैधानिक आयोगहरू महिला, दलित, जनजजाती खाली रहेका छन् । निर्वाचन आयोग, मानवअधिकार आयोग, अख्तियारमा पदहरू खाली भएकाले अविलम्ब सरकारले पूर्णता दिइकन संविधान कार्यान्वयनलाई पूरा गर्न भनेर निर्देशन दिइएको छ ।’

प्रकाशित मिति : ११ मंसिर २०७७, बिहीबार  ३ : २६ बजे

अटो रिक्साको ठक्करबाट बालकको मृत्यु

कैलाली– कैलालीको धनगढी उपमहानगरपालिका–२ मिलनचोकमा अटोरिक्साले मोटरसाइकललाई ठक्कर दिँदा एक

ग्लोबल साउथको आर्थिक पहुँचमा केन्द्रित ब्रिक्स सम्मेलन सम्पन्न, तनावबीच सहकार्यको खोजी

काठमाडौं– नयाँ दिल्लीमा ब्रिक्स शिखर सम्मेलन सम्पन्न भएको छ ।

जिप दुर्घटना अपडेड : मृतकको पहिचान खुल्यो

त्रिवेणी– रुकुम पश्चिमको सानीभेरी गाउँपालिका–६ कोटगाउँमा  जिप दुर्घटना हुँदा मृत्यु

स्रोत नखुलेको नगदसहित पक्राउ

काठमाडौं– काठमाडौँ महानगरपालिका–२६ ठमेलबाट स्रोत नखुलेको नगद १३ लाख ७५