प्रधानमन्त्रीविरुद्ध षड्यन्त्र हुँदा यो अवस्था आएको हो : मन्त्री रायमाझी « Khabarhub

प्रधानमन्त्रीविरुद्ध षड्यन्त्र हुँदा यो अवस्था आएको हो : मन्त्री रायमाझी


११ पुस २०७७, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नवनियुक्त ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री टोपबहादुर रायमाझीले प्रधानमन्त्रीविरुद्ध षड्यन्त्र भएकै कारण देशमा राजनीतिक अस्थिरता निम्तिएको बताएका छन् ।

ललितपुरको टौखेलमा शनिबार आयोजित एक कार्यक्रममा बोल्दै उनले आन्दोलनबाटभन्दा सहमतिमा सरकारको काममा सहयोग गर्न विपक्षीहरुलाई आग्रह गरे ।

आन्दोलनबाट भन्दा सहमतिबाट अघि बढ्दा मुलुकको हित हुने उनको भनाइ थियो ।

कार्यक्रममा नेकपाको ओली पक्षका केन्द्रीय सदस्यहरु सुशीला नेपाल, हरिकृष्ण व्यञ्जनकार, मोहन बस्नेत, मधुसुदन पौडेल, सुरेन्द्र मोहन शर्मा बजगाईं, नवराज सिलवाललगायतले प्रधानमन्त्री ओलीको बचाउ गर्दै संसद विघटनमा जानु उनको बाध्यता भएको बताएका थिए ।

कार्यक्रममा अब आउने बैशाख १७ गते र २७ गते हुने निर्वाचनमा सक्रिय सहभागी हुन कार्यकर्ताहरुलाई निर्देशन समेत दिइएको थियो ।

प्रकाशित मिति : ११ पुस २०७७, शनिबार  ५ : ४१ बजे

सरकारलाई गायिका एलिनाको प्रश्न : ज्यान जानुको जिम्मेवार को ?

काठमाडौं – तराई मधेशमा फैलिएको तनावमा चार जनाले ज्यान गुमाएपछि

एसएसपीदेखि एआईजीसम्मका १५ उच्च प्रहरी अधिकृतलाई तराई-मधेशमा पठाइयो 

काठमाडौं– तराई–मधेशमा पछिल्ला दिनमा विकसित सुरक्षा अवस्थाको मूल्यांकन गर्दै नेपाल

प्रधानमन्त्रीलाई मधेशवादी दलका नेताले सोधे : चार दिनसम्म के हेरेर बस्नुभयो ? 

काठमाडौं– मधेशवादी दलहरूसँग छलफल गरेका प्रधानमन्त्री वालेन्द्र शाह प्रश्नले घेरिएका

कर्फ्युपछि मधेशका केही जिल्लामा अवस्था शान्त

काठमाडौं– सुनसरीको देवानगञ्ज गाउँपालिका–३ कप्तानगञ्जमा भएको घटनाको विरोधमा प्रदर्शनपछि स्थानीय

मध्यपूर्वमा द्वन्द्व फैलिएपछि १६ जना भारतीय नागरिकको मृत्यु

एएनआई– मध्य पूर्वमा द्वन्द्व सुरु भए देखि यस क्षेत्रमा जारी