यी हुन् मन्त्रिपरिषद् बैठकका २२ निर्णय | Khabarhub Khabarhub

यी हुन् मन्त्रिपरिषद् बैठकका २२ निर्णय


१५ फाल्गुन २०७६, बिहीबार  

पढ्न लाग्ने समय : 4 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- सरकारले मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक गरेको छ। बिहीबार नियमित पत्रकार सम्मेलनमार्फत् सरकार प्रवक्ता युवराज खतिवडाले गत फागुन ५ र १२ गते बसेको मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक गरेका हुन्।

मन्त्रिपरिषद्को बैठकका २२ निर्णय यस्ता छन्-

१. सम्पत्ति शुद्धीकरण तथा आतङ्ककारी क्रियाकलापमा वित्तीय लगानी निवारण विषयको एसिया प्रशान्त क्षेत्र समूह (एपिजी) बाट हुने नेपालको पारस्परिक मूल्याङ्कनको तयारीसम्बन्धी अवधारणापत्र स्वीकृत गर्ने।

२. हेजिङ सम्बन्धी नियमावली (पहिलो संशोधन), २०७६ मा स्वीकृति प्रदान गर्ने।

३. वीरगंज चिनी कारखानाको स्वामित्वमा रहेको जिल्ला पर्सा,वीरगंज महानगरपालिका वडा नम्बर १४ स्थित कि.नं. ११३१ को १०-६-४ विगाह जग्गामध्ये ६ विगाह जग्गा विक्री गर्न स्वीकृति दिने।

४. नेपाल कृषि अनुसन्धान परिषद्को सदस्यमा देहायका व्यक्तिहरूलाई दुई वर्षको लागि मनोनयन गर्ने।
१. डा. स्वयम प्रकाश श्रेष्ठ,
२. डा. युगनाथ घिमिरे,
३. डा. विनायक प्रसाद राजभण्डारी,
४. गोविन्द केसी, घोराही उपमहानगरपालिका-१५ दाङ
५. कृष्ण प्रसाद पौडेल, सैंवु-२ ललितपुर,
६. चुन्नप्रसाद शर्मा, बुटवल, रुपन्देही,
७. यमुना घले, भरतपुर-१९ चितवन।

५. २०७६/११/०६ गतेसम्ममा तोकिएको कैदमा कम्तीमा ५० प्रतिशत तथा ७५ वर्ष भन्दा माथिका ज्येष्ठ कैदीको हकमा कैद भुक्तान गरी असल चालचलन भएका र नकारात्मक सूचीको मुद्दा बाहेकका कैद छोट्याउन योग्य देखिएका जम्मा ३२९ जना कैदीहरूको बाँकी कैद कट्टा/माफी मिनाहा गर्न नेपालको संविधानको धारा २७६ बमोजिम सम्माननीय राष्ट्रपतिज्यू समक्ष सिफारिस गर्ने।

६.सेती नदी पोखरा मनपा ३ र ११ जोड्ने पुल निर्माण गर्दा आवश्यक पर्ने ३७७.५० वर्ग मिटर क्षेत्रफल जग्गा प्राप्तिको लागि जग्गा प्राप्ति ऐन, २०३४ को दफा ३ बमोजिम स्वीकृति प्रदान गर्ने।

७.२०७६ फागुन २६ देखि चैत ७ सम्म संयुक्त राज्य अमेरिकाको न्यूयोर्कमा आयोजना हुने महिलाको स्थितिसम्बन्धी संयुक्त राष्ट्र संघीय आयोग (सिएसडब्लू)को ६४ औं सम्मेलनमा भाग लिन महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री माननीय पार्वत गुरुङको नेतृत्वको प्रतिनिधि मण्डललाई सहभागिताका लागि स्वीकृति दिने।

