बेलायती प्रधानमन्त्री बोरिस जोनसनलाई कोरोना भाइरस संक्रमणको पुष्टि « Khabarhub

बेलायती प्रधानमन्त्री बोरिस जोनसनलाई कोरोना भाइरस संक्रमणको पुष्टि


१४ चैत्र २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

बेलायत- बेलायतका प्रधानमन्त्री बोरिस जोनसनलाई कोरोना भाइरस संक्रमणको पुष्टि भएको छ । बेलायती सञ्चारमाध्यमले उनलाई कोरोना भाइरस संक्रमण भएको जनाएका हुन् ।

बोरिस जोनसनले ट्वीटमार्फत् भिडियो सनदेश जारी गर्दै आफूलाई कोरोना भाइरस लागेको जानकारी दिएका हुन् ।

उनले ट्वीटरमा आफूलाई कोरोना भाइरसको सामान्य लक्षण देखा परेको र स्वास्थय सल्लाहकारको सल्लाहअनुसार परीक्षण गराउँदा कोरोना भाइरस पोजेटिभ देखिएको जानकारी दिएका छन् ।

उनले अहिले आफू आइसोलेसनमा बसिरहेको समेत जनाएका छन् । उनले बेलायतमा कोरोना भाइरसको संक्रमण रोक्नका लागि लागिपरेका चिकित्सक, सुरक्षाकर्मी तथा सबै बेलायतीहरुलाई धन्यवाद समेत दिएका छन् ।

आफूमा कोरोना भाइरस पोजेटिभ देखिए पनि यसविरुद्ध जारी अभियानको नेतृत्व गर्न आफू दृढ रहेको उनले बताएका छन् ।

केही दिन अघिमात्रै बेलायती युवराज चाल्र्सलाई पनि कोरोना भाइरसको संक्रमण पुष्टि भएको थियो ।

बेलायतमा हालसम्म कोरोना भाइरसका कारण ५७८ जनाको मृत्यु भइसकेको छ भने अरु ११ हजार ८ सय १६ जना यसबाट संक्रमित छन् ।

बेलायतमा पछिल्ला केही दिनमा कोरोना भाइरसबाट संक्रमित र मृतकको संख्या उकालो लाग्दै गएको छ । बिहीबारमात्र कोरोना भाइरसका कारण बेलायतमा एकै दिन ११३ जनाको मृत्यु भएको थियो ।

प्रकाशित मिति : १४ चैत्र २०७६, शुक्रबार  ५ : २७ बजे

स्वास्थ्य मन्त्रालयको प्रशासनिक संरचना एकीकृत गरिँदै, सचिव देवकोटा नयाँ कार्यकक्षमा स्थानान्तरण

काठमाडौं– स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले प्रशासनिक समन्वय र सेवा

बालेनको मन्त्रिपरिषद्ले सुनसरी तनावबारे एक शब्द बोलेन, सरकारका प्रवक्ता पनि पत्रकारलाई छल्दै बाटो लागे

काठमाडौं- गत आइतबारदेखि सुनसरीको देवानगञ्जबाट सुरू भएको दुई समुदायबीचको तनावपछि

९ वटा विधेयक संघीय संसदमा पेश गर्न मन्त्रिपरिषद्ले दियो स्वीकृति

काठमाडौं– विभिन्न ९ वटा विधेयकलाई संघीय संसदमा पेश गर्न मन्त्रिपरिषद्ले

यी हुन् मन्त्रीपरिषद्का चार निर्णय

काठमाडौं– सरकारले विभिन्न कानुन संशोधन तथा नयाँ विधेयक संसद्मा पेश

बाँके राष्ट्रिय निकुञ्जमा बाघको सङ्ख्या ५१ पुग्यो

नेपालगञ्ज– बाँके राष्ट्रिय निकुञ्जमा बाघको सङ्ख्या ५१ पुगेको छ । राष्ट्रिय बाघ