मदिरा सेवन गरी दार्चुलामा विद्यार्थीमाथि कुटपिट « Khabarhub

मदिरा सेवन गरी दार्चुलामा विद्यार्थीमाथि कुटपिट


१५ फाल्गुन २०७६, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


3
Shares
  • change font
  • change font
  • change font

दार्चुला– दार्चुलाको लटीनाथ गाउँपालिकामा विद्यार्थीमाथि कुटपिट भएको छ । राष्ट्रपति रनिङ शिल्डको अन्तिम दिन बुधबार साँझ प्रतियोगिता जितेका लटीनाथ माध्यमिक विद्यालयका विद्यार्थीमाथि आक्रमण भएको हो ।

स्थानीयका अनुसार गाउँपालिकाको वडा नम्बर २ का केही व्यक्तिले मादकपदार्थ सेवन गरी विद्यार्थीमाथि आक्रमण गरेका हुन् । आक्रमणबाट लटीनाथ माध्यमिक विद्यालयका विद्यार्थी पावेल महरा, प्रकाश बिष्ट र दिनेश महरा घाइते भएका छन्। अन्य केही विद्यार्थीलाई सामान्य चोट लागेको छ ।

विद्यार्थीमाथि आक्रमण गर्ने खगेन्द्र ठगुन्ना, विनोद धामी, राजेन्द्र धामी तथा दिलीपसिंह धामीसहितलाई इलाका प्रहरी कार्यालय लटीनाथले पक्राउ गरेको छ ।

‘शिल्ड जितेर लटीनाथको दाजुभाई होटलमा खाजा खाइरहेका विद्यार्थीमाथि कुटपिट भएको रहेछ, कुटपिट गर्नेलाई नियन्त्रणमा लिइसकेका छौं, उनीहरुलाई कसुर अनुसारको कारबाही हुन्छ,’ इलाका प्रहरी कार्यालय लटीनाथका इन्चार्ज कमल विष्टले भने ।

कुटपिटमा संलग्नचार जनालाई नियन्त्रणमा लिइसकेको र अन्यको खोजीभइरहेको उनले बताए । ‘कुटपिटमा संलग्न भएकाहरुले जाँड रक्सी सेवन गरेको देखिएको छ,’ विष्टले भने ।

प्रकाशित मिति : १५ फाल्गुन २०७६, बिहीबार  १२ : ४६ बजे

भारतीय सागसब्जीमा कडाइ, बाँकेका किसानका उत्पादनले पायो बजार

राँझा– बजार मूल्य राम्रो पाउन थालेपछि बाँकेका किसान व्यावसायिक सागसब्जी खेतीतर्फ

वर्षको अन्त्यतिर उत्तर कोरियाली नेता किमसँग भेटवार्ता गर्छु : ट्रम्प

वासिङ्टन– अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले यस वर्षको अन्त्यतिर उत्तर कोरियाली

शेरबहादुर देउवाको मूल्याङ्कन कसरी गर्ने ?

नेपालको राजनीति केवल सत्ता, पद र चुनावको अङ्कगणित मात्र होइन।

रास्वपा विधान संशोधन कार्यदलको बैठक बस्दै

काठमाडौँ– राीष्ट्रय स्वतन्त्र पार्टी (रास्वपा)ले गठन गरेको पार्टी संसदीय दलको

गगनजीहरू संवाद गर्नै चाहनुहुन्न : प्रकाश शरण महत

काठमाडौं– नेपाली कांग्रेस संस्थापन इतर समूहका नेता डा. प्रकाश शरण