डिजिटल शहरतर्फ बुटवल : अर्थमन्त्रीद्वारा विद्युतीय भुक्तानी प्रणालीको शुभारम्भ | Khabarhub Khabarhub

डिजिटल शहरतर्फ बुटवल : अर्थमन्त्रीद्वारा विद्युतीय भुक्तानी प्रणालीको शुभारम्भ


११ मंसिर २०७७, बिहीबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- अर्थमन्त्री विष्णुप्रसाद पौडेलले बुटवल उपमहानगरपालिकाले शुरु गरेको विद्युतीय भुक्तानी प्रणालीको उद्‍घाटन गर्दै डिजिटल सिटीको अभियानमा यो महत्वपूर्ण कदम हुने बताएका छन् ।

कर तिर्न लाइन बस्नै पर्ने परम्परागत शैलीलाई प्रविधिले प्रतिस्थापन गर्दा करदाता अझै प्रोत्साहित हुने उनले बताए । बुटवल उपमहानगरपालिकाले डिजिटल सिटीको बाटोमा महत्वपूर्ण कदम चालेको उनले बताए ।

राजश्व तिर्नका लागि लाइन लाग्नुपर्ने पद्धतिको अन्त्य गर्न उपमहानगरपालिकाले अनलाइनबाटै राजश्व तिर्न मिल्ने व्यवस्थाको शुरुवात गरेको हो ।

उपमहानगरपालिका र यसअन्तर्गत १९ वटै वडामार्फत अनलाइन प्रणालीबाट राजश्व सङ्कलन शुरु गरिएको हो । यो सेवासँगै अब जुनसुकै स्थानबाट पनि अनलाइनमार्फत राजश्व बुझाउन सकिनेछ ।

करदाताले नगरपालिकाले सङ्कलन गर्दै आएको एकीकृत सम्पत्ति कर, घर बहाल कर, अन्य व्यवसाय कर, सरसफाइ सेवा शुल्क, अचल सम्पत्ति मूल्याङ्कन शुल्क, नक्सा पास दस्तुर, ठेक्कापट्टा नवीकरणलगायत राजश्वलाई जुनसुकै ठाउँबाट पनि अनलाइनबाटै तिर्न सक्ने व्यवस्था मिलाएको छ ।

त्यसक्रममा उनले डिजिटल प्रविधिको कारोवारलाई थप व्यवस्थित र विश्वसनीय बनाउँदै समुदायमा वित्तीय साक्षरताको पनि विकास गर्नुपर्ने मन्त्री पौडेलले बताए ।

बुटवल आर्थिक केन्द्रसमेत रहेकाले आर्थिक गतिविधिलाई डिजिटल बनाउँदै सेवाग्राहीलाई सहज सेवा प्रवाह उपलव्ध गराउन उपमहानगरलाई आग्रह गरे ।

बुटवल उपमहानगरपालिका प्रमुख शिवराज सुवेदीले सेवा प्रवाहलाई अझ सहज, छरितो र विश्वसनीय बनाउँदै उपमहानगरलाई सेवा केन्द्रका रुपमा विकास गरिएको बताए । बुटवलमा काठमाडौँ उपत्यकापछि पहिलोपटक इलेक्ट्रोनिक बिल्डिङ परमिट सिस्टम (इबिपिएस) को शुभारम्भ भएको थियो ।

त्यससँगै यहाँका करिब ४० हजार घरलाई डिजिटल हाउस नम्बरिङमा जोडिएको छ भने जिपिएस र जिआइएस प्रविधिमा आधारित डिजिटल सिस्टम जडान गरिएको छ । अहिले शुरु गरिएको ई–पेमेन्ट सिस्टमसँगै बुटवलले डिजिटल प्रविधिमा अर्को फड्को मारेको छ । जनप्रतिनिधि आएपछि वृद्धि हुँदै गएको राजश्व सङ्कलन अनलाइन प्रणालीको प्रयोगसँगै अझै बढ्ने उपमहानगरपालिको विश्वास छ ।

उपनगरपालिकाको काम समय अनुकूल र सूचना प्रविधिसँग जोड्दै नगरवासीको सहजताका लागि अनलाइन प्रणालीमार्फत राजश्व सङ्कलन शुरु गरिएको उपमहानगरपालिकाका प्रमुख सुवेदीले बताए । उपमहानगरपालिकाले नगरको भौगोलिक सूचना प्रणालीलाई अद्यावधिक गर्दै जिआइएसका आधारमा घर नम्बरिङ पनि गरिसकेको छ । ‘मेट्रिक्स एड्रेसिङ सिस्टम’बाट नम्बरिङ गरिएको घरमा नम्बर प्लेट टाँस्ने काम गरेको थियो ।

प्रकाशित मिति : ११ मंसिर २०७७, बिहीबार  ८ : १९ बजे

भारतमा बन्धक बनाइएका ३५ नेपालीको उद्धार

काठमाडौं – भारतको उत्तराखण्ड राज्यस्थित काशीपुरमा बन्धक बनाइएका ३५ जना

मुख्यमन्त्री शाहद्वारा लम्कीचुहा प्रादेशिक अस्पतालको अनुगमन

कैलाली – सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले आज यहाँस्थित लम्कीचुहा

दूधपोखरीकुण्डमा जलसतह घट्दै गएकामा स्थानीयको चिन्ता

गण्डकी – लमजुुङको मस्र्याङ्दी गाउँपालिकास्थित धार्मिक महत्त्वको पर्यटकीय तीर्थस्थल दूधपोखरीकुण्डमा

आजका समाचार : संसद्‍मा रास्वपाको विरोध जारी, मनाइयो योग दिवस र तत्काल इरानले आणविक वार्ता नगर्ने

रास्वपा सांसद सदनबाट बाहिरिएपछि प्रकाशशरणले भने- लगातार उभिन गाह्रै हुन्छ

इजरायली आक्रमणबाट इरानको इस्फाहान आणविक केन्द्रमा ठूलो क्षति, तेल अभिभमा खस्यो इरानी मिसाइल

तेहरान/तेल अभिभ– इजरायलले इरानको इस्फाहान प्रान्तमा अवस्थित एक मुख्य आणविक