राष्ट्रिय सभाबारे बोल्ने बेला भइसकेको छैनः मन्त्री खतिवडा « Khabarhub

राष्ट्रिय सभाबारे बोल्ने बेला भइसकेको छैनः मन्त्री खतिवडा


१५ फाल्गुन २०७६, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– सरकारका प्रवक्तासमेत रहेका अर्थमन्त्री डा युवराज खतिवडाले सरकारले पुस्तकको व्यापारमा कर लगाउने तर ज्ञानमा कर लगाउने बताएका छन् ।

मन्त्रिपरिषद्ले गरेका निर्णयहरु सार्वजनिक गर्दै विहीवार मन्त्री खतिवडाले पुस्तकको विक्रीमा धेरै मुलकले कर लगाउँने बताए । उनले विश्वका विभिन्न मुलुकमा पुस्तकमा १८ प्रतिशतसम्म कर लगाइने गरिएको उदाहरणसमेत दिए ।

अर्बौं लगानी गरेर नेपालमा प्रेस खुलेका र स्वदेशी उद्योगको संरक्षण गर्नु सरकारको दायित्व भएको उनको भनाइ छ ।

करै नतिरी ल्याउने पुस्तकसँग स्वदेशी पुस्तक उद्योगले प्रतिस्पर्धा गर्नुपर्ने भएको बताउँदै मन्त्री खतिवडाले पुस्तकमा कर लगाउनु परेको बताए । ‘पुस्तकको व्यापार पनि ज्ञानको व्यापारको हो’ उनले भने,‘३५ प्रतिशत नाफा राख्दा १० प्रतिशत कर तिर्नुस् भन्दा ज्ञानलाई पक्डियो भन्ने । यो विषयमा बहस गर्न तयार छौं । हामी व्यापारमा कर लगाउने हो ज्ञानमा कर लगाउने होइन ।’

राष्ट्रिय सभामा फेरि जाने विषयमा बारे सोधिएको प्रश्नमा मन्त्री खतिवडाले यसबारे अहिले नै बहस गर्ने बेला नभएको बताए ।

‘अलि बेला भइसकेको छैन । २१ गते सपथ ग्रहरणको दिन भेट होला नि !’ उनले भने ।

पूर्व सञ्चारमन्त्री गोकुल बाँस्कोटाको अडियो प्रकरणमा अनुसन्धान गर्नुपर्ने निकायले अनुसन्धान गरिरहेको उनले बताए ।

‘अडियो प्रकरणमा पूर्व मन्त्री र अरुको धारणा आएका छन् । अनुसन्धान गर्नुपर्ने निकायल लागि रहनुभएको छ’ उनले भने,‘संवैधानिक र कानूनी विधीबाट हुन दिउँ । कानूनी अधिकार प्राप्त निकायले हेरोस् भन्ने म चाहन्छु ।’

प्रकाशित मिति : १५ फाल्गुन २०७६, बिहीबार  ३ : ४५ बजे

मध्यरातमा सुनसरी तनावग्रस्त: प्रहरीको गोली लागेर एक जनाको मृत्यु, २२ जना घाइते

सुनसरी – सुनसरीको देवानगञ्ज गाउँपालिकास्थित कप्तानगन्ज बजारमा साउने सोमबारको ‘बोलबम’

साउनको दोस्रो सोमबारः पशुपतिनाथमा पूजा, आराधना गर्नेको घुइँचो

काठमाडौँ– यस वर्षको साउनको दोस्रो सोमबार आज पशुपतिनाथ मूल मन्दिरभित्र

आज २०८३ साल साउन ११ गते सोमबारको राशिफल

काठमाडौँ – २०८३ साल साउन ११ गते सोमबार सन् २०२६

बाँके निकुञ्ज आउने पर्यटकको सङ्ख्या वृद्धि

नेपालगन्ज – बाँके राष्ट्रिय निकुञ्जमा आउने पर्यटकको सङ्ख्या डेढगुणाले वृद्धि

डढेलोबाट ‘अतुलनीय’ प्राकृतिक क्षति : फिलीप

म्याड्रिड, १० साउन (रासस/एएफपी) – स्पेनका राजा फिलीप छैठौँले आइतबार