८. नेपाली सेनाका पाइलट महासेनानी अर्जुन खत्री क्षेत्रीको राजीनामा स्वीकृत गर्ने।

९. बहुप्राविधिक महाविद्यालय निर्माण र सञ्चालनार्थ सिन्धुपाल्चोक जिल्लाको चौतारा-साँगागढी चोक गढी नगरपालिका-५ स्थित आहालडाँडा सामुदायिक वन क्षेत्रसहित राष्ट्रिय वन क्षेत्रको कूल ०.८९७० हेक्टर राष्ट्रिय वन क्षेत्र प्रयोग गर्न र त्यहाँ रहेका रुख/पोल विरुवाहरू हटाउन समेत स्वीकृति दिने।

१०. स्थानीय पूर्वाधार विकास साझेदारी कार्यक्रम (सञ्चालन कार्यविधि)(दोस्रो संशोधन) नियमावली, २०७६ स्वीकृत गर्ने।

११. २०७७ सालमा दिइने सार्वजनिक, पर्व एवं सट्टा बिदा र कार्यालय समय निर्धारण गरी स्वीकृत गर्ने।

२०७६ साल फागुन १२ गते सोमबार बसेको मन्त्रिपरिषद् बैठकका निर्णय :

१. पूर्वाधार विकास करको दर परिमार्जन गर्ने।

२. मिति २०७६ फागुन २०-२१ मा बंगलादेशको ढाकामा हुने नेपाल-बंगलादेश वाणिज्य सचिव स्तरीय उच्च संयन्त्रको पाँचौ बैठकमा सहभागी हुन उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिव (वाणिज्य तथा आपूर्ति) डा बैकुण्ठ अर्यालको नेतृत्वमा ८ सदस्यीय वार्ता टोली गठन गर्ने।

३. देहायका व्यक्तिहरूलाई नेपाल कानुन आयोगको सदस्य पदमा नियुक्त गर्नेः-
(क) शोभा बुढाथोकी, काठमाडौं-१४, काठमाडौं।
(ख) उद्धवचन्द्र घिमिरे, विराटनगर-४, मोरङ।
(ग) नारायण नेपाल, काठमाडौं-१६, काठमाडौं।

४. राष्ट्रिय न्यायिक प्रतिष्ठानको परिषद्को सदस्यमा देहायका व्यक्तिलाई मनोनयन गर्नेः-
(क) रमा श्रेष्ठ, ललितपुर, महिला सदस्य
(ख) हरिन्द्र राई, खोटाङ, जनजाति सदस्य
(ग) भोजमान लाम्गादे, इलाम, दलित सदस्य

५. नेपाल-भारत सीमा निरीक्षण समितिको कार्यावधि २०७७ साल असार मसान्तसम्म थप गर्ने।

६. सरकारी, सार्वजनिक र गुठी जग्गा संरक्षणसम्बन्धी जाँचबुझ आयोगका सदस्य जगत देउजाले सदस्य पदबाट दिनुभएको राजीनामा स्वीकृत गर्ने।

७. संखुवासभा जिल्लामा जग्गा पुनः नाप जाँच गर्नको लागि स्वीकृति दिने।

८. समस्याग्रस्त सहकारी संस्था वा संघको व्यवस्थापन समितिमा देहाय बमोजिमका व्यक्तिहरूलाई नियुक्ति तथा मनोनयन गर्नेः
(क) कुमार प्रसाद पोखरेल (पूर्वमुख्यन्यायाधीश, उच्च अदालत, दिपायल)-अध्यक्ष
(ग) टिका बुढाथोकी, राष्ट्रिय सहकारी महासंघले तोकेको प्रतिनिधि-सदस्य,
(घ) ममतादेवी शर्मा, उपाध्याय, सहकारी क्षेत्रको विज्ञ-सदस्य
(ङ) सरस्वतीदेवी भट्टराई, सहकारी क्षेत्रको विज्ञ-सदस्य
(च) नेपाल सरकारले तोकेको राजपत्रांकित द्वितीय श्रेणीको अधिकृत-सदस्य-सचिव

९. सरकारी, सार्वजनिक र गुठी जग्गा संरक्षणसम्बन्धी जाँचबुझ आयोगका सदस्य पदमा महेन्द्र कुमार थापा क्षेत्री (ललितपुर -१८ भैंसेपाटी)लाई नियुक्त गर्न स्वीकृत दिने।

१०. ख्वप कलेज अफ इन्जिनियरिङ, लिवाली, भक्तपुरलाई बिई कम्प्युटर- ४८ जनासहितको नयाँ थप कार्यक्रम अध्ययन अध्यापन गराउन अस्थायी स्वीकृति प्रदान गर्ने।

११. बालबालिकासम्बन्धी नियमावली जारी भई अर्को व्यवस्था नहुञ्जेलसम्मका लागि बाल न्याय सम्पादन (कार्यविधि) नियमावली, २०७६ को नियम ४३ मा उल्लिखित प्रोवेसन अधिकारीको बाल न्यायसँग सम्बन्धित काम, कर्तव्य र अधिकार बमोजिमको कार्य गर्ने गरी बालबालिकासम्बन्धी ऐन २०७५ को दफा ७९ (२) बमोजिम सबै जिल्ला अदालतहरूमा कार्यरत रहेका राजपत्रांकित अधिकृतस्तरको तहसिलदारलाई नेपाल सरकारलाई थप आर्थिक व्यय भार नपर्ने गरी प्रोवेसन अधिकारी तोक्ने र राजपत्रांकित अधिकृतस्तरको तहसिलदार नभएको स्थानमा अदालतको स्रेतेदारलाई नेपाल सरकारलाई थप आर्थिक व्यय भार नपर्ने गरी प्रोवेसन अधिकारी तोक्ने।

१२. खेलकुद पुरस्कार तथा सम्मान कार्यविधि २०७२ को पहिलो संशोधन स्वीकृत गर्ने।

१३. मौलाकाली केवलकार आयोजनाको रो एलाइन्मेन्ट (१०−१० मिटर रो एलाइन्मेन्टसहित केही टावर संरचनाहरू रहने गरी) र माथिल्लो स्टेसन निर्माण गर्न नवलपुर जिल्ला (बर्दघाट सुस्ता पूर्वनवलपुर) को गैंडाकोट नगरपालिका-१ मा पर्ने मौलाकाली सामुदायिक वन/मौलाकाली धार्मिक वनसमेतको गरी कूल २.८२०६ हेक्टर जग्गा प्रयोग गर्न स्वीकृति दिने।

१४. सिद्धार्थ केवलकार आयोजनाका लागि तल्लो स्टेसन निर्माण गर्न रुपन्देही जिल्ला बुटवल उपमहानगरपालिका-१ स्थित राष्ट्रिय वन क्षेत्रको थप कूल २.११८ हेक्टर जग्गा प्रयोग गर्न स्वीकृति दिने।

१५. देहायका स्थानीय तहलार्इ देहाय बमोजिम जग्गा प्राप्ती गर्न स्वीकृति प्रदान गर्ने-
१. मिक्लाजुङ गाउँपालिका, पाँचथरको साविक आरुबोटे गाविस वडा न. ५ को ४२ रोपनी जग्गा एकीकृत कृषि नमूना केन्द्र स्थापनाको लागि।
२. पालुङटार नरगपालिका, गोर्खाको साविक च्याङली गाविस वडा न. ५ को १ रोपनी जग्गा प्रहरी चौकी भवन निर्माण, साविक खोप्लाङ गाविस वडा न. ८ को ३-१-०-० रोपनी पर्यटकिय पूर्वाधार निर्माण गर्न, साविक पालुङटार गाविस वडा न. ७ को ०-५-२-० रोपनी वडा कार्यालय भवन निर्माण र साविक आँपपिपल गाविस वडा न. ४ को १६-८-०-३ रोपनी लिगलिगकोट दरबार र गढी संरक्षणको लागि।
३. नराहा गाउँपालिका, सिरहाको गाउँपालिका को वडा न. ५ को ०–८–० विगाह जग्गा प्रशासकीय भवन निर्माण, साविक बर्छवा गाविस वडा न. ६ को ०-३-१ विगाह दिना भद्री प्राविको भवन निर्माण र वडा न. ८ को ०-५-९ विगाह जवउ माविको भवन निर्माणको लागि।
४. देवताल गाउँपालिका, बाराको साविक रौवाही गाविस वडा न. ७ को ३-१२-१० विगाह बहुउद्देश्यीय रंगशाला निर्माण लागि।
५. गौरीगंज गाउँपालिका झापाको गाउँपालिकाको वडा न २ को ३-०-० विगाह ल्याण्डफिल साइट निर्माणका लागि।
६. धार्चे गाउँपालिका गोरखाको गाउँपालिकाको वडा न. ५ को ४-२-०-० रोपनी गाउँपालिकाको प्रशासकीय भवन निर्माण लागि।
७. गलकोट नगरपालिका, बाग्लुङको साविक मल्म गाविस ३ को २-७-०-२ रोपनी वडा कार्यालय भवन निर्माणको लागि।
८. राजपुर नगरपालिका, रौतहटबाट साविक राजपुर गाविस वडा न. ३ को ०-१०-० विगाह नगरपालिकाको प्रशासकीय भवन निर्माण र वडा न. ५ को ०-५-० विगाह स्वास्थ्य चौकी भवन निर्माणको लागि।

