नयाँ योजनाका साथ अघि बढ्न खानेपानी संस्थानलाई मन्त्री मगरको निर्देशन « Khabarhub

नयाँ योजनाका साथ अघि बढ्न खानेपानी संस्थानलाई मन्त्री मगरको निर्देशन


१५ फाल्गुन २०७६, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– खानेपानी मन्त्री बिना मगरले खानेपानी संस्थानलाई व्यावसायिक ढंगले सुदृढ बनाई नयाँ योजनाहरुका साथ अघि बढ्न व्यवस्थापन पक्षलाई निर्देशन दिएकी छिन् ।

नेपाल खानेपानी संस्थानको ३१ औं वार्षिकोत्सव समारोहलाई बिहीबार सम्बोधन गर्दै मन्त्री मगरले संस्थानको गरिमालाई अझ उचाईमा पुर्‍याउन नयाँ कार्ययोजना सहित अघि बढ्न निर्देशन दिएकी हुन् ।

कार्यक्रमलाई सम्बोधन गर्दै उनले भनिन्, “संस्थानको आवश्यकता अहिले हरेक जिल्ला र स्थानीय तहमा परिरहेको छ । एउटै गति र एकरुपतामा काम अघि बढाउनुस् । यो संस्थाको उचाई अझ बढाउनुस् ।”

‘बजारमा प्रतिस्पर्धा गर्न सक्ने गरी आफ्नो आयस्रोत र क्षमता बढाउनुस् ।,’ निर्देशन दिंदै उनले भनिन्, ‘कुनै समय अब्बल रहेको संस्थानलाई अब नोक्सान नहुने गरी काम अघि बढाउस् । सरकार यो संस्थालाई सहयोग गर्न पूर्ण प्रतिबद्ध छ ।’ संस्थानले नयाँ कार्यक्रमहरु ल्याई आफ्नो भूमिकालाई बजारमा प्रभाव पार्ने गरी काम गर्न उनले निर्देशन दिइन् ।

कार्यक्रममा खानेपानी मन्त्रालयका सचिव माधव बेल्बासेले खानेपानी संस्थानको महत्व कहिल्यै नघटेको बरु यसको आवश्यकता बढेको बताए । ‘संस्थानका चुनौतिहरु धेरै छन्, यी चुनौतिहरुसँग सामना गर्दै अघि बढ्नुपर्ने बेला आएको छ ’ सचिव बेल्बासेले भने ‘संस्थानले साना तिना आयोजनामा मात्रै ध्यान केन्द्रित नगरी थोक वितरण प्रणाली (बल्क सिस्टम) मा आधारित ठूल ठूला खानेपानी आयोजनाहरुको अध्ययन गरी अघि बढ्नुपर्ने समय आएको छ । त्यसका लागि निजी वा विदेशी लगानी ल्याउने गरी काम गर्नुपर्ने हुनसक्छ ।’

उनले नेपालको मिनरल, स्प्रीङ र ग्लेसियर वाटरलाई अन्तर्राष्ट्रिय बजारमा बिक्री गर्ने गरी अध्ययन गर्न समेत संस्थानलाई आग्रह गरे ।

स्थानका महाप्रबन्धक डा. भूपेन्द्र प्रसादले खानेपानीको समस्या भएका मुख्य सहरहरु बुटवल, नेपालगञ्ज, पोखरा र विराटनगरमा खानेपानी आपूर्ति गर्ने गरी कामहरु अघि बढेको जानकारी दिए ।

प्रकाशित मिति : १५ फाल्गुन २०७६, बिहीबार  ४ : ४५ बजे

अमेरिकी डलर १५४ रुपैयाँ नाघ्यो, युरो र पाउन्डको विनिमय दर पनि घटबढ

काठमाडौँ – नेपाल राष्ट्र बैंकले सोमबारका लागि विदेशी मुद्राको विनिमय

मध्यरातमा सुनसरी तनावग्रस्त: प्रहरीको गोली लागेर एक जनाको मृत्यु, २२ जना घाइते

सुनसरी – सुनसरीको देवानगञ्ज गाउँपालिकास्थित कप्तानगन्ज बजारमा साउने सोमबारको ‘बोलबम’

साउनको दोस्रो सोमबारः पशुपतिनाथमा पूजा, आराधना गर्नेको घुइँचो

काठमाडौँ– यस वर्षको साउनको दोस्रो सोमबार आज पशुपतिनाथ मूल मन्दिरभित्र

आज २०८३ साल साउन ११ गते सोमबारको राशिफल

काठमाडौँ – २०८३ साल साउन ११ गते सोमबार सन् २०२६

बाँके निकुञ्ज आउने पर्यटकको सङ्ख्या वृद्धि

नेपालगन्ज – बाँके राष्ट्रिय निकुञ्जमा आउने पर्यटकको सङ्ख्या डेढगुणाले वृद्धि