झुठो शब्द आफैमा मात्र खराब हुँदैन, त्यसले तपाईको आत्मालाई पनि खराब बनाउँछ – सुकरात « Khabarhub

झुठो शब्द आफैमा मात्र खराब हुँदैन, त्यसले तपाईको आत्मालाई पनि खराब बनाउँछ – सुकरात


११ पुस २०७७, शनिबार  

पढ्न लाग्ने समय : 2 मिनेट


15
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – महान दार्शनिक सुकरातको जन्म ग्रीसको प्राचीन मिथकीय नगर एथेन्समा भएको थियो । उनका शिष्य प्लेटो र जेनोपोनले आफ्ना गुरु शुकरातका आदर्श, दर्शन र विाचारधारालाई विश्वभर फैलाएका थिए ।

उनका महान विचारलाई पाश्चात्य दर्शन र तर्कशास्त्रको जग मान्ने गरिन्छ । शुकरातका विचारका कारण नै जनजागरण फैलिएको थियो भने उनका विचारको लोकप्रियताको कारण राजतन्त्रको जगसमेत हल्लिएको थियो ।

उनै महान सुकरातका केही जीवनउपयोगी भनाइहरु यहाँ उल्लेख गरिएको छ ।

– मलाई एउटा मात्र कुरा थाहा छ । र, त्यो के भने मलाई केही पनि थाहा छैन ।

– प्रायः तपाईको गहन ईच्छाले नै विकराल घृणाको जन्म हुन्छ ।

– जहाँ सम्मान हुन्छ त्यहाँ डर पनि हुन्छ तर हरेक डरमा सम्मान हुँदैन, किनभने डर सम्मान भन्दा धेरै व्यापक छ ।

– आफ्नो अमूल्य समयलाई अरुले लेखेको र भोगेको कुराबाट आफैलाई सुधार्न लगाउ, किनभने तिमीले त्यो कुरा सहजै थाहा पाउँदछौ, जुन कुरा उनीहरुले कठिन मिहेनत र भोगाईबाट पत्ता लगाएका थिए ।

– झुठो शब्द आफैमा मात्र खराब हुँदैन, त्यसले तपाईको आत्मालाई पनि खराब बनाउँछ ।

– हाम्रो प्रार्थना वरदानको लागि होइन, आशीर्वादका लागि हुनुपर्दछ, किनभने भगवानलाई हाम्रो लागि सही के हो भन्ने कुरा सबै थाहा छ ।

– सौन्दर्य आपत्कालीन अत्याचार हो ।

– जस्तोसुकै अवस्थामा विवाह गर्नुपर्दछ, यदि असल श्रीमती प्राप्त भयो भने तपाईको जिन्दगीमा खुसीयाली छाउनेछ र खराब श्रीमती परे तपाई दार्शनिक बन्नुहुनेछ ।

– मृत्यु सम्भवतः मानवीय वरदानमा सबैभन्दा महान छ ।

– बाँच्नु मात्रले अर्थ राख्दैन, तर सच्चाईका साथ बाँच्नुले अर्थ राख्दछ ।

– म जीवित व्यक्तिहरुमा सबैभन्दा वुद्धिमान हुँ किनभने मलाई यो थाहा छ कि मलाई केही पनि आउँदैन ।

– मूल्यहीन व्यक्तिहरु केवल खान र पिउँनका लागि बाँच्छन् भने मूल्यवान व्यक्तिहरु बाँच्नको लागि खाने पिउँने गर्दछन् ।

– त्यो व्यक्ति सबैभन्दा धनवान छ, जो सानो कुरामा पनि सन्तुष्ट हुन सक्दछ, किनभने सन्तुष्टि नै प्रकृतिको सम्पत्ति हो ।

– जीन्दगीलाई होइन, एउटा राम्रो जीन्दगीलाई महत्व देउ ।

– विवाह वा व्रह्मचर्य, मानिस चाहे जुन बाटो चुनोस् अन्तिममा पछुतो नै हुन्छ ।

– मित्रता बरु ढिला गर्नुहोस् तर गरेपछि कहिल्यै नटुट्ने गरी गर्नुहोस् ।

प्रकाशित मिति : ११ पुस २०७७, शनिबार  ५ : ३० बजे

मेचीनगरबाट भन्सार छलीका कपडा बरामद

भद्रपुर– भारतबाट भन्सार छली गरी अवैध रूपमा नेपालतर्फ ल्याउँदै गरिएको

‘नेपाली जनसम्पर्क समिति भारत’को अध्यक्षमा दीपक झा विजयी

काठमाडौं- नेपाली कांग्रेसनिकट ‘नेपाली जनसम्पर्क समिति भारत’को नयाँ अध्यक्षमा दीपक

भद्रपुरमा निःशुल्क प्लास्टिक सर्जरी शिविर सञ्चालन हुने

भद्रपुर– भद्रपुर नगरपालिकामा जन्मेदेखि ओठ तथा तालु फाटेका बिरामीका लागि

पाँचथर पहिरोपीडितको उद्धारमा जुट्न कांग्रेस नेता आङ्देम्बेको आग्रह

काठमाडौं– प्रमुख प्रतिविपक्षी दल नेपाली कांग्रेस संसदीय दलका नेता भीष्मराज आङ्देम्बेले

प्रचण्डसँगको सहकार्यले टार्ला त ओलीको ‘खड्गो’ ?

काठमाडौं- नेकपासँग प्रदेश सरकारमा सहकार्य गर्ने सहमतिका बावजुद नेकपा एमालेभित्र