कोरोना जितेकी कनिकाले गरिन् आफूमाथि लागेका आरोपको खण्डन « Khabarhub

कोरोना जितेकी कनिकाले गरिन् आफूमाथि लागेका आरोपको खण्डन


१५ बैशाख २०७७, सोमबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

मुम्बई – बलिउड अभिनेत्री कनिका कपूर पछिल्लो समय कोरोना भाइरस पोजेटिभ देखिएपछि चर्चामा आएकी थिइन् । लण्डनबाट भारत फर्किएकी कनिकामा कोरोना पोजेटिभ देखिएको थियो । अहिले भने उनी पूर्ण रुपमा निको भएकी छिन् ।

कोरोना पोजेटिभ देखिएपछि पनि उनले केही पार्टीमा सहभागिता जनाएको भन्दै कनिकाले विवादको पनि सामना गर्नुपरेको थियो । उनमा कोरोना देखिएपछि लखनउको एक अस्पतालमा भर्ना गरिएको थियो ।

कनिकामाथि लापरवाही गरेको र ट्राभल हिस्ट्री लुकाएको आरोपमा प्रहरीमा उजुरी पनि परेको छ । यतिबेला परिवारका साथ रहेकी कनिकाले हालै इन्स्टाग्राममा मार्फत एक पोस्ट सार्वजनिक गरेकी छिन् । उनले उक्त पोस्टमा आफूमाथि लागेका आरोपको खण्डन गरेकी छिन् ।

‘मलाई थाहा छ, मेरो बारेमा कैयन् कहानी बनाइएको छ, यसकारण पनि कि, म अहिलेसम्म चुप थिएँ,’ कनिकाले भनेकी छिन् ।

‘म यसकारण चुप थिइनँ कि, म गलत थिएँ, म त मान्छेलाई वास्तविकता आफै थाहा होस् भन्ने चाहन्थें,’ कनिकाले भनेकी छिन्, ‘मान्छेलाई गलत जानकारी दिइएको मलाई थाहा छ, म आफ्नो परिवार, साथीहरु र समर्थन गर्ने सबैलाई धन्यवाद दिन चाहन्छु, यस्तो सयमा पनि जो मसँग रहे र मलाई बुझे ।’

कनिकाले अहिले आफू लखनउमा परिवारका साथ बसेको बताएकी छिन् । उनले मुम्बई या लखनउमा जोसँग सम्पर्कमा आएकी थिइन्, उनीहरुलाई कोरोना नभएको पुष्टि भएको पनि उल्लेख गरेकी छिन् ।

‘म १० मार्चमा लण्डनबाट भारत आएकी थिएँ, यहाँ आउनासाथ इन्टरनेशनल एअरपोर्टमा मेरो स्किृनिङ पनि गरियो, त्यो समय मलाई क्वारेन्टाइनमा बस्न सल्लाह पनि दिइएको थिएन,’ कनिका भन्छिन्, ‘मलाई लण्डनबाट फर्किएपछि कुनै समस्या थिएन्, त्यसैले मैले आफूलाई क्वारेन्टाइनमा राखिनँ ।’

कनिकाले आफूले कसैलाई पार्टी नदिएको पनि बताएकी छिन् । भारतीय मिडियाले भने कनिकाले पार्टी दिएको लेखेका थिए ।

 

View this post on Instagram

 

Stay Home Stay Safe 🙏🏼

A post shared by Kanika Kapoor (@kanik4kapoor) on

प्रकाशित मिति : १५ बैशाख २०७७, सोमबार  ११ : ५० बजे

सरकारलाई ग्यास महासंघले भन्यो- बिक्रेतामार्फत ग्यास बाँड, उपभोक्ताले धेरै दुःख पाए

काठमाडौं– ग्यास बिक्रेता महासङ्घ नेपालले बिक्रेतामार्फत ग्यासको बिक्री वितरण गरी

गगनलाई इतरको सन्देश, ‘विशेष महाधिवेशन अवैधानिक, देउवाको नेतृत्वमा १५औँ महाधिवेशनमा जाँदैछौँ’

काठमाडौं- करिब साढे पाँच महिने विदेश बसाइपछि नेपाल फर्किएको भोलिपल्टै

वाणिज्य बैंकहरूको खुद नाफा ३२.२७ प्रतिशतले बढ्यो, एनआईसी सुधारोन्मुख, प्रभु घाटामा

काठमाडौं– नेपालका वाणिज्य बैंकहरूले गत आर्थिक वर्ष ०८२/८३ को असार

बललिउड अभिनेत्री पूजा चोपडाद्वारा पशुपतिनाथको दर्शन

काठमाडौं– बलिउड अभिनेत्री पूजा चोपडाले आराध्यदेव भगवान् पशुपतिनाथ मन्दिरमा विशेष

साइकल यात्राका माध्यमबाट गोरक्षतालको प्रवर्द्धन गरिँदै

बागमती– हिमालयन राइडर्स सोसाइटी हेटौँडाले हेटौँडा उपमहानगरपालिका-१८ स्थित गोरक्षतालको प्रवर्द्धन