विदेशी चलखेलले विभाजनलाई मलजल गर्‍यो : नेता गजुरेल « Khabarhub

विदेशी चलखेलले विभाजनलाई मलजल गर्‍यो : नेता गजुरेल


११ पुस २०७७, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेकपाका नेता हरिबोल गजुरेलले दल विभाजनको दुर्भाग्यपूर्ण अवस्थामा पुगे पनि जनआन्दोलनको उपलब्धि नै समाप्त पार्ने गरी गतिविधि नगर्न नेतृत्वलाई आग्रह गरेका छन् ।

उनले एकअर्काको योगदान र अस्तित्वलाई नै समाप्त पार्ने ढङ्गबाट शीर्ष तहबाटै भइरहेको गालीगलोज र टीकाटिप्प्णी रोक्न दुवै समूहलाई सुझाव दिएका छन् ।

नेता गजुरेलले भने, “स्थायी समितिको निर्णय विपरीत तथा अरु सम्भावनाको खोजीविनै संसदीय दलमा समेत छलफल नगरी संसद् भङ्ग गर्ने प्रधानमन्त्रीको कदम त्रुटीपूर्ण छ ।”

उनले पार्टी विभाजनले उपलब्धी संस्थागत गर्न चुनौती खडा हुने भएकाले तटस्थ रही एकताका लागि आफूले भगीरथ प्रयास गरे पनि अन्तरराष्ट्रिय चलखेल र स्वयम् नेताकै महत्वाकांक्षाले एकता जोगाउन बाधा पुगेको धारणा राखे ।

पार्टीको आन्तरिक जीवनमा देखिएका समस्या र थेग्नै नसक्ने गरी भएको विदेशी चलखेलले नेकपाको विभाजनलाई मलजल गरेको बताउँदै नेता गजुरेलले भने, “पछिल्लो समय थेग्नै नसक्ने गरी विदेशी चलखेलका घटनाक्रमले पार्टी विभाजनलाई थप सहयोग गर्यो‍ ।”

पार्टीलाई सिद्धान्त र विचारका आधारमा बलियो तुल्याउन गुटबन्दी होइन, विचार समूहको मात्रै अभ्यास गर्नु उचित हुने तर्क गर्दै उनले एकता कायम राख्न बालुुवाटार जाँदा प्रचण्डको तथा खुमलटार जाँदा प्रधानमन्त्रीका पक्षमा आफूले इमान्दारीपूर्वक वकालत गर्दै आएको बताए ।

 

प्रकाशित मिति : ११ पुस २०७७, शनिबार  ६ : २६ बजे

इरानसँग सम्झौताले समस्यामा ट्रम्प, आफ्नै पार्टी र मन्त्रीहरू साथ दिन तयार भएनन्

वाशिङ्टन- इरानसँग गरेको प्रारम्भिक शान्ति समझौतालाई लिएर अमेरिकी राष्ट्रपति डोनाल्ड

उद्यमशीलता एवम् पर्यटनसँग जोडिँदै मकवानपुरको दारको ठेकी

बागमती– मकवानपुरको पहिचानका रुपमा रहेको दारको ठेकी यहाँका स्थानीयको उद्यमशीलता

गुरुकुलमा यौन अपराध : ‘अपवित्र’भएँ भन्दै नाबालिग रोएपछि बाहिरियो घटना

काठमाडौं- बूढानीलकण्ठ नगरपालिका–५ स्थित अन्तर्राष्ट्रिय कृष्णभावनामृत संघ (इस्कोन) मा हुने

सरकारी कार्यालय परिसरबाट कर्मचारी संघ-संगठनका कार्यालय हटाउन सात दिने अल्टिमेटम

काठमाडौं- जिल्ला प्रशासन कार्यालय काठमाडौंले सरकारी तथा सार्वजनिक निकायभित्र सञ्चालनमा

युद्ध अन्त्य नै प्रमुख सर्त : इरान

एजेन्सी– इरानका विदेशमन्त्री अब्बास अराघचीले अमेरिकासँगको सम्भावित शान्ति सम्झौतामा लेबनानसहित