जन्मदिनमा केक खाएको पत्रकारले देखिसहेनन् : प्रधानमन्त्री ओली « Khabarhub

जन्मदिनमा केक खाएको पत्रकारले देखिसहेनन् : प्रधानमन्त्री ओली


१५ फाल्गुन २०७६, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेकपा अध्यक्षसमेत रहेका प्रधानमन्त्री केपी शर्मा ओलीले आफू जन्मदिन मनाउन पाँचथर पुग्दा जनता खुसी भएको देखेर पत्रकार दुःखी भएको टिप्पणी गरेका छन् ।

पाँचथरको यासुक र रानीगाउँ पुगेर खानेपानी आयोजनाको शिलन्यास गर्दा जनता निकै खुसी भएको उल्लेख गर्दै प्रधानमन्त्री ओलीले जनता खुशी भएको देखेर पत्रकार रोएको टिप्पणी गरे ।

नेकपाको बागमती प्रदेशस्तरीय अगुवा कार्यकर्ताको प्रशिक्षण कार्यक्रममा बिहीवार प्रधानमन्त्री ओलीले आफ्नो जन्मदिनको अवसर पारेर केक काटिएको प्रसंग पनि उल्लेख गरे ।

तेह्रथुम पुगेको समयमा जन्मदिन परेको र केक काटिएको उल्लेख गर्दै ओलीले केक खाएको पत्रकारले देखिनसहेको आरोप लगाए ।

‘‘मेरो जन्मदिन पनि परेकाले केक काटियो,’प्रधानमन्त्री ओलीले भने, ‘त्यो केक खाएको पत्रकारले देखिसहेनन् ।’

पत्रकारले त्यो कार्यक्रममा ‘स्थानीय जनताले कति रकमको भात खाए ?’ भन्ने समेत हिसाब गरेको भन्दै उनले आक्रोस पोखे ।

जन्मदिनमा कसैले केक, कसैले माछामासु, कसैले अन्डा, कसैले रक्सी ल्याएको ओलीले बताए । ‘म नेवारको ज्वाइँ हो, ऐलामात्र ल्याउ भन्न मिलेन,’ प्रधानमन्त्री ओलीले भने,‘कसले के–के ल्याए। मैले ती सबैको मूल्य कति पर्छ भनेर सोध्न मिलेन। सबै कुरा छोइदिएँ।’

नाकाबन्दी भएको बेला चुप लागेर बस्नेहरु अहिले केक काट्दा उफ्रिएको भन्दै ओलीले आक्रोश पोखे । ‘हिजो नाकाबन्दी हुँदा नाकाबन्दीसमेत भन्न नसक्नेहरु अहिले केक राष्ट्रवादी भएका छन् । यसरी कांग्रेसले राजनीति गर्छु भन्ने ठानेको छ भने बेकारको कुरा हो’ ओलीले भने ।

प्रधानमन्त्री ओलीको जन्म दिनमा नेपालको नक्सा अंकित केक काटिएको भन्दै चर्को आलोचना भएको थियो ।

प्रकाशित मिति : १५ फाल्गुन २०७६, बिहीबार  ५ : ५० बजे

रातो मच्छिन्द्रनाथको रथ लगनखेल पुर्याइयो

ललितपुर – ललितपुरमा जारी रातो मच्छिन्द्रनाथ जात्राअन्तर्गत आइतबार रथ तानेर

उपत्यकाका चार स्थानमा भत्काइयो अतिक्रमित १२ सय बढी घरटहरा

काठमाडौं – काठमाडौं उपत्यकाका चार स्थानमा सरकारी तथा सार्वजनिक जग्गा

आईपीएल : रिंकू सिंहले जोगाए कोलकाताको ईज्जत, लखनउले पायो १५६ रनको लक्ष्य

कोलकाता – इन्डियन प्रिमियर लिग (आईपीएल) २०२६ अन्तर्गत ३८औँ खेलमा

चट्याङले घर जल्यो, ६ जनाको परिवार विस्थापित

गुल्मी – गुल्मीको धुर्कोट गाउँपालिकामा आज चट्याङका कारण एक घर

बक्स अफिसमा ‘भूत बंगला’को दबदबा, ९ दिनमै कमायो १०० करोड

काठमाडौं – अभिनेता अक्षय कुमार अभिनित फिल्म ‘भूत बंगला’ले बक्स