चर्चित बास्केटबल खेलाडी ब्रायन्टसहित ९ जनाको हेलिकोप्टर दुर्घटनामा मृत्यु « Khabarhub

चर्चित बास्केटबल खेलाडी ब्रायन्टसहित ९ जनाको हेलिकोप्टर दुर्घटनामा मृत्यु


१३ माघ २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

अमेरिका – चर्चित अमेरिकी बास्केटबल खेलाडी कोबी ब्रायन्टसहित ९ जनाको हेलिकोप्टर दुर्घटनामा परि मृत्यु भएको छ ।

४२ वर्षीय कोबी १३ वर्षीया छोरी जियानासँगै अन्य ७ जना साथिभाईसँग निजी हेलिकोप्टरबाट क्यालिफोर्नियाको कालबासासमा यात्रारत रहँदा दुर्घटना भएको हो ।

राष्ट्रिय बास्केटबल एसोसिएसनले आयोजना गर्ने प्रतियोगितामा धेरै जसो समय उत्कृष्ट रहेका उनी ५ पटकसम्म एनबीए च्याम्पियन्ससमेत बनेका थिए ।

यसैकारण उनलाई बास्केटबल इतिहासकै महान खेलाडीको रुपमा समेच चित्रित गरिएको थियो ।

कोबीको निधनपछि अमेरिकी खेल क्षेत्र स्तब्ध भएको छ । एनबीएले विज्ञप्ति जारी गर्दै कोबीको असामयीक निधनले स्तब्ध भएको उल्लेख गरेको छ ।

प्रकाशित मिति : १३ माघ २०७६, सोमबार  ७ : ४७ बजे

कांग्रेस केन्द्रीय कार्यसमिति बैठक बस्दै

काठमाडौं– नेपाली कांग्रेसको विशेष महाधिवेशनबाट नवनिर्वाचित केन्द्रीय कार्यसमितिको बैठक आज

६ महिनामा बागमती सरकारको पुँजीगत खर्च ८ दशमलव ९९ प्रतिशत मात्र

बागमती– बागमती प्रदेश सरकारले चालु आर्थिक वर्ष (आव) २०८२–०८३ को

उम्मेदवारको सिफारिसबाट आफ्नो नाम हटाइदिन कांग्रेस नेता खड्काको आग्रह

काठमाडौं– नेपाली कांग्रेसका नेता डा. नारायण खड्काले प्रतिनिधिसभा सदस्यमा उम्मेदवारको

रास्वपा केन्द्रीय समिति बैठक आइतबारलाई आह्वान

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले केन्द्रीय समितिको बैठक आह्वान

निर्वाचन प्रहरीका लागि मागअनुसार निवेदन नपरेपछि समय थपियो

तनहुँ– आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि