कोरोना जितेकी कनिकाले गरिन् आफूमाथि लागेका आरोपको खण्डन « Khabarhub

कोरोना जितेकी कनिकाले गरिन् आफूमाथि लागेका आरोपको खण्डन


१५ बैशाख २०७७, सोमबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

मुम्बई – बलिउड अभिनेत्री कनिका कपूर पछिल्लो समय कोरोना भाइरस पोजेटिभ देखिएपछि चर्चामा आएकी थिइन् । लण्डनबाट भारत फर्किएकी कनिकामा कोरोना पोजेटिभ देखिएको थियो । अहिले भने उनी पूर्ण रुपमा निको भएकी छिन् ।

कोरोना पोजेटिभ देखिएपछि पनि उनले केही पार्टीमा सहभागिता जनाएको भन्दै कनिकाले विवादको पनि सामना गर्नुपरेको थियो । उनमा कोरोना देखिएपछि लखनउको एक अस्पतालमा भर्ना गरिएको थियो ।

कनिकामाथि लापरवाही गरेको र ट्राभल हिस्ट्री लुकाएको आरोपमा प्रहरीमा उजुरी पनि परेको छ । यतिबेला परिवारका साथ रहेकी कनिकाले हालै इन्स्टाग्राममा मार्फत एक पोस्ट सार्वजनिक गरेकी छिन् । उनले उक्त पोस्टमा आफूमाथि लागेका आरोपको खण्डन गरेकी छिन् ।

‘मलाई थाहा छ, मेरो बारेमा कैयन् कहानी बनाइएको छ, यसकारण पनि कि, म अहिलेसम्म चुप थिएँ,’ कनिकाले भनेकी छिन् ।

‘म यसकारण चुप थिइनँ कि, म गलत थिएँ, म त मान्छेलाई वास्तविकता आफै थाहा होस् भन्ने चाहन्थें,’ कनिकाले भनेकी छिन्, ‘मान्छेलाई गलत जानकारी दिइएको मलाई थाहा छ, म आफ्नो परिवार, साथीहरु र समर्थन गर्ने सबैलाई धन्यवाद दिन चाहन्छु, यस्तो सयमा पनि जो मसँग रहे र मलाई बुझे ।’

कनिकाले अहिले आफू लखनउमा परिवारका साथ बसेको बताएकी छिन् । उनले मुम्बई या लखनउमा जोसँग सम्पर्कमा आएकी थिइन्, उनीहरुलाई कोरोना नभएको पुष्टि भएको पनि उल्लेख गरेकी छिन् ।

‘म १० मार्चमा लण्डनबाट भारत आएकी थिएँ, यहाँ आउनासाथ इन्टरनेशनल एअरपोर्टमा मेरो स्किृनिङ पनि गरियो, त्यो समय मलाई क्वारेन्टाइनमा बस्न सल्लाह पनि दिइएको थिएन,’ कनिका भन्छिन्, ‘मलाई लण्डनबाट फर्किएपछि कुनै समस्या थिएन्, त्यसैले मैले आफूलाई क्वारेन्टाइनमा राखिनँ ।’

कनिकाले आफूले कसैलाई पार्टी नदिएको पनि बताएकी छिन् । भारतीय मिडियाले भने कनिकाले पार्टी दिएको लेखेका थिए ।

 

View this post on Instagram

 

Stay Home Stay Safe 🙏🏼

A post shared by Kanika Kapoor (@kanik4kapoor) on

प्रकाशित मिति : १५ बैशाख २०७७, सोमबार  ११ : ५० बजे

मासुमा मात्रै होइन शाकाहारी भोजनमा पनि पर्याप्त प्रोटिन पाइन्छ 

काठमाडौं– हिजोआज कसरत गर्ने व्यक्तिहरू ‘प्रोटिन सेक, प्रोटिन पाउडर’ किनेर

दुर्गमको ‘लालझाडी’ सडक पूर्वाधार विकासले सुगम बन्दै

कञ्चनपुर– जिल्लाको दुर्गम क्षेत्रका रूपमा परिचित लालझाडी गाउँपालिका पछिल्ला वर्षहरूमा

विद्यालयको मनपरीविरुद्ध आन्दोलन गर्न अभिभावकलाई शिक्षामन्त्री पुनको आग्रह

काठमाडौं – शिक्षामन्त्री महावीर पुनले विद्यालयको मनपरीविरुद्ध अभिभावकले आन्दोलन गर्नुपर्ने

काठमाडौंमा मनाइयो ‘विश्व ध्यान दिवस’ (तस्बिरहरू)

काठमाडौं– संयुक्त राष्ट्रसंघको घोषणाअनुसार आज विभिन्न कार्यक्रमको आयोजना गरी ‘विश्व

कागती बिक्री नभएपछि रस र चुक बनाइँदै

स्याङ्जा– स्याङ्जामा उत्पादित कागती बिक्री नभएपछि किसानले विकल्पको खोजी गरेका