१६. नेपाल स्वास्थ्य व्यवसायी परिषद्को रजिष्ट्रार पदमा मोतीपुर ३, कपिलवस्तु निवासी पुष्पराज खनाललाई नियुक्ति गर्ने।

१७. देहायका पदाधिकारीहरूलार्इ वीपी कोइराला मेमोरियल क्यान्सर अस्पताल सञ्चालक समितिमा सदस्य पदमा मनोनयन गर्ने-
१. डा. सुनन्दा सुन्दास, भोजपुर ५, भोजपुर-सदस्य
२. डा. रक्षा श्रेष्ठ, धरान-९, सुनसरी।
३. डा. विनय कुमार ठाकुर, जनकपुर-३, धनुषा।
४. डा. कैलास कुमार भण्डारी, इटहरी-८, सुनसरी।
५. रामप्रसाद न्यौपाने, कल्याणपुर-९, चितवन।
६. निशा अधिकारी, फूलबारी-३, चितवन।

१८. नेपाल फार्मेसी परिषद्को रजिष्ट्रार पदमा सुगा भवानीपट्टी-८, महोत्तरी निवासी संजीव कुमार पाण्डेयलार्इ ४ वर्ष पदावधि कायम हुने गरी नियुक्ति गर्ने।

१९. स्टाण्डर्ड नाप र तौल (मोहर बन्द प्याकेज) नियमावली, २०७६ स्वीकृत गर्ने।

२०. संस्था दर्ता (नवौं संशोधन) नियमावली, २०७६ स्वीकृत गर्ने।

२१. राष्ट्रिय प्रतिरक्षा विश्वविद्यालय पूर्वाधार निर्माण विकास समिति (गठन) आदेश, २०७६ स्वीकृत गर्ने।

२२. काठमाडौं उपत्यकाका लागि वायु गुणस्तर व्यवस्थापन कार्ययोजना, २०७६ स्वीकृत गर्ने।

प्रकाशित मिति : १५ फाल्गुन २०७६, बिहीबार  ६ : ५० बजे

सुर्खेतमा ‘एन्फा महिला लिग’ आजदेखि

कर्णाली– कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगरमा आजदेखि ‘एन्फा महिला लिग-२०२४ छनोट

बैतडीमा आगलागी, ५ लाख बराबरको क्षति 

काठमाडौं– बैतडीमा दुई घरमा आगलागी भएको छ। जंगलमा लागेको आगोबाट

क्यानडामा विदेशी नागरिकलाई घर किन्न प्रतिबन्ध

क्यानडा– विदेशीलाई क्यानडामा २ वर्षसम्म जग्गा किन्न प्रतिबन्ध लगाइएको छ

आइपिएलमा आज लखनउ र चेन्नई खेल्दै

काठमाडौं- इन्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत आज एक खेल हुँदै

हर्नियाको जोखिममा पुरुष : समयमा उपचार नगरे ज्यानै जाने खतरा

काठमाडौं – हर्निया शरीरको कुनै अङ्गको अतिरिक्त विकास भएर उत्पन्न