‘प्रेम गीत’ सिरिजले नै धान्ने हो प्रदीपको करिअर ? « Khabarhub

‘प्रेम गीत’ सिरिजले नै धान्ने हो प्रदीपको करिअर ?


१५ फाल्गुन २०७६, बिहीबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

अभिनेता प्रदीप खड्का यतिबेला फिल्म ‘प्रेम गीत ३’ को प्रचारमा व्यस्त छन् । ‘प्रेम गीत’ बाट चर्चामा आएका प्रदीपले त्यसपछि ‘प्रेम गीत २’ बाट पनि चर्चा कमाए ।

यो सिरिजबाहेक अरुबाट भने प्रदीपले खासै चर्चा कमाउन सकेनन् । प्रदीप र जसिताको अभिनय रहेको फिल्म ‘लिलिबिली’ ले त ठीकै कमाइ गर्‍यो तर उनका अरु फिल्मले खासै कमाइ गर्न सकेनन् ।

पछिल्ला फिल्म ‘रोज’ र ‘लभ स्टेशन’ ले पनि प्रदीपलाई राहत दिन सकेनन् । यसरी हेर्दा प्रदीपको साख ‘प्रेम गीत’ सिरिजले मात्र धानेको छ ।

यही बुझेर हुनुपर्छ, प्रदीपले अरु फिल्म छोडेर पनि ‘प्रेम गीत ३’ मा काम गरिरहेका छन् । यतिबेला उनी फिल्मको प्रचारमा व्यस्त छन् ।

प्रदीपको सामाजिक सञ्जाल नियाल्ने हो भने उनले यही फिल्मको प्रचार मात्र गरिरहेका छन् । कहिलेकाहीँ त लाग्छ, उनले प्रचार पनि फ्यानलाई मोनोटोनस हुने गरी गरिरहेका छन् ।

मुस्ताङ र काठमाडौंमा छायांकन गरिएको फिल्म ‘प्रेम गीत ३’ को चर्चा पनि उत्तिकै छ । फिल्म युनिटले अहिले जतिसक्यो धेरै प्रचार गर्ने जमर्को गरेको छ । फिल्मको छायांकनका लागि सेट नै तयार पारिएको थियो ।

मुस्ताङको माइनस डिग्री चिसोमा छायांकन गरिएको यो फिल्मको रिलिजअघि चर्चा छ । फिल्मले अहिलेसम्म दुई गीत सार्वजनिक गरेको छ । तीमध्ये ‘हात्ती ढुंगामा’ बोलको गीत बढी चर्चामा छ ।

प्रदीपका लागि यो फिल्म किन पनि महत्त्वपूर्ण छ भने ‘प्रेम गीत ३’ ले दर्शकको साथ पाएन भने उनको करिअरलाई नै धक्का लाग्ने सम्भावना हुन्छ । किनकि, यसबाहेक अरु फिल्मले उनका फ्यानको मन जित्न सकेका छैनन् ।

अर्कातिर अर्को भय के छ भने दर्शकलाई सबै कन्टेन्ट प्रदीपले सामाजिक सञ्जालबाटै दिए भने फिल्ममा के हेर्न दर्शकले टिकट काट्ने ? धेरै कुरा त आइसकेको छ, अब बाँकी कुरा मिडियामा दिने अन्तर्वार्तामा पनि बाहिर आउने होला भनेर दर्शकले व्यङ्ग्य गर्न थालेका छन् ।

प्रकाशित मिति : १५ फाल्गुन २०७६, बिहीबार  १ : ३८ बजे

बाढीमा बेपत्ता नागरिकका परिवारलाई कानुनी अधिकारबाट वञ्चित नगर्न सांसदको माग

काठमाडौं-, १ असोजः सांसदहरूले भोटेकोशी तथा रसुवा बाढीमा बेपत्ता नागरिकको

भारतमाथि १०० प्रतिशतसम्म ट्यारिफ लगाउने ट्रम्पको योजनामा संसद्ले दियो साथ

वासिङ्टन डीसी- अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भारतलगायत रुसबाट ठूलो परिमाणमा

ट्रम्प सरकारले हुथी विद्रोहीसँग गोप्य सम्झौता गर्‍यो, साउदीका जहाजमाथिको आक्रमण भने नरोक्ने

वासिङ्टन डीसी– अमेरिकाले यमनका हुथी विद्रोहीसँग गोप्य सम्झौता गरेको रिपोर्ट

देउवालाई गगनको आग्रह : छुट्टै महाधिवेशन गर्नुपर्ने आवश्यकता छैन, हामीसँगै आउनुहोस्

काठमाडौं– नेपाली कांग्रेसका सभापति गगन थापाले पूर्वसभापति शेरबहादुर देउवालाई आगामी

प्रधान सेनापति सिग्देलले बेइजिङमा भेटे चिनियाँ रक्षामन्त्री डोङ जुनलाई

काठमाडौं- प्रधान सेनापति अशोकराज सिग्देलले चीन भ्रमणका क्रममा चिनियाँ रक्षामन्त्री