राष्ट्रपति आउँदा चार पालिकाले दिए सार्वजनिक बिदा « Khabarhub

राष्ट्रपति आउँदा चार पालिकाले दिए सार्वजनिक बिदा


१५ फाल्गुन २०७६, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

बैतडी- सुदूरपश्चिम प्रदेशको भ्रमणमा रहेकी राष्ट्रपति विद्यादेवी भण्डारी बैतडी र दार्चुला आउने भएपछि त्यहाँका चार पालिकाले आज सार्वजनिक बिदा दिएका छन् ।

बैतडीका पाटन नगरपालिका र दशरथ नगरपालिका तथा दार्जुलाका शैल्यशिखर नगरपालिका र मालिकार्जुन गाउँपालिकाले विहीबारका लागि सबै कार्यालय र शैक्षिक संस्था बन्द गरेका छन् ।

आफ्ना गाँउ र नगरपालिका लागि सूचना जारी गर्दै राष्ट्रपतिको स्वागतमा भेला हुन आग्रह गरिएको छ । विद्यार्थीलाई अनिवार्य सहभागी हुन समेत गाउँपालिकाले निर्देशन दिएको छ ।

राष्ट्रपति भण्डारी हिजोबाट तीन दिने सुदूरपश्चिम प्रदेशको भ्रमणमा रहेकी छिन् । हिजो कैलालीको धनगढीमा राष्ट्रपति भण्डारीले विश्व नेपाली साहित्य महोत्सवको उद्घाटन गरेकी थिइन भने खाना महोत्सवको समेत उद्घाटन गरेकी थिइन ।

आज दार्चुलास्थित मालिकार्जुनको दर्शन, मालिकार्जुन माविको निरीक्षण, बैतडीको त्रिपुरा सुन्दरी भगवतीको दर्शन, बैतडीको पाटनमा रहेको प्राविधिक शिक्षालयको भवन उद्घाटन गर्ने कार्यक्रम रहेको छ ।

यस्तै १६ गते डडेल्धुरास्थित उग्रतारा मन्दिरको दर्शन र कञ्चनपुरमा आयोजित शुक्लाफाँटा महोत्सवमा सहभागी हुने कार्यक्रम रहेको राष्ट्रपति कार्यालयले जनाएको छ ।

प्रकाशित मिति : १५ फाल्गुन २०७६, बिहीबार  ७ : ५९ बजे

सात हजार कुखुराको ‘पोष्टमार्टम’ : १० रोग पहिचान

चितवन– चितवनमा रहेको राष्ट्रिय पन्छी रोग अन्वेषण प्रयोगशालाले एक वर्षमा

धुर्मुस-सुन्तलीजस्तै नयाँ नेतृत्व पनि पलायन हुनुपर्ने अवस्था आउन सक्छ: शङ्कर पोखरेल

काठमाडौँ – नेकपा एमालेका महासचिव शङ्कर पोखरेलले स्पष्ट योजना र

नेपालमा १६८ प्रजातिका लामखुट्टे, कीटजन्य रोगको जोखिम बढ्दो

काठमाडौँ– विश्व लामखुट्टे दिवस नेपालमा ‘सानो टोकाइ, ठूलो चुनौती’ भन्ने

बुवाको निधनपछि मेसीको पहिलो गोल, इन्टर मियमी र फिलाडेल्फियाले खेले बराबरी

काठमाडौँ – स्टार फुटबलर लियोनेल मेसीले आफ्ना पिताको निधनपछिको पहिलो

कुकुर राख्ने ‘होस्टेल’ (तस्बिर)

बागलुङ– घरपालुवा कुकुरलाई छोड्नु, अनियन्त्रित प्रजननलगायत कारणले बजारका गल्ली–गल्लीमा बेवारिसे,