‘कोरोना भाइरस’का कारण चीनमा ८१ जनाको मृत्यु भएको पुष्टि « Khabarhub

‘कोरोना भाइरस’का कारण चीनमा ८१ जनाको मृत्यु भएको पुष्टि


१३ माघ २०७६, सोमबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

चीन– चीनमा कोरोना भाइरसबाट संक्रमित ८१ जनाको मृत्यु भएको पुष्टि भएको छ । ३ हजार भन्दा बढीमा उक्त भाइरसको सङ्क्रमण भएको चिनियाँ अधिकारीहरुले जनाएका छन् ।

चीनको सरकारी सञ्चारमाध्यमका अनुसार हुबे प्रान्तमा ३०० सय जनाभन्दा धेरै मानिस सो भाइरसका कारण गम्भीर न्युमोनियाको शिकार भएका छन्।

अधिकारीहरूले उक्त प्रान्तमा ७६ जनाको मृत्यु भएको बताएका छन्। यसअघि त्यहाँ ५६ जनाको मृत्यु भएको थियो। मृत्यु हुने अन्य पाँच व्यक्ति अरू ठाउँका हुन्।

कोरोना भाइरसको संक्रमण रोक्न स्वास्थ्यसेवाका पाँच लाख कर्मचारीलाई परिचालित छन्। थप मास्क तथा सुरक्षित पोसाक बनाउन कारखानाहरूमा तीव्र गतिमा काम भइरहेको छ।

सरकारले ‘कोरोना भाइरस’को सङ्क्रमण नियन्त्रण गर्न नयाँ वर्षको बिदा लम्ब्याउने घोषणा गरेको छ। जनावरी ३० सम्म रहेको चिनियाँ नयाँ वर्षको बिदा अब फेब्रुअरीको दोस्रो सातासम्म लम्ब्याइएको छ।

लक्षण देखिनुअघि नै मानिसले यो सङ्क्रमण अरू मानिसमा सार्न सक्ने भएकाले यसलाई नियन्त्रण गर्न थप कठिन हुने बताइएको छ सङ्क्रमित व्यक्तिमध्ये २ देखि ३ प्रतिशतको मात्र ज्यान गएको बताइएको छ।

‘कोरोना भाइरस’को सङ्क्रमणबारे कुराकानी गर्न विश्व स्वास्थ्य सङ्गठनका महानिर्देशक टेड्रोस एड्हानोम गहब्रहयसस बेइजिङ जाँदैछन्।

चीनका राष्ट्रपति सी जिन्पिङले घातक ‘कोरोना भाइरस’ तीव्र गतिमा फैलिरहेको चेतावनी दिएका छन्।

चिनियाँ नयाँ वर्षका दिन बिदाको बेलामा आयोजित एउटा उच्चस्तरीय बैठकपछि उनले वरिष्ठ चिनियाँ अधिकारीहरूलाई देश “गम्भीर परिस्थिति” मा रहेको बताएका थिए।

‘कोरोना भाइरस’ के हो?

‘कोरोना भाइरस’ रुघाखोकी लगाउने भाइरसहरूको परिवारको एउटा सदस्य हो। तर अहिले फैलिएको यो भाइरस पहिला देखिएको थिएन। त्यसैले यो नयाँ भाइरसलाई 2019-nCov नामकरण गरिएको छ।

यो नयाँ भाइरसले पनि श्वासप्रश्वास प्रणालीमा गम्भीर खालको सङ्क्रमण गराउँछ।

ज्वरो आउनु, त्यसपछि सुक्खा खोकी लाग्नु र केही हप्तापछि सास फेर्न गाह्रो हुनु यो रोगका लक्षण हुन्। सङ्क्रमण भएका केही बिरामीलाई अस्पताल लगेर उपचार गर्नुपर्ने स्थिति उत्पन्न हुन्छ। यो रोगको छुट्टै औषधि वा खोप छैन।

‘कोरोना भाइरस’को सङ्क्रमण भएका एकचौथाइ मानिसलाई मात्रै गम्भीर समस्या हुने बताइन्छ। मृत्यु हुनेमा अधिकांश वृद्धावस्थाका वा स्वास्थ्यसम्बन्धी अन्य समस्या भएका व्यक्ति छन्।

कहाँकहाँ फैलिएको छ ?

‘कोरोना भाइरस’ चीनबाट अन्यत्र पनि फैलिसकेको छ। तर प्रभावित व्यक्तिको सङ्ख्या कम छ। अहिलेसम्म चीनबाहिर कम्तीमा ४४ जनामा ‘कोरोना भाइरस’को सङ्क्रमण पुष्टि भएको विश्व स्वास्थ्य सङ्गठन तथा सम्बन्धित देशले बताएका छन्।

‘कोरोना भाइरस’बाट सङ्क्रमित व्यक्ति एशिया, अस्ट्रेलिया, युरोप तथा अमेरिकामा पनि भेटिएका छन्।

थाईल्यान्ड: ८

अमेरिका, अस्ट्रेलिया: ५/५

सिङ्गापुर, ताइवान, मलेशिया, दक्षिण कोरिया: ४/४

फ्रान्स, जापान: ३/३

भियतनाम: २

नेपाल, क्यानडा: १/१

कोरोना भाइरसबाट संक्रमित  सबैजसो व्यक्ति वुहानबाट फर्किएको जनाइएको छ ।

प्रकाशित मिति : १३ माघ २०७६, सोमबार  ५ : ५४ बजे

केन्द्र र प्रदेशबीच समन्वय खोज्दै प्रधानमन्त्री : आज मुख्यमन्त्रीसँग छलफल गर्दै बालेन

काठमाडौँ– प्रधानमन्त्री वालेन्द्र शाहले पदभार सम्हालेपछि पहिलोपटक सातै प्रदेशका मुख्यमन्त्रीसँग

खुला मञ्च अब सधैँ खुला

काठमाडौँ – केही समय यता बन्द रहेको खुला मञ्च योगा,

पहिले चलेर असफल भएको थियो रात्रिकालीन बस सेवा

काठमाडौँ–  उपत्यकाका ४ नगरपालिकाको  संयुक्त प्रयासमा बुधबारदेखि रात्रिकालीन बस सेवा

दाइजो लेनदेन हुने विवाहमा सहभागी नहुने उपसभामुखको घोषणा

काठमाडौँ– उपसभामुख रुवि कुमारी ठाकुरले दाइजो लेनदेन हुने विवाहका कार्यक्रममा

दशैँसम्मका लागि २० फिल्म लाइनमा: एउटै मितिमा प्रियंका र नीताको भिडन्त

काठमाडौँ – नयाँ वर्षको प्राइम डेटमा हलमा तीन–चार वटा फिल्